इरान–पाकिस्तान सीमा आवागमन अस्थायी रूपमा बन्द
- कार्तिक २, २०८३
पेरिस, १८ अक्टोबर (एएफपी) । बढ्दो महँगीविरुद्ध फ्रान्सभर भएको प्रदर्शन शनिबार हिंसात्मक बनेपछि प्रहरीसँग झडप, आगजनी र व्यापक लुटपाट भएको छ । घटनामा करिब ४०० जना पक्राउ परेका छन् भने सेन्ट–एटिनेमा भिड नियन्त्रण गर्ने ग्रेनेड लागेर १७ वर्षीय किशोरको दाहिने हात गुमेको छ ।
गृह मन्त्रालयका अनुसार प्रदर्शनमा पाँच लाख ५० हजार मानिस सहभागी भएका थिए । श्रमिक सङ्गठन सीजीटीले भने आठ लाख मानिसले सहभागिता जनाएको दाबी गरेको छ । मास्क लगाएका युवाहरूले पेरिससहित मार्सेइ, बोर्डो, लिल र अन्य सहरमा पसल लुट्नुका साथै गाडी र सरकारी भवनमा आगजनी तथा तोडफोड गरेका थिए । लिमोजमा १४० वर्षभन्दा पुरानो भवनमा आगलागी हुँदा ठुलो क्षति पुगेको छ ।
प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले हिंसाको निन्दा गरेका छन् भने राष्ट्रपति इमानुएल म्याक्रोनले तोडफोड र लुटपाटमा संलग्नलाई कारबाही गर्ने बताए ।
आगामी राष्ट्रपति निर्वाचनको तयारी भइरहेका बेला महँगी, राजनीतिक असन्तुष्टि र विद्यार्थी आन्दोलनले अशान्ति थप चर्काएको छ । मध्यपूर्वको युद्धले युरोपमा मुद्रास्फीति बढाउन योगदान गरेको प्रदर्शनकारीहरूको भनाइ छ । आठ वर्षअघि इन्धन कर वृद्धिविरुद्ध आन्दोलन गरेको ‘यल्लो भेस्ट’ समूहले यसपटक ‘यल्लो एन्ड युथ’ प्रदर्शनको आह्वान गरेको थियो ।
राष्ट्रपति निर्वाचनका प्रतिस्पर्धी नेतृ मरिन ले पेनले हिंसाको निन्दा गर्दै अति वामपन्थी नेता जिन–लुक मेलेनचोनको दलले हिंसालाई वैधता दिएको आरोप लगाइन् । प्रदर्शनलाई समर्थन गर्दै आउनुभएका मेलेनचोनले भने लुटपाट आफ्नो आन्दोलनको विधिविपरीत भएको बताउँदै त्यसबाट टाढा रहन आग्रह गरे ।
पेरिसमा प्रदर्शनकारीले म्याक्रोनको राजीनामा माग्दै नारा लगाएका थिए । केहीले सन् १७८९ को फ्रान्सेली क्रान्तिसँग वर्तमान आन्दोलनको तुलना गरेका छन् । विद्यार्थी प्रतिनिधि निकायका प्रमुख रियाद रानीले सरकार दबाबमा परेको बताउँदै असन्तुष्ट फ्रान्सेली जनता आफ्ना मागबाट पछि नहट्ने धारणा व्यक्त गर्नुभयो ।
Leave a Reply