सन् २०२६ को अर्थशास्त्रको नोबेल पुरस्कार र वर्तमान नेपाली सन्दर्भ
- कार्तिक २, २०८३
असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडा दसैँ सामाजिक एवम् सांस्कृतिक पर्व हो । शरद् ऋतुको आगमनसँगै भित्रिएको दसैँ असत्यमाथि सत्यको विजयको दिनको रूपमा मनाइँदै छ । देवी दुर्गाले नौ दिन नौ रातसम्म भिषण युद्ध गरी शक्तिशाली असुर महिषासुरलाई बध गरेको घटनाको आधारमा दसैँ मनाउने परम्परा रहेको जनस्रुति छ । यसले शक्तिको आडमा अहङ्कारी हुनुहुँदैन भन्ने सन्देश छर्छ । शक्तिको मातमा लागेका दम्भकारीहरू एक दिन अवश्य नास हुन्छन् भन्ने पौराणिक कथाले बताउँछ । यहीँ कारण असल कर्म गर्नुपर्छ; निःस्वार्थ भावले मानव कल्याण गर्नुपर्छ भनिएको हो । असल कर्मले विश्वास बढाउँछ† अरुलाई इमानदारीपूर्वक काम गराउनको निम्ति प्रेरणा दिन्छ । यसले समाज सेवा गर्न आत्मबल बढाउँछ । यसैले शक्ति र आडम्बरको राजनीति होइन असल राजनीति आवश्यक छ ।
दल या समूह जतिसुकै ठुलो, शक्तिशाली भए पनि सिद्धान्त र विचारबिना त्यसले देशलाई दिशानिर्देश गर्न सक्दैन; न मार्गनिर्देश नै गर्नसक्छ । त्यस्तो दलमा आबद्ध नेता, मन्त्री र सांसदहरूको विचार पनि ‘कुण्ड कुण्ड पानी मुन्द मुन्द बुद्धि’ भनेझैँ नौ जनाको नौ थरी हुन्छ । यहीँ कारण रास्वपाले आफ्ना पार्टीका युवा नेता, मन्त्री र सांसदहरूलाई ठाउँमा राख्न सकेको छैन । उनीहरूलाई नियन्त्रण गर्न कठिनाइ भइरहेको छ । रास्वपाका सांसदहरूको बोलीको कुनै ठेगान छैन । जहाँ पुगे पनि जहाँ गए पनि अस्थिर मनका व्यक्तिले झैँ टेबुल ठोक्ने, चिच्याउने, मनपरी बोलेर तर्साउने काम गरिरहेको सबैले देखेकै र भोगेकै छन् ।
प्राकृतिक विपद् तथा अन्य कठिनाइका कारण दसैँलाई खर्चिलो र भड्किलो बनाउन नहुने विश्लेषण पनि छ । दसैँको एउटा विशेषता परिवारका सदस्यहरूबिच हुने भेटघाटको अवसर पनि हो । यो साथीभाइ तथा मान्यजनबिच सद्भाव कायम गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनप्रति आदर गर्ने, सानाप्रति माया गर्ने, आपसी कटुता बिर्सेर सद्भाव बाँड्ने पर्व पनि हो । जमरा राख्नु र धानबाली भित्याउनु प्रकृतिको उपहारलाई आत्मसात गर्नु हो । बिहान विभिन्न खोलामा स्नान गर्ने र बेलुका विभिन्न देवताको स्मरण गर्ने यो पर्वमा बिहान र बेलुका बाजागाजाको वातावरणले सङ्गीतमय हुन्छ ।
हो, हामीले आफूभित्रको दुर्गालाई चिन्नुपर्छ† शिक्षा र सीपमा लगानी गर्नुपर्छ । अन्यायको विरोध गर्नैपर्छ । शोषण र दमनको प्रतिकार गर्नुपर्छ । शक्ति (बल) को अहङ्कारको विरोध गर्नैपर्छ । कुनै दल शक्तिशाली हुनुको अर्थ कसैलाई अपमान गर्नु होइन; हेलाहोचो गर्नु होइन; दमन गर्नु होइन । कुनै नागरिक लोभमा फसेर कुनै दलको पछाडि दगुर्ने होइन । कुनै दल शक्तिशाली या सरकारमा हुँदैमा त्यो दल र सरकार सही हुन्छ; बहुमत जनताको प्रतिनिधित्व गर्छ भन्ने होइन ।
देशमा परिवर्तनको निम्ति लड्नुपर्ने युवाहरूको विदेश पलायन घटेको छैन । सिद्धान्तनिष्ठ र पढे लेखेका युवाहरूको कमीले देशमा उत्पात हुनसक्छ । उत्पात मच्चाउने युवाहरूलाई देशभक्त, अनुशासित र चरित्रवान् युवाहरूले नियन्त्रण गर्नुपर्ने हुन्छ । यसकारण, हरेक बस्ती, गाउँ र टोल–टोलका मानिसहरूको मन स्वच्छ हुनुपर्छ । व्यावहारिक र सिद्धान्तनिष्ठ कुरा जनतासमक्ष पु¥याउनुपर्छ । समाजमा सबैले अनुशासनको पाठ पढाउनुपर्छ । लोभ, अहङ्कार, हीनताबोध, असहिष्णुता त्याग्नुपर्छ । युवाहरू खुसीले कामको खोजीमा विदेशमा त जान्छन् तर उनीहरूले त्यहाँ भोगेको दीन दशाबारे चाल पाउँदैनन् । विदेशमा रोजगारीमा गएका श्रमिक महिलाले भोगेको शोषणको हामी वास्ता गर्दैनौँ ।
यो दसैँले गोली चलाएर हत्या गर्ने, तोडफोड र आगजनी गरेर देशको सम्पत्ति खरानी गर्नेहरूमाथि निःसङ्कोच कारबाही गर्ने प्रक्रिया अघि बढाउने प्रेरणा सरकारले प्रदान गरोस् । सरकारको अपरिपक्व र अदूरदर्शी निर्णय गरेर जनतालाई आक्रोशित र आन्दोलित बनाउने सन्देश सरकारले नछरोस् । हरेक दिन बिदेसिरहेका हजारौँ युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्ने वातावरण सरकारले तयार गरोस् । रेमिट्यान्सलाई देशको अर्थतन्त्रको मेरुदण्ड बनाउने अवधारणा सरकारले त्यागोस् । देशमा व्याप्त भ्रष्टाचार, कुरीति, कुशासन अन्त्य गर्न सरकारले पाइला चालोस् । विदेश पलायनको चक्रमा फसेको युवाको लागि सचेत पार्ने बुद्धि सरकारमा पलाओस् । आन्दोलनको नाउँमा कुनै पनि धरोहरमा तोडफोड गर्ने र आगजनी गर्ने काम नगरोस् भन्ने सद्बुद्धि सबैमा होस् । हरेकले सद्बुद्धि पु¥याएर देशमा अमनचयन गर्ने, शान्ति र सुरक्षाको सन्देश छर्ने काममा सबैको ध्यान पुगोस् । सरकार र सत्तासीन दलका नेता र मन्त्रीहरूमा सद्बुद्धि पलाओस् । दसैँ बिदाको समयलाई सबैले रचनात्मक काममा लगाऊन् । दसैँको यही शुभकामना छ ।
Leave a Reply