हेरचाह र मर्मतको अभावमा व्यायाम सामग्रीहरू बिग्रिन थाले
- कार्तिक ६, २०८३
कीर्तिपुर, ५ कार्तिक । नेपालभाषा साहित्य तःमुंज्या कीर्तिपुरको १३ औँ तःमुंज्या पुस ९ गते योमरी पूर्णिमाको दिन पाँगामा हुने भएको छ ।
बुधबार बसेको तःमुंज्या मूल समितिको बैठकले सो निर्णय गरेको हो । जनसाहित्यबाट जनचेतना जगाउँदै भाषा, कला, साहित्य संस्कृतिको जगेर्ना गरौँ भन्ने मूल नाराका साथ सो साहित्य सम्मेलनले निरन्तरता दिइरहेको छ ।
बैठकमा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले जनताका साहित्यकार तयार गर्न साहित्य सम्मेलन गर्दै आइरहेको बताउनुभयो । उहाँले साहित्य जनताको समस्या उजागर गर्ने, जनचेतना उठाउने र जनताको समस्या समाधानको उपायबारे सजग गर्नुपर्ने आवश्यकताबारे चर्चा गर्नुभयो ।
मूल समितिका अध्यक्ष श्रीकृष्ण महर्जनले साहित्य जनपक्ष हुनुपर्ने र त्यसको लागि आयोजक समितिले कविता, कथा, गीत लेख्ने तालिम समय–समयमा दिन कोसिस गर्ने बताउनुभयो ।
भेलामा नेपालभाषा साहित्य तःमुंज्याका प्रशान्त महर्जन, कान्छाबाबु महर्जन, यशुमती महर्जन, विरुद्ध महर्जनलगायतले साहित्य तःमुंज्याबारे आ–आफ्नो विचार राख्नुभएको थियो ।
विगतमा कीतिपुर नगरको नग्राउ, कुतुझ्व र तननी, यस वर्ष पाँगा लाछीमा गर्ने भएको छ । यो साहित्य सम्मेलन सफल पार्न सबै साहित्यकारहरूलाई पुस १ गतेभित्र आ–आफ्नो साहित्य रचना बुझाउन आयोजक समितिले अनुरोध गरेको छ ।
Leave a Reply