दाइ
- कार्तिक ७, २०८३
हिँड्दै गयौँ, चल्दै गयौँ
आफ्नै सुरमा सुरुसुरु
अनि एकछिन टक्क रोकेर
यसो फर्की हेरे
ओहो,
हामी त यात्री रहेछौँ ।
साथी सङ्गी हातमा हात, साथमा साथ दिँदै
कहिले उकालो चढ्दै त कहिले ओरालो झर्दै
बाधा अड्चनसँग लड्दै अनि सिक्दै
आफ्नो गन्तव्य भेटाउन सुरुसुरु हिँड्ने
हो,
हामी त यात्री रहेछौँ ।
यात्री,
कहिल्यै नथाक्ने, कहिल्यै नरोकिने
सपनाका आकाश छुँदै
आशाका दीपहरू बाल्दै
समयका पानाहरू पल्टाउँदै
अनुभवका मोतीहरू बटुल्दै ।
कहिले हाँसोका फूल टिप्दै,
कहिले आँसुका धार पार गर्दै
जीवनका अनेक मोडहरूमा
आफ्नै कथा कोर्दै
अगाडि बढिरहने,
हो, हामी त यात्री रहेछौँ ।
गन्तव्त्न्दा सुन्दर लाग्ने
यो यात्राको प्रत्येक क्षण
पाइला–पाइलामा अर्थ खोज्दै
नयाँ बिहानीलाई अँगाल्दै
अनन्त यात्राको सहयात्री बनेर
सधैँ अघि बढिरहने यात्री रहेछौँ ।
हो, हामी त यात्री रहेछौँ ।
Leave a Reply