भर्खरै :

दोषी को ?

दोषी को ?

कार्की आयोगको प्रतिवेदन त आयो
तर कार्यान्वयन किन भएन ?
टीओबी चाबहिलबाट निस्केको
बानेश्वर पुगेर
भिडलाई उक्साएको
शान्ति भङ्ग गरेको
शासक दलका नेता कार्यकर्ता
को को पनि मिसिएको
सीसीटीभी फुटेज पनि आएकै हो
शीतल निवास, बालुवाटार
सिंहदरबार, संसद् भवन
तोडफोड, लुटपाट भएकै हो
देशैभरि आगजनीमा
सुरक्षामा खटिएका दोषी कि ?
प्रतिकार नगर्न आदेश दिने ?
सिफारिसअनुसार
फौजदारी कारबाही खोइ ?
तर देश जलाउनेहरू नै
सरकार कब्जामा पुग्ने भए
के फेरि आगजनी नहोला ?
जनता सचेत होऔँ !
(२०८३ कार्तिक ५ गते)

Leave a Reply

Your email address will not be published. Required fields are marked *