भर्खरै :

के छ कविजी ?

के छ कविजी ?

सबथोक छ, साथी !
माथि माथि
अमृत बगाउने हिमाल छ,
अलि मुन्तिर सला सुसाउने
सञ्जीवनी वन छ ।
अझै अलि मुन्तिर,
छङछङ झर्ने झरनाहरूबिच
सुन्तला, ज्युनार फल्ने बगैँचा छ ।
अझै तल विशाल फाँट छ,
जहाँ व्यासहरूका प्रिय भोजन
आँप फल्छ, केरा फल्छ ।
सबथोक छ, साथी !
यहाँ
रोग छ ।
भोक छ ।
प्यास छ ।
भोट छ ।
नोट छ ।
खोट छ ।
र कपट छ !
सबथोक छ, साथी !
सिंहदरबारमा
भ्रष्टाचारको गुँड छ,
जहाँ कोरलिरहन्छन्
शासकहरू
भ्रष्टाचारी चल्लाहरू !
सबथोक छ, साथी !
एउटै छ अभाव,
साथी यहाँ,
इमानको राप ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *