यासुकुनी मन्दिरको भ्रमण र आर्थिक प्रस्तावहरूले जापानको ‘शान्तिको देश’ मकुन्डो च्यात्छ
- कार्तिक १०, २०८३
भाषा, साहित्य र संस्कृति हाम्रो पहिचान हो । सबै जातजातिका मानिसलाई आ–आफ्ना भाषा र संस्कृतिप्रति माया र प्रेम हुन्छ । ती सबै देशकै साझा सम्पत्ति हुन् । त्यसको संरक्षण र संवद्र्धन गर्नु सबैको साझा जिम्मेवारी र कर्तव्य हो । नेपालभाषा साहित्य तःमुंज्याले ४६ वर्षदेखि निरन्तर नेपालभाषा र नेवार संस्कृतिको संरक्षणका साथै जनतालाई राजनीतिक चेतना दिने काम निरन्तर गर्दै आएको अत्यन्त सराहनीय छ । नेपालभाषा साहित्य तःमुंज्या परिवारप्रति हार्दिक धन्यवाद ।
२०७९ जेठ ६ गते नगरपालिकामा दोस्रो कार्यकालको लागि हामीले शपथग्रहण गरेका थियौँ । आज ४ वर्ष ५ महिना भयो । जनताबिच निर्वाचन घोषणापत्रमार्फत गरेका प्रतिबद्धताहरू पूरा गर्ने क्रम जारी छ ।
यस कार्यकालका केही महत्वपूर्ण उपलब्धिहरू
-सरकारी सम्पत्तिमा बनेको भक्तपुर क्यान्सर अस्पताल एउटा गैरसरकारी संस्था (एनजीओ) ले निजीजस्तै सञ्चालन गरिहेकोमा त्यहाँभित्र भएका व्यापक भ्रष्टाचार र अनियमितताका समाचारहरू बाहिरिएपछि नगरपालिकाकै पहलमा सरकारी स्वामित्वमा ल्याउन सफल हुनु,
-२०४२ सालदेखि नेपाली सेनाको नियन्त्रणभित्र रहेको भक्तपुरको रानीपोखरी (न्हु पुखु) सेनासँग समन्वय गरी पुनःनिर्माण गरी सार्वजनिक प्रयोगमा ल्याउनु
-नेपाल ट्रस्टको नाउँमा रहेको भनपा सल्लाघारीस्थित १०८ रोपनी जग्गाको चारैतिर पर्खाल लगाई संरक्षण गर्नु
-८ सय वर्ष पुरानो भाज्या पुखुको जीर्णोद्धार गरी सार्वजनिक प्रयोगमा ल्याउनुु
-मौलिक स्वरूपमा लक्ष्मीनरसिंह मन्दिर, इन्द्रायणी द्योछें, छुमा गणेशको द्योछें, लक्ष्मीनरसिंह मन्दिर र हाडा छेँ पुनः निर्माणलगायत महत्वपूर्ण धेरैवटा सम्पदाको पुनःनिर्माण तथा जीर्णोद्धार सम्पन्न हुनु, १०० शय्याको ख्वप अस्पताल सञ्चालन, ख्वप कलेज अफ ल सञ्चालन, थन्थु दरबार, पहाँछें, इखालाछि मठ पुनःनिर्माण र अरनिको सभा भवन निर्माण कार्यलगायत भौतिक निर्माणका कार्यहरू अघि बढ्नु यस कार्यकालका महत्वपूर्ण उपलब्धिहरू हुन् ।
केही समस्या र समाधानका पहल
देको मिवा इतापाके आवास योजना
योगदानको आधारमा विकसित घडेरी फिर्ता गर्ने उद्देश्यले भनपा २ र ६ मा पर्ने १६५४ रोपनी जग्गामा सञ्चालन गरिएको देको मिवा इटापाके आवास योजनाभित्र ६८ रोपनीभन्दा बढी गुठी जग्गा परेको छ । जग्गा फिर्ता दिने क्रम चलिरहेकै बखत २०८० साल साउन ३२ गते गुठी संस्थान केन्द्रीय कार्यालयको ‘क्षतिपूर्ति वा मुआब्जा लिएर मात्र श्रेस्ता अद्यावधिक गर्नु’ भन्ने पत्रपछि गुठी जग्गा कमाउने मोहीहरूको जग्गा फिर्तामा समस्या आएको हो । त्यस्ता फिर्ता गर्नुपर्ने जग्गा करिब ३५ रोपनी बाँकी छ ।
भूमिसुधार मन्त्री, गुठी संस्थान केन्द्रीय कार्यालय, गुठी संस्थान भक्तपुरका प्रमुखहरूसँग पटक पटक भेटघाट, छलफल र पत्राचारपश्चात् २०८३ असोज २७ गते नेपाल सरकारले एउटा अध्यादेश जारी गर्यो । ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८३ मा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले गुठी अधिनष्ट जग्गा पर्ने गरी जग्गा एकीकरण आयोजना सञ्चालन गरेमा संस्थानले व्यक्तिसरह योगदान गर्नुपर्नेछ भन्ने उल्लेख छ ।
के हो अध्यादेश ?
अध्यादेश एक प्रकारको कानुन हो । यो निश्चित अवधिसम्म मात्र कानुनसरह मान्य हुुनेछ । तोकिएको समयभित्र प्रक्रिया पु¥याउन सकेन भने त्यो स्वतः खारेज हुनेछ । संविधानमा सङ्घीय संसद्को दुवै सदन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने व्यवस्था छ ।
अध्यादेश दुवै सदनले स्वीकार नगरेमा स्वतः खारेज हुन्छ, राष्ट्रपतिले चाहेमा जुनसुकै बखत खारेज गर्न सक्छ वा दुवै सदनको बैठक बसेको ६० दिनभित्र स्वतः खारेज हुुन्छ । देको मिवा, तुमचो दुगुरे आवास योजना र लिबाली आवास योजनालाई पनि अहिलेको अध्यादेशले सहयोग पु¥याउने अपेक्षा छ ।
२०८३ असोज २६ गते र त्यसअघि बसेको देको–मिवा–इटापाके आवास योजना व्यवस्थापन समितिको बैठकले आयोजना पूर्व नक्सापास गरेका घरधनीहरूलाई आयोजनाले तोकेको मूल्यमा ३० प्रतिशत छुट दिने, घर लाइनको सुविधा दिने, नक्सापास गरी बनाएको घर पुनःनिर्माण गर्दा साबिकबमोजिम बनाउन सुविधा दिने, नगरकोट सडकसँग जोडिएको घर जग्गा सम्बन्धमा सडकको आधारमा सुविधा दिनेसमेत निर्णय गरेको जानकारी दिन चाहन्छौँ । समस्यामा परेका किसानहरूसँग आपसी छलफल गरी टुङ्ग्याउने कार्य भइरहेको छ ।
अहिले आवास योजनामा विद्युत् र खानेपानीको व्यवस्थाको लागि पहल भइरहेको छ । आयोजनामा खुला क्षेत्र ७४ रोपनी, बाटो ३८२ रोपनी पर्दछ भने ३६९ वटा घरलाई थपेर दिने जग्गा १५ रोपनी र जग्गावालालाई थप्ने जग्गा १६ रोपनी रहेको छ । भक्तपुर नगरको सन्तुलित विकासको योजनाअनुसार ख्वप मा.वि. ख्वप कलेज, ख्वप कलेज अफ ल सञ्चालनमा छन, अरनिको सभा भवन निर्माणाधिन छ भने यही योजनाभित्र जिल्ला प्रशासन सार्ने प्रयास भइरहेको छ ।
खानेपानी समस्या
यस कार्यकालको सुरुमा भक्तपुर नगरको अधिकांश ठाउँमा पानीको हाहाकार थियो । निर्र्वाचनको बेला जनतालाई दिएको वचनअनुसार शपथग्रहण गरेको केही दिनभित्रै आधा नगर (टौमढीभन्दा पश्चिम) मा मेलम्चीको पानी वितरण सुरु गर्यौं । त्यसपछि निरन्तरको प्रयासपछि सूर्यविनायकदेखि सूर्यमढीसम्म भनपाकै खर्चमा पाइप बिछ्याउन लगाई पानी वितरण गरियो भने केयुकेएलसँग समन्वय गरी नगरभरी पानीको समस्या समाधान गर्ने कोसिस भइरहेको छ ।
आदर निकेतन सञ्चालन
निर्वाचन घोषणापत्रबमोजिम ज्येष्ठ नागरिकहरूको हेरचाह तथा व्यवस्थापनको लागि भनपा ६ नं. वडा अँचापोखरी महाकालीस्थानमा आदर निकेतन सुरु गर्यौं । त्यहाँ ज्येष्ठ नागरिकहरूका लागि मनोरञ्जन, खेलकुद, शारीरिक व्यायाम, दैनिक खाजाका साथै एकजना नर्स र समय समयमा चिकित्सकबाट स्वास्थ्य जाँचको व्यवस्था मिलाएका छौँ । परिवार नभएका, हेरचाह गर्ने कोही नभएका ज्येष्ठ नागरिकहरूले कुनै दुःख नपाऊन् भन्ने उद्देश्यले आदर निकेतन सञ्चालन सुरु गरेका हौँ ।
सरसफाइ
भक्तपुर नगरका नगरबासीहरूबाट दैनिक कुहिने र नकुहिने फोहर अलग अलग सङ्कलन गरी कुहिने जतिको कम्पोस्ट मल बनाई किसानहरूलाई वितरण गर्ने र नकुहिने जति पुनःप्रयोग गर्न बिक्री गर्दै आएका छौँ । मल बिक्री र पुनःप्रयोग हुने वस्तु बिक्रीबाट वार्षिक करिब ४०।५० लाख आम्दानी भइरहेको छ ।
स्वास्थ्यतर्फ :
जनताको स्वास्थ्यलाई ध्यानमा राखेर भनपाले १०० शय्याको ख्वप अस्पताल सञ्चालन गर्नुका साथै वडा वडामा स्वास्थ्य केन्द्रहरूको विस्तार पनि गर्दै छ । २०७३ सालमा २५ शय्याका ख्वप अस्पताल स्वीकृति लिएको भए तापनि २०७८ वैशाख १७ गते मात्र अस्पतालको नाउँमा सेवा सुरु भएको हो । अहिले ख्वप अस्पताल स्थानीय तहले चलाएको भए पनि त्यसले राष्ट्रिय स्तरको सेवा प्रदान गरिरहेको छ । आ.व. २०८२।८३ मा ७४ जिल्लाका ३ लाख २७ हजार ३१८ जनालाई सेवा दियो भने यो आ.व. को बितेको ३ महिना साउनदेखि असोज मसान्तसम्ममा ९० हजार ७९५ जना बिरामीलाई सेवा दिइसकेको छ । ३६५ दिन चल्ने ख्वप अस्पतालको विशेषता हो ।
हाल ख्वप अस्पतालमा ५१ जना विशेषज्ञ, २९ जना मेडिकल अफिसर, ८१ जना नर्स र अन्य कर्मचारीसमेत गरेर २८५ जना जनशक्तिसहितको टीमले सेवा दिइरहेको छ । देशका विभिन्न अस्पतालले बीमा सेवा बन्द गरेको अवस्थामा पनि ख्वप अस्पतालले त्यो सुविधालाई निरन्तरता दिई नै रह्यो । अहिले सीटी स्क्यान सेवासम्म उपलब्ध भइसकेको छ भने यो वर्ष एमआरआइ राख्न २३ करोड बजेट विनियोजन गरेका छौँ । निःशुल्क अक्सिजन वितरण, रगत निःशुल्क व्यवस्थालाई निरन्तरता दिँदै भौतिक पूर्वाधार निर्माण पनि चालू राखेका छौँ ।
त्यस्तै हाम्रा नागरिकहरूको स्वास्थ्यलाई ध्यानमा राखेर सञ्चालन गर्दै आएको घरदैलो नर्सिङमार्फत आ.व. २०८२।८३ मा ५४,१८७ जनालाई सेवा प्रदान गर्न सक्यो । रक्तचाप, चिनी रोग, डे«सिङ, सुत्केरी हेरचाह, ज्येष्ठ नागरिक हेरचाह तथा बिरामीको घर घरमा पुगेर सेवा दिने काममा यो वर्ष साउनदेखि असोज मसान्तसम्ममा १६,१२९ जनालाई सेवा दिएको छ ।
नगरपालिकाको आर्युवेदिक चिकित्सामार्फत पनि नागरिकको सेवा गरिरहेको छ । गत वर्ष मात्रै आर्युवेदिक केन्द्रबाट ३,५७३ जनाले सेवा लिएको रेकर्ड छ । त्यहाँ सबै किसिमको सेवा निःशुल्क उपलब्ध छ । आवश्यक कर्मचारी र औषधि नगरपालिकाले नै व्यवस्था गर्दै आएको छ ।
भक्तपुर नगरपालिकाको व्यवस्थापनमा सञ्चालित ख्वप तीलगंगा आँखा अस्पताललाई थप स्तरीय बनाउने क्रम जारी छ । त्यहाँ अन्य आँखा अस्पतालमा भन्दा कम शुल्कमा सेवा प्रदान गर्दै आएको छ । गत वर्ष ३१ हजारभन्दा बढी आँखाका बिरामीहरूलाई सेवा प्रदान गर्यो भने त्यो अवधिमा ८६५ जनाको आँखाको शल्यक्रिया सफलतापूर्वक भएको थियो । यो वर्ष थप सुविधा प्रदान गर्न नगरपालिकाको सहयोगमा रु. ४० लाखको आँखा जाँचसम्बन्धी नयाँ स्वास्थ्य उपकरण खरिदको प्रक्रियामा छ । आँखाका बिरामीहरूलाई सुविधाको लागि आवश्यक सबै बन्दोबस्त ख्वप तीलगंगा अस्पतालमै गर्ने सोचले काम अगाडि बढाइरहेका छौँ ।
शिक्षातर्फ
नगरपालिकाले शिशुस्याहार केन्द्रदेखि विद्यालय शिक्षा र कलेज शिक्षालाई पनि उत्तिकै प्राथमिकतामा राखेर काम गर्दै छ । २ वटा इन्जिनियरिङकलेज सहित ७ वटा शैक्षिक संस्थाहरू अहिले देशकै उत्कृष्ट बन्दै छन् । ती शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थीलाई आवश्यक छात्रवृत्तिको व्यवस्था, नगरका विद्यार्थीलाई उच्च शिक्षाको लागि प्रोत्साहित गर्न शैक्षिक ऋणको व्यवस्था र देशको लागि आवश्यक विभिन्न विषयमा विद्यावारिधिसम्मको छात्रवृत्तिको बन्दोबस्त गर्दै आएको छ । साथै वडा वडामा शिशुस्याहार केन्द्रहरूको विस्तार गर्ने उल्लेख भएबमोजिम भनपा वडा नं. १० मा यसै वर्षबाट शिशुस्याहार केन्द्र सञ्चालनमा ल्याएका छौँ । नगरपालिकाभित्र ७ वटा शिशुस्याहार केन्द्र सञ्चालनमा छन् । सीपमूलक तालिमका साथै युवा उद्यमशीलता ऋण प्रदान गरी आत्मनिर्भर बनाउने प्रयास गर्दै आएका छौँ ।
केही गर्न बाँकी कार्यहरू
हामीले चाहेर पनि केही काम अझै गर्न सकेका छैनौँ । जस्तो ख्वप विश्वविद्यालय सञ्चालन, उपचार पोखरीहरूमा फोहरलाई उपचार गरी खोलामा सफा पानी बगाउने, खोला किनाराका सडकहरू निर्माण गर्ने काम आदि । ती काम नगरपालिकाबाट मात्र सम्भव थिएन । ख्वप विश्वविद्यालय विधेयक सरकारले पारित गरिदिएन । विश्वविद्यालयको लागि सल्लाघारीस्थित १०८ रोपनी जग्गा उपलब्ध गराउन सरकारसँग माग गरिरहेका छौँ । अझै सफल भएको छैन । सल्लाघारी र हनुमन्तेमा निर्माणाधिन उपचार पोखरीहरू सम्पन्न भएमा खोलामा सफा पानी बग्नेछ ।
भनपा देशको एउटा सफा, सुन्दर र कला संस्कृति संरक्षित तथा ज्ञानविज्ञानको केन्द्र बनाउने योजनासहित अगाडि बढिरहेको छ । कस्तो भक्तपुर बनाउने भन्ने विषयमा हामी स्पष्ट छौँ, हामीलाई नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ(रोहित) ले लेख्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ ले दिशा निर्देश गरिरहेको छ । हामी भक्तपुरलाई आदर्श नगर बनाउन चाहन्छौँ । जहाँ शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ, पर्यटन, रोजगारी हर क्षेत्रमा राम्रो र व्यवस्थित होस् ।
नगरपालिकाको काममा सधँै यहाँका जनताले साथ र सहयोग गर्दै आएका छन् । अहिलेसम्म भएका कामहरूको श्रेय यहाँका जनतालाई जान्छ । कामको सिलसिलामा कमी कमजोरी हुन गएको रहेछ भने हामी जनप्रतिनिधिहरूले त्यसको जिम्मेवारी लिनेछौँ । जस्तोसुकै बााधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ ।
(कार्तिक ६ र ७ गते भक्तपुरमा सम्पन्न नेपालभाषा साहित्य तःमुंज्यामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पहिलो दिन व्यक्त गर्नुभएको मन्तव्यको नेपाली भाषामा सार सङ्क्षेप)
Leave a Reply