भर्खरै :

आइतमातोभको ‘पहिलो शिक्षक’ सँग भेट्दा

आइतमातोभको ‘पहिलो शिक्षक’ सँग भेट्दा

किरगिजस्तानी लेखक चिङगिज आइतमातोभ (सन् १९२८–२००८) को सशक्त लघु उपन्यासहरूमध्ये एक हो ‘पहिलो शिक्षक’ । कुनै बेला पूर्वसोभियत समाजवादी गणतन्त्रको एउटा अङ्गको रूपमा रहेको किरगिजस्तानका नामी लेखक आइतमातोभ रुसी भाषामा पनि कलम चलाउँथे । उनका साहित्य, लघुकथा, लघुउपन्यासहरूमा तत्कालीन सोभियत सङ्घको यथार्थ तस्वीर र खास गरी केन्द्रीय एसियाली गणतन्त्रका जीवनहरूको सजीव चित्रण पाइन्छ । ‘पहिलो शिक्षक’ पनि समकालीन रुसी समाज र जीवनहरूको जीवन्त चित्रण हो ।
सन् १९१७ को रुसी अक्टोबर समाजवादी क्रान्तिपछि विशाल देश रुसका गाउँ–गाउँ, बस्ती–बस्ती अर्थात्् कुनाकाप्चामा परिवर्तनको प्रवाह कसरी सम्भव भयो ? त्यो परिवर्तनका संवाहक को थिए ? यी प्रश्नहरूको जवाफसँगै क्रान्तिपछि समाजवादी समाज निर्माणको अर्को क्रान्तिको एउटा दृष्टान्त उपन्यास ‘पहिलो शिक्षक’ आफै हो भन्दा अतिशयोक्ति नहोला ।
उपन्यासले अक्टोबर समाजवादी क्रान्ति, नेता लेनिन नेतृत्वको रुसी समाजवादी व्यवस्था अर्थात् सोभियत सङ्घ गठन र निर्माण, लालसेनाको निर्माणको समयावधि समेट्छ । नेता लेनिनको मृत्युदेखि द्वितीय विश्वयुद्धको केही पछिसम्मको कालखण्डलाई उपन्यासले समेट्छ । त्यो समयावधिमा रुसमा शैक्षिक जागरणमार्फत काम गरी खाने मजदुर–किसानको जीवन उत्थानका निम्ति धेरै कामहरू भएका थिए । ती कामहरूमध्ये एउटा पाटो या दृष्टान्त यो उपन्यासले उजिल्याउँछ । लेनिनकालीन रुसमा शिक्षा प्रचार या शैक्षिक आन्दोलनको कथा हो भन्न सकिन्छ, ‘पहिलो शिक्षक’ । गाउँ–गाउँ र दूरदराजमा जनताको पाठशाला निर्माणको कथा हो ‘पहिलो शिक्षक’ । शिक्षाको प्रकाशले मात्र क्रान्तिको उज्यालो अनुभूत हुने यथार्थ बुझेका अभियन्ताहरूको कथा हो, यो उपन्यास । सोभियत समाजको तत्कालीन परिस्थिति, कामदार वर्गको अवस्था, गरिब जनताको नियति र चेतनाको स्थितिको वास्तविकता बोधसँगै परिवर्तन र यथास्थितिबीचको अन्तद्र्वन्द्वको स्वाभाविक प्रस्तुति गर्न उपन्यास सफल छ । पात्रहरूको स्वाभाविक चयन र भूमिका उपन्यासको सशक्त पक्ष हो । उपन्यासको कथानक, परिवेश, पात्रहरूसँगै उपन्यासको उद्देश्य र सन्देशबिच सामञ्जस्य अनुभूत हुन्छ ।
यस उपन्यासका शीर्ष पात्र डुइशेन हुन् । डुइशेन, उपन्यासले बोकेको परिवर्तनको उद्देश्यका संवाहक, एउटा अशिक्षित समाजलाई शिक्षाको उज्यालो प्रदान गर्ने सपनाका बाहक, निःस्वार्थ सेवा नै जीवनको उद्देश्य बनाउने सच्चा कम्युनिस्टका प्रतिनिधि पात्र, समाजवादी रुसको शैक्षिक आन्दोलनका एक कर्मठ अभियन्ता । उपन्यास उही डुइशेनको कथा हो । उपन्यासमा उनी एक जीवन्त व्यक्तित्वको रूपमा प्रस्तुत गर्न उपन्यासकार सफल छन् । उपन्यास पढिसकेपछि डुइशेनको व्यक्तित्व र समाज रूपान्तरणका निम्ति उनले गरेको सङ्घर्षको अमित छाप पाठकको मनमा जरुर पर्छ । डुइशेनले जस्तै समाज रूपान्तरणका निम्ति अथक योद्धा बन्ने ऊर्जा या हौसला पनि मिल्ला । उपन्यासकारले डुइशेनलाई उनका गतिविधि र सिलसिलामार्फत शसक्त उभ्याएका छन् । डुइशेनका चेली अल्त्यनाईबिना उपन्यासको कथानक सुरू र अन्त्य हुँदैन । अल्त्यनाईको जीवनयात्रा तत्कालीन रुसी कामदार जनताका छोरीहरूको प्रतिनिधि कथा हो । इतिहासमा फर्केर अल्त्यनाईहरूको जीवन सङ्घर्ष र उनीहरूको जीवनमा डुइशेनहरूको भूमिका अध्ययन गर्न उपन्यासले सघाउँछ । आप्mना प्रथम गुरु ‘डुइशेन’ प्रति अल्त्यनाईको आदर–सम्मान एक व्यक्तिप्रतिभन्दा पनि एउटा समाजवादी युगप्रतिको अभिनन्दन र समर्पण हो भन्ने महसुस हुन्छ । नेता लेनिनप्रति डुइशेनको सम्मान समाजवादी युगप्रतिको पूजा हो भन्ने आभाष मिल्छ ।
उपन्यास रुसको एउटा सुन्दर गाउँ कुरकुरिउ वरिपरि घुम्छ । कुरकुरिउ गाउँको उचाइ या डाँडोमा उभिरहेका दुईवटा लहरेपिपलको जरा या धरातलसँग जोडिएको छ उपन्यासको कथानक । उपन्यासका सूत्रधार एक रङ्गकर्मी अर्थात् चित्रकार हुन् । उनले कुरकुरिउ गाउँ र गाउँको धरातलबाट उठेर निलो आकाशमा सपना र सफलताको उडान भर्दै गरेकी एक छोरीको जीवनलाई क्यानभासमा उतार्न खोजेका छन् । उनै छोरीलाई खुला र प्रकाशमय सुन्दर संसारको ढोका खोलिदिने गुरुको जीवन आकृतिलाई रंगहरूमार्फत क्यानभासमा पोट्न खोजेका छन्् ।
कुरकुरिउको डाँडामा एउटा अवस्थित छाप्रो थियो, त्यसैलाई डुइशेनले पाठशाला बनाए । त्यो छाप्रो र डुइशेनले गोडमेल गरेका दुई लहरेपिपललाई दशकौँ पछि पनि मानिसहरू ‘डुइशेनको पाठशाला’ भनेर चिने । त्यो छाप्रोमा डुइशेनले केटाकेटीहरूलाई कखरा पढाए । उनी विद्यालय शिक्षा पढेका व्यक्ति थिएनन् । सामूहिक कृषि फार्ममा काम गर्ने मजदुर थिए । बिहानदेखि बेलुकासम्म खेतमा व्यतीत गर्ने किसान थिए । गाउँका हल्कारा थिए डुइशेन । बा¥हखरीका सबै अक्षर नजानेका डुइशेनको नाममा पाठशाला कसरी सम्भव भयो ? त्यही छाप्रोमा पढेर प्राज्ञ बनेका अल्त्यनाई सुलाईमानोभनाको सम्मानमा कार्यक्रम राखिएको थियो । डुइशेनले पढाउने छाप्रो अर्थात् पाठशाला नजिकै नयाँ माध्यमिक पाठशाला खोलिएको थियो । कुरकुरिउ गाउँको परिवेश बदलिएको थियो । किसानका छोराछोरी विद्यालय जान थालेका थिए । उच्च शिक्षाका लागि छोराछोरी सहर पठाउन थालिएको थियो । त्यो परिवर्तन र रूपान्तरणको पीँढतिर फर्केर अल्त्यनाईले सुत्रधारलाई चिट्ठीमार्फत सुनाएको संस्मरणले उपन्यासको वसन्त र शरद् उजिल्याउँछ ।
समय १९२४ तिरको हो । क्रान्तिपछि गाउँ गाउँमा सामूहिक कृषि फारमको अभ्यास थालियो । एक समय युरोप र विकसित मुलुकले रुसलाई दरिद्र र गरिब देशको संज्ञा दिएको थियो । वास्तवमै अविकसित रुसी गाउँहरू क्रान्तिलगत्तै कायापलत हुने कुरै भएन । गरिब किसानहरू सामुहिक कृषिफार्मलाई नै सानोे गाउँको रूपमा हुर्काउँदै थिए । गाउँको सामाजिक र सांस्कृतिक परिस्थितिमा बदलाव देखापरेको थिएन । गाउँमा पाठशाला एकदमै बिरानो थियो । आप्mना बुबा कमान्डर हुँदा सेनामा लेखपढ गरी गाउँ फर्केका थिए डुइशेन । उनले गाउँलेलाई डाँडाको पुरानो तबेलामा पाठशाला खोल्ने विचार राखे । गाउँलेहरूलाई त्यो कुरा निको लागेन । तिनले डुइशेनसँग हाकाहाकी प्रश्न गरे –“पाठशाला किन चाहियो ?” गाउँमा शिक्षाको आवश्यकता बोध नहुनु अस्वाभाविक पनि थिएन । रोजीरोटी र हातमुख जोड्ने सवाल छोडेर पढ्ने र पढाउनेतिर समाज कसरी अगाडि बढोस् ? त्यसको निम्ति चेतना जरुरी थियो । शिक्षाको उज्यालो आवश्यक छ भन्ने चेतना बनेर डुइशेन गाउँ पुगेका थिए ।
गाउँलेहरूले डुइशेनलाई के भने –“परापूर्व कालदेखि जमिन जोत्नु हाम्रो कामधन्दा भइआएको छ । हाम्रो कोदालोले हामीलाई सधैं नै खान्की दिलाएको छ । हाम्रो छोराछोरी पनि उसैगरी गुजारा चलाउनेछन् । अनि तिनले बित्थामा किन लेखापढी सिक्नुप¥यो ? लेखापढी चाहिने त हाकिमहरूलाई पो हो । हामी त सामान्य मानिस हौँ । त्यसैले तपाईँ हामीलाई यसरी अल्मल्याउन नखोज्नोस्” डुइशेनले गाउँलेहरूलाई सम्झाउने कोसिस जारी राखे । सोभियत सरकारको शिक्षा नीति, बालबालिकालाई पाठशाला पढाउनै पर्ने नीति सम्झाए । देश स्वतन्त्र भयो, त्यो स्वतन्त्रताको अनुभूति शिक्षकले दिलाउँछ भन्ने सत्यलाई बुझाउने कोशिश गर्न डुइशेन कति पनि विचलित भएनन् । गरिब किसानको भाग्य सँधैभरि दुःख गर्नुमात्र होइन । जीवनभर ठालु र शासकहरूबाट अपमानित हुनु किसानहरूको भाग्य होइन । नयाँ पुस्ताले लेखपढ गर्न जानेनन्, शिक्षा हासिल गर्न पाएनन् भने गरिब जनता युग युगसम्म पछाडि पर्नेछन् । सधँै गरिबको बस्ती हुनेछ । त्यसकारण, पाठशाला जरुरी छ भनी उनले आग्रह गरे । उनी आपैm सम्पन्न थिएनन् । उनीसँग चिसोमा लगाउन भुवाको कोट थिएन, घर थिएन, जमिन थिएन, एउटा भेडा र घोडासमेत थिएन । ती सर्वहारा मान्छेसँग पाठशाला स्थापना र निर्माणको सपनाबाहेक केही थिएन । त्यसकारण, यो उपन्यास डुइशेनको विद्यालय निर्माणको सपनाको कथा हो ।
उनले यो पाठशाला निर्माणका लागि एक्लै साबेल, कोदालो, बञ्चरो र बाल्टिन बोके । आप्mनो पिठ्युमा सुकेको परालको अजङ्गको भारी बोकेर डाँडोको तबेलातिर उक्लिए । गाउँका हुनेखानेहरू उनलाई देखेर खिसितिउरी गर्थे । किसान–गरिबहरू बेकारको झमेला भनेर बेवास्ता गर्थे । डुइशेनले निकै अपमान र गालीहरूको सामना गर्न पर्यो तर आप्mनो उद्देश्यमा प्रतिबद्ध थिए । उनलाई हेरिरहेका अल्त्यनाई र उनका सङ्गीहरूले उनीसँग पढ्ने जिज्ञासा राखे । अल्त्यनाई ‘टुहुरी’ केटी थिइन् । आप्mनी आन्टी र अङ्कलसँग बस्ने उनले दिनभरि घर–खेतबारीको काममा जोतिनुपथ्र्यो । उनलाई डुइशेनका विचारहरूले प्रभावित बनाएको थियो । हिउँ परेको समयमा आगो ताप्न पाठशालामा बनाइएको अगेनाका निम्ति अल्त्यनाईले पाठशालाको पहिलो दिन नै गुरुलाई सघाएकी थिइन् । केटीहरू र अल्त्यनाईले पढ्ने इच्छा राखे पनि तिनलाई घरबाट पढ्न पठाएनन् । डुइशेन प्रत्येकको घर–घर पुगेर छोराछोरीहरूलाई पाठशाला पठाउन आग्रह गर्दै हिँडे । परिवारजनका कटुबचन पनि पचाएर विद्यार्थी जुटाउनतिर उनी केन्द्रित भए ।
अल्त्यनाईको कथा अलि बेग्लै थियो । उनको बाल्यकालमा आमा–बुबाको ममता थिएन । राक्षसी स्वभावकी आन्टी र अङ्कलको जंजिरबाट आजाद हुन चाहन्थिन् अल्त्यनाई । डुइशेनले आन्टी र अङ्कललाई सम्झाउने कोसिस गरे तर नमानेपछि कानुनको हवाला दिए । पढ्न चाहने केटाकेटीलाई नपढाउनु अपराध हो । नयाँ पुस्तालाई पढाउनु राज्यको दायित्व हो र सोभियत सरकारले त्यो जिम्मेवारी लिन्छ । अल्त्यनाईको भविष्य राज्यको भविष्यसँग जोडिएको छ । राज्यलाई अल्त्यनाईहरूको जरुरी छ भन्ने आशयबाट डुइशेनले परिवारसँग लड्नुपर्याे । पाठशाला जाने अल्त्यनाईको सपनाको बाटो खुल्यो ।
पाठशालामा लेनिनको फोटो झुन्ड््याइएको थियो । डुइशेनलाई व्याकरण र जटिल वाक्यहरू थाहा थिएन । यद्यपि, उनले शिक्षाको आवश्यकताबोध हुनेगरी पढाए । सुुन्दर भविष्यको हुटहुटी जगाइदिए । एक गुरुको जिम्मेवारी उनले पूरा गरे । जेनतेन बा¥हखरी जानेपछि सबैभन्दा पहिला तिनले ‘लेनिन’ लेखे । बा¥हखरीसँगै डुइशेनले कक्षाहरूमा क्रान्तिका आयामहरू पढाए । सोभियत रुसपूर्वको सङ्घर्ष सुनाए । मालिक र मजदुरहरूको सङ्घर्षको सिलसिला बताए । उपन्यास पढ्दा लाग्छ, डुइशेन नयाँ समयका लागि लाल सेनाहरू तयार गर्दै थिए । डुइशेन केटाकेटीलाई पढाउन र सिकाउन जस्तै परिस्थितिको सामना गर्थे । केटाकेटी हिँड्ने पुल र पाठशाला पुग्ने बाटो घाटो आपैm बनाउने, हिउँ र आँधीहुरीको परवाह नगरी काम गर्थे । गाउँका ठालुहरू डुइशेनलाई ‘काइदाको नोकर’ बनाउन योग्य मान्छे भनी अपमान गर्थे । शिष्यका अनुहारतिर हेरेर उनी हाँसी हाँसी अपमान पिउँथे । अल्त्यनाई डुइशेनलाई सघाउने काम गर्थिन् ।
एक दिन लेनिन बितेको खबर आयो । डुइशेन विक्षिप्त भए । भविष्य निर्माणको बाटो देखाउने, गरिबहरूलाई सुन्दर र स्वतन्त्र सपना देख्न सिकाउने लेनिन डुइशेनका आदर्श थिए । लेनिनले नै भनेका थिए, “देशको कुनाकाप्चालाई शिक्षित बनाउनू ।” डुइशेन त्यो विचारका संवाहक एवम् कार्यकर्ता मात्र थिए । लेनिनको मृत्युले डुइशेन मात्र होइन सारा देश शोकमा डुबेको थियो । तर, डुइशेनहरूको अभियान र ऊर्जाहरूमा लेनिनको सपना जिउँदो थियो । उपन्यास लेख्छ –“लेनिन मानिसहरूका हृदयमा बास गरेका छन् । मानिसहरू स्वयम् लेनिन छन् । लेनिन हरेक बाबुबाट छोरामा सर्छन् । लेनिन त मानिसको रगतमै छन् ।” लेनिनलाई जीवन आदर्श मानेर अघि बढेका डुइशेनहरूले क्रान्तिको विरासत जोगाउने दायित्वबोध गरेको आभाष मिल्छ । अल्त्यनाईहरू गुरुका डोबहरू पछ्याउने अठोट गर्दै थिए ।
अचानक अल्त्यनाईलाई उनकी आन्टीले विवाह गरिदिने चाँजोपाँजो गरिन् अल्त्यनाई १५ वर्षकी बालिका थिइन् । पाठशालामा गुण्डाहरू ल्याई अल्त्यनाईलाई जबरजस्ती लाने कुकर्म गरेकी थिइन् आन्टीले । डुइशेन त्यो आक्रमणविरुद्ध ढाल बनेर उभिए । तर, उनलाई गुण्डाहरूले रगताम्य हुने गरी कुटे । अल्त्यनाईलाई जबरजस्ती उठाई लगे । अँध्यारो कोठामा थुने, उनीमाथि बलात्कार भयो तर ममताहीन आन्टीले अत्याचार गर्न छोडिनन् । उनले आप्mना गुरुका शब्दहरू सम्झे –“तिम्रो मस्तिष्क जिज्ञासु छ । तिमी विद्वान बन्नेछ्यौ ।… जीवन बदलिनेछ । अझ राम्रा चिज त भविष्यको गर्भमा पो हुनेछ ।” अल्त्यनाईलाई उनको वर्तमान नियति मञ्जुर थिएन । उनले त्यहाँबाट भागेर सुन्दर भविष्यको उडान भर्ने सङ्कल्प गरिन् ।
गुरु डुइशेनले उनलाई सहरको पाठशालामा पढाउने सोचे, तारतम्म मिलाए । मस्कोमा उनले आप्mनो पढाइ सकाइन् । उनी दर्शनशास्त्रका प्राज्ञ बनिन् । दोस्रो विश्वयुद्धका कारण उनी आप्mना गुरु भेट्न र गाउँ जान पाएका थिएनन् । डुइशेन लडाईँ भूमिमा लडिरहेका थिए । युद्धमा रुसको जित भयो । उनी सन् १९४६ को शरद् याममा टमस्कस्थित विश्वविद्यालय मिसनमा पठाइन् । दर्शनशास्त्रमा विद्यावारिधि गरिन् र उनलाई कुरकुरिउ गाउँको माध्यमिक विद्यालय उद्घाटन र उनलाई सम्मान गर्न राखिएको कार्यक्रममा बोलाइयो । उनले आप्mना गुरु डुइशेन साँचो सम्मानका हकदार हुन्, गाउँका प्रथम कम्युनिस्ट डुइशेन शिष्यको त्यो सम्मान कार्यक्रमको चाजोपाँजो मिलाउँदै थिए । गाउँमा शिक्षाको जग बसाल्न र गाउँका छोरीहरूलाई सुन्दर भविष्यको भर्याङ भइदिने डुइशेन साँचो अर्थमा सम्मान र अभिनन्दनका हकदार हुन् भन्ने अभिव्यक्ति दिइन् । तसर्थ, उपन्यास गुरु चेलाबिच प्रेम र सम्मानको कथा पनि हो । अल्त्यनाईले आप्mनो जीवनभर आप्mना प्रथम गुरुका शब्दहरू भुलिनन् । आदर्श त्यागिनन् । दुई गुरू चेलीले रोपेको भविष्यप्रतिको विश्वास, सङ्कल्प, दृढनिश्चयको लहरेपिपल हुर्किरहेको थियो, दुबैले देखेको सपनाले निश्चित आकार लियो र कुरकुरिउ गाउँको शीतल छहारी बन्यो ।
समाजको यथार्थमा टेकेर निर्माण भएको यो उपन्यासको आयु अमर रहला । कामदार जनताको उत्थानप्रति समर्पित राजनीति र विचार पनि उपन्यासमार्फत हरेक युगका पाठकहरूको मस्तिष्कमा अमर रहनेछ । जस्तै व्यवस्थामा पनि समाजलाई उज्यालो दिने शिक्षाको प्रचारका निम्ति अघि बढ्न हौस्याउनेछ । उपन्यास हरेक हिसाब विचार, पात्रहरूको छनोट, भाषा आदिले समृद्ध अनुभव हुन्छ ।
एउटा युगको बोध गराउने यो मौलिक रचनाले विश्वको कुनै पनि कुनामा भएका शैक्षिक आन्दोलन र जागरणको इतिहास र सङ्घर्षलाई बुभ्mन एवम् अध्ययन गर्न उत्साहित गर्छ । हरेक पाठकलाई यो उपन्यासको कथा आप्mनै परिवेशको झँै लाग्नेछ, यो उपन्यासको विशेषता हो । मलाई पनि त्यस्तै अनुभूति भयो । भक्तपुर मेरो परिवेश, यहाँको शैक्षिक जागरणको कथा शिक्षाको चेतना जगाउन अग्रज पुस्ताले गरेको सङ्घर्षको कथा, मैले सुनेको इतिहाससँग मिल्दोजुल्दो महसुस भयो । मलाई लाग्यो, उपन्यासका पात्रहरू यही छन् । उपन्यासका घटना, परिघटना यहीको हो । मलाई लाग्यो, किसान–मजदुरका छोराछोरीलाई शिक्षाको उज्यालो प्रदान गर्ने, देशको भविष्य पुस्ता तयार गर्ने भविष्यद्रष्टा लेनिन यही छन् । लेनिनको विचार बोकेर, लेनिनको दूरदृष्टि मनन गरेर अघि बढेका किसान कार्यकर्ता यही छन् । आफूले कहिल्यै विद्यालय नदेखेका, विश्वविद्यालय देख्न नपाएका तर भविष्यको पुस्तालाई शिक्षित बनाउन अथक परिश्रम गर्ने डुइशेनहरू यही छन् । डुइशेनले घोडाको तबेलालाई पाठशाला बनाए । यहाँका अग्रज पुस्ताले गल्ली गल्ली, पाटी पौवा र खेतका छाप्रोहरूलाई विद्यालयमा परिणत गरे । दिनरात खेतमा काम गर्ने किसानहरू पनि कुरकुरिउ गाउँमा जस्तै छोराछोरीलाई विद्यालय पठाउन मान्दैनथे । जसोतसो विद्यालय आएका विद्यार्थी परीक्षा दिन पाउँदैनथे । परीक्षाभन्दा खेतको काम महत्वपूर्ण हुन्छ किसानको छोराछोरीलाई । किसानहरूको यही अभिव्यक्ति हुन्थ्यो । डुइशेनले जस्तै यहाँका अग्रज पुस्ताले घरघरमा गई शिक्षाको आवश्यकता र नयाँ पुस्तालाई शिक्षित बनाइएन भने मजदुर किसानहरू अझ पछाडि पर्ने चेतना दिए । समाजको सामाजिक र सांस्कृतिक रूपान्तरणका निम्ति लड्ने डुइशेनहरू यतैकतै छन् भन्ने आभाष मिल्छ । डुइशेनको पाठशालाबाट विश्वविद्यालय र विद्यावारिधि गर्न सफल, देशको निम्ति एक प्राज्ञ बन्न सफल अल्त्यनाईहरू पनि यही छन् । लेनिन र डुइशेनको सपना पूरा गर्न यहाँका छोरीहरू पनि सङ्कल्पित छन्, उपन्यास पढिरहँदा यस्तै महसुस हुन्छ । हरेक पाठकहरूलाई आप्mनो अग्रज पुर्खाको सङ्घर्ष स्मरण गराउने यस उपन्यास निकै अब्बल र सशक्त महसुस हुन्छ । हरेक शिक्षक र विद्यार्थीले पढ्नै पर्ने पुस्तकमध्ये एक हो यो उपन्यास । समाज परिवर्तनको हुतहुति भएका जोकोहीका निम्ति उपन्यासले एक किसिमको ऊर्जा जरुर प्रदान गर्नेछ । साहित्यकार नयनराज पाण्डेका अनुसार यो पढेर सिधिने पुस्तक होइन, दराजको चेपभित्रबाट पनि हल्ला गरिरहने उपन्यास हो । समाजको रूपान्तरणका लागि झक्झकाइरहने उपन्यास ‘पहिलो शिक्षक’ का लेखक चिङगिज आइतमातोभप्रति साधुवाद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *