प्यालेस्टिनमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा बल तत्काल तैनाथ गरिनुपर्छ !
- कार्तिक १९, २०८३
१३. नयाँ पुस्ता कथाको
खण्ड १ मा, ५० वर्ष उमेर पुगिसकेका छोरा अनन्त र उनको आमाको वार्तालाप छ । ५० वर्षसम्म पनि छोराछोरी नभएका छोरा अनन्त राजनीतिक पार्टीका कार्यकर्ता हुन् । उनी जहिले पनि संसारका विभिन्न देशका समाजबारे सोच्छन्† हिजो, आज र भोलिको समाजबारे सोच्छन् । राजा, महाराजा, नेता, मन्त्री, उच्च ओहदाका कर्मचारीहरूले समाजबारे नसोचेकै कारण उनले सोचेका हुन् । आन्दोलन र क्रान्ति तथा लडाइँबाट आएका नेताहरू पनि बिग्रे, सरकारमा गइसकेपछि जनतालाई दिएको वाचा र वचन पूरा गरेनन्, केही यस्ता बेइमान र स्वार्थीहरू जिउँदै मरेका हुन्छन्, पदबाट खुस्केपछि जनता, नातागोतासँग मुख लुकाएर हिँड्छन्, रक्सी–चुरोट बढी खाएर मर्छन्, विदेश भाग्छन् तर बढीभन्दा बढी जनता र साथीहरू राम्रा हुन्छन् ।
स्वार्थी र बेइमानहरूले पैतृक सम्पत्ति आफ्नो हातमा लिई हरिमायाजस्ता आमाको उपचारसमेत गर्दैनन् । त्यस्ता छोराछोरी हुनु पनि राम्रो होइन ।
हिजो प्रजातन्त्र र गणतन्त्र आउनु अघि जिल्ला – जिल्लामा सङ्गठन गर्न जाने छोरा (अनन्त) आज घर छोडेर जिल्ला–जिल्लामा नगएकाले अनन्तका आमासमेत आश्चर्यमा परिन् ।
खण्ड २ मा
अनन्त, बुबा (कान्छा दाइ), आमा र बुहारी केशरीको संवादबाट काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, जनमोर्चा, राप्रपा, मधेशवादी दलका नेताहरूको चरित्र उल्लेख गरेका छन् । धेरै धेरै पैसावाल साहुमहाजन, जग्गाधनी, मारवाडी, व्यापारी र कारखाना मालिकहरूको हित गर्ने ती पार्टीका नेता र मन्त्रीहरू काम गरी खाने जनताको पक्षमा काम गर्दैनन् । उनीहरू पद र सत्तामा पुगी नाफाको लागि काम गर्छन् । तिनीहरू ‘समाजवाद’ लाई ‘ठग्ने मन्त्र’ को रूपमा प्रयोग गर्छन् । नेहरू र इन्दिरा गान्धीले पनि भारतमा समाजवादको कुरा गरेका थिए तर आधाभन्दा बढी जनसङ्ख्या अहिलेसम्म गरीब छन् । समाजवादमा ठुलठुला खेत खलियान, कलकारखाना, बससेवादेखि हवाई सेवासम्म र व्यापार, सबै जनताको सरकारको हातमा जान्छ र जनतालाई शोषण गर्न पाइँदैन । मजदुर, किसान, युवा–विद्यार्थी, खेलाडी, शिक्षक, प्राध्यापक, वैज्ञानिक, कानुन व्यवसायीहरू स–साना पसले र व्यापारीहरू, ड्रात्र, क्लिनर आदि सबै अत्यन्त बहुमत जनताको शासन हुन्छ । समानरूपले योग्यताको विकास गर्न पाउँछन्, जोताहाहरूले जग्गा पाउँछन्, मजदुरहरूले काम पाउँछन्, बासको बन्दोबस्त हुन्छ, युवा–युवती, महिला–पुरूष सबैले काम र कामअनुसार ज्याला पाउँछन्, टुहुरा–टुहुरी, अशक्त र अक्षम, बिरामी, ज्येष्ठ नागरिकहरूको समाजले बन्दोबस्त गर्छ, व्यक्तित्व विकासमा समान अवसर पाइन्छ ।
खण्ड ३ मा कान्छा दाइ र छोरा अनन्तको वार्तालाप छ
राजनीतिक दलहरूमा पद, पैसा, इष्र्या, द्वेष, सिद्धान्त र नीतिको कारण आपसमा मतभेद हुन्छ । एमाले र एमाओवादीको झगडाको कारण पद, पैसा, व्यक्तिगत इष्र्या र द्वेष हो । अन्य सच्चा कम्युनिस्ट दलहरू छुटिनुको कारण निर्वाचित सरकारले समाजवाद स्थापना गर्न सक्छ कि सक्दैन भन्ने विषय हो । पञ्चायती व्यवस्था आउनुभन्दा पहिले नेपालको मुख्य शत्रु भारतीय विस्तारवाद हो या राजा वा राजतन्त्र हो भन्ने विषयमा मतभेद थियो । पञ्चहरू पनि भूमिसुधारको पक्ष र विपक्षमा थिए ।
देशको सन्तुलित विकासमा प्राथमिकता दिनुको साथै स्थानीय निकायलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिइएको हुन्थ्यो भने कोरोनाको भयावह सकस नेपाली जनताले व्यहोर्नपर्ने थिएनन् ।
खण्ड ४ मा
छोरा अनन्त र बुबा कान्छा दाइको वार्तालाप आमा जुनु र श्रीमती केशरीको अगाडि हुन्छ । अनन्त सङ्गठनको सबभन्दा कान्छो हो । उनले ज्येष्ठहरूको सामूहिक भावनालाई जहिले पनि आदर गर्थे† दिएको कामलाई आफ्नो कर्तव्य सम्झेर गर्थे । सङ्गठनमा काम गर्नेहरू आ–आफ्ना व्यक्तिगत र पारिवारिक कारणबाट सङ्गठनबाट बिदा हुँदै गए । केही बुद्धिजीवीहरू पेसाको कारण टाढिए । कोही सरकारी पैसा खाएकाले र कोही जाँडरक्सी, चुरोट खाई जुवाडेजस्तै बनेकाले सङ्गठनबाट टाढिए । कोही पछि एमाओवादीको लाममा मिल्न गएका थिए तर तिनीहरू मनोरोगी भई विजोग अवस्थामा बिते र विचार फेरेकाले दाजुभाइले समेत जुठो बार्न पर्दैन भनी भने । कोही सङ्गठनको नाममा किसानहरूलाई दुःख दिने र सङ्गठनको विरोधमा गाउँ–गाउँ र टोल–टोलमा हिँडे । त्यस्ता सबैलाई सङ्गठनमा हुल्न दिएन ।
अमेरिका शान्त र सपनाको देश भनेको झूट हो । त्यहाँ विभेद र पक्षपातको कारण गरिब र विभिन्न जात जातिका जनताको असन्तोष चरम चुलीमा छ । त्यो दमन गर्ने देश हो ।
खण्ड ५ मा
अनन्त, कान्छा दाइ, जुनु र केशरी चारैतिर बसेर छलफल गर्छन् । मानिसहरूको सामाजिक, आर्थिक, सांस्कृतिक आदि परिस्थिति र उद्देश्यअनुसार कोही नोकरीमा लाग्ने, कोही व्यापारमा लाग्ने, काही मामाघर, फुपूको घरमा बस्न जाने, कोही विदेश लाग्ने, कोही शिक्षक बनी टाढा जिल्लामा जाने साथीहरू हुन्छन् भने कोही परिवार र सङ्गतले पुँजीवादी दलमा पुग्ने गर्छन् । अनन्त विद्यालय तहदेखि अनेक खेलहरू खेल्थे, साहित्य गोष्ठी, सांस्कृतिक गतिविधिमा लाग्थे† साथीहरू बिरामी हुँदा हेरविचार गर्थे† पिकनिकजस्ता कार्यक्रमहरू गर्न नेतृत्व गर्थे† २–४ दिनसम्म बाहिर गई सङ्गठन गर्न जान्थे र साहित्यिक पत्रिकाहरू प्रकाशित गरी छलफल चलाउँथे ।
अनन्तका साथीहरूमध्ये कोही मरे । कोही बाटो बदली ठेकेदारी र घर–जग्गा व्यापारी बने । कोही लोकप्रिय भई निर्वाचित पदमा पुगी सेवक बने । एक जना माध्यमिक विद्यालयका प्रिन्सिपल बनी भ्रष्टाचारमा लागे र शासक दलका सदस्य बने । तर, अत्यन्त बहुमत कार्यकर्ताहरू राम्रा र इमानदार देखिएका छन् ।
राजनीति गर्नु भनेको राजकाजको काम सिक्नु र देश अनि जनताको भलो गर्नु हो । विद्यालय खोल्नु, अस्पताल खोल्नु, पुस्तकालय खोल्नु, खानेपानीको व्यवस्था गर्नु, कसैलाई दुःख दिएमा रोक्नु, सम्झाउनु, बुझाउनु आदि सेवा गर्नु हो ।
समाज, देश र परिवारको समस्या नै नारी वा आईमाईका समस्या हुन् । यी गम्भीर र ठुला समस्याको पूर्ण समाधानमा नयाँ पुस्ताले हात हाल्नेछ । नयाँ पुस्ताको लालनपालन, शिक्षा– स्वास्थ्य आमाहरूकै हातमा छ । इतिहासबाट सिकेर नयाँ पुस्ताले नयाँ समाज निर्माण गर्नेछ । नेपाली समाजमा महिलाहरू नै अगाडि आउने परिस्थिति छ । त्यस परिस्थितिले सुहाउँदो र समाजमा आमूल परिवर्तन अवश्यम्भावी हुन्छ ।
१४. ‘राजनीति–जसको निम्ति व्यापार हो’ कथामा
पत्रकार र युवकको संवादमा पशुपति क्षेत्रमा चिया पसल गर्ने युवकले मारवाडीले दिएको रु. २,००,००० बाट १०–१२ रोपनी जग्गा किने, सहरमा २–३ वटा घर बनाए, तर मारवाडीलाई विश्वासघात गरी शुद्ध दूध दैनिक एक पाथीले २ वर्षसम्म पशुपतिनाथमा चढाउनुपर्नेले प्रजातन्त्रवादी कार्यकर्ताको सल्लाहबमोजिम दूधमा पानी मिसाई पशुपतिनाथमा चढाए । उनका राम्रा भनिएका व्यापारी साथीहरूलाई जनताले कालाबजारी, तस्कर, खाद्य मिसावट गर्ने र शोषक भनी गाली गर्थे । पश्चाताप भई निद्रा नलागेकोले उनले रक्सी पिउन थाले । उनी उच्च स्तरको शास्त्र र राजनीतिशास्त्र नपढेका त्यस व्यापारी कहिले राप्रपा, कहिले काङ्ग्रेस र कहिले एमाले बन्थे । पछि प्रजातन्त्रवादी पार्टीका मध्यम स्तरका नेताहरूसम्म उनको सम्बन्ध भयो । निर्वाचनको समयमा पैसा दिएर एउटा दलको उम्मेदवारलाई अर्कै दलमा पु¥याउने काम उनले गरे† राजनीतिलाई व्यापार बनाए ।
१५. मौनतामा मरेको प्रेम कथामा
नेपाल बैङ्क गौरमा मेनेजर र अन्य कर्मचारीहरू नेवार भएकाले नेपाल बैङ्कलाई नेवार बैङ्क भनिन्थ्यो । पहाडी जिल्लाहरूमा अङ्ग्रेजी शिक्षा प्रचारमा थिएन । काठमाडौँका बाहुन, क्षेत्री, नेवारहरू जिल्ला–जिल्लाका कार्यालयमा हाकिम थिए । तराईका धनी–मानी र जमिनदार परिवारका युवाहरू भारतमा गई पढ्थे । सीमा नगरमा सम्पन्न परिवारका पुस्तालाई पढाउन भारतीय प्रधानाध्यापक र अध्यापक ल्याई विद्यालय चलाउँथे । पहाड र तराईका बाहुन–क्षेत्रीहरू बनारसका संस्कृत पाठशाला र हिन्दू विश्वविद्यालयसम्म पुग्थे । केही नेवारहरू कलकत्ता, दार्जिलिङ, विहार तथा उत्तर प्रदेशका सहरमा गई भारतकै पाठ्यक्रमबाट स्नातक र आचार्यसम्म बन्थे ।
देश – विदेशको जानकारीको लागि भारतीय दैनिक र साप्ताहिक पत्रिकाहरू नै उनीहरू स्रोत मान्थे । काठमाडौँका प्रधानाङ्ग परिवारका हाकिम शिक्षित र भारतीय एवम् नेपाली शासक राजनीतिबारे जानकार थिए । वीरगञ्जको अमात्य परिवारका खरदार देश विदेशको राजनीतिमा बढी चासो राख्थे । रवि श्रेष्ठ वैदार भए पनि उनले सबै कर्मचारीसँग राम्रो सम्बन्ध राखेका थिए । तिनीहरूका श्रीमतीहरूको बिचमा राम्रो मेल थियो । मिठो–चोखो वा कोसेली पु¥याइने गरिन्थ्यो ।
रवि श्रेष्ठका गजेन्द्र नामका छोरा थिए । खरदार अमात्यका छोरी माधुरी थिइन् । काठमाडौँबाट पठाइएको मुलाको अचार गजेन्द्रले पु¥याउन जाँदा माधुरीलाई बोलाउन लाज मानेर कोठामा छोडेर गए । माधुरीले आफ्नो परिवारबाट पठाएको मासु वैदारनीको चुलो नजिकै राखिन् र नमस्ते आमा, म जान्छु भनी गइन् तर गजेन्द्र चुपचाप हेरिरह्यो । पछि सरुवाको सिलसिलामा गजेन्द्र, माधुरी र अरु केटाकेटी टाँगाबाट बैरगनियाँ स्टेसन पुगे । तर, गजेन्द्र र माधुरीबिच कुराकानी भएन । रेलमा बिदा लिँदा पनि माधुरी गजेन्द्रसँग बोलिनन् । पछि गजेन्द्र त्रिचन्द्र कलेजमा प्राध्यापक भए । माधुरीका भाइ गङ्गाधर त्यहाँ पढ्न आए । दुवैको चिनापर्ची भयो । गजेन्द्रले माधुरीको बारेमा सोधे तर २ वर्षअगाडि नै जनकपुरका नेवार व्यापारीसँग उनको विवाह भएको थियो । गङ्गाधर छुटेपछि गजेन्द्रले पहिलेका कुराहरू सम्झे । गजेन्द्रले मनमनै गुने, “कस्तो समाज, मैले अगुवाइ गरी माधुरीलाई केही भनेको भए पुरुष अहङ्कार र पुरुष प्राधिकार भनिन्थ्यो । म मौन बस्दा वा माधुरीको अगुवाइ खोज्दा म लाछी भएँ ।”
Leave a Reply