संरा अमेरिकी चुनावमा ट्रम्पको रिपब्लिकन पार्टीको पराजय
- कार्तिक २०, २०८३
कुनै दलले बहुमतको आधारमा सरकारको नेतृत्व गर्नु स्वाभाविक हो । बहुमत प्राप्त दलले सरकारको नेतृत्व गर्ने हो । तर, बहुमत या ठुलो दलको सरकार भनी मनपरी गर्न पाइँदैन; अरु दललाई पेल्न पाइँदैन । रास्वपाले सरकारको नेतृत्व गरेपछि देशको अर्थतन्त्र मजबुत गर्न र देशलाई आत्मनिर्भर बनाउनेतर्फ केही पाइला चालेको देखिँदैन । देशको अर्थतन्त्र मजबुत नभएसम्म, देशका स्रोत र साधनलाई अधिकतम उपयोग गरेर जनताका आधारभूत आवश्यकता परिपूर्ति नभएसम्म सरकारले बहुमत जनताको पक्षमा काम गरेको मानिंदैन । ठुलो दल हुनुको पर्याय कसैलाई तर्साउनु, धम्की दिनु र पोल खोलेर थुन्ने धम्की दिनु होइन ।
सरकारको नेतृत्व परिवर्तन गर्नुको अर्थ नयाँ प्रधानमन्त्री फेर्नु होइन† बरू समाज बदल्नु हो; देशको विकास गर्नु हो; जनताको जीवनस्तर सुधार गर्नु हो । पुरानै सरकारले झैँ पुँजीपति सामन्त, शोषक अपराधीहरूकै पक्षपोषण गर्ने हो भने नयाँ र पुरानो सरकारको भेद के रह्यो ? नेपाली युवाहरू बाध्य भएर बिदेसिइरहन्छ भने नयाँ सरकारको उपलब्धि के रह्यो ? प्रजातन्त्रको ठेक्का लिएको सरकारको आलोचना गर्न पनि देशका उद्योग व्यवसायी, शिक्षक, बुद्धिजीवी र उच्चस्तरीय कर्मचारीहरू डराउँछन् । गत भदौ २३ र २४ गतेका घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबारे सरकारको भनाइ के हो ? पुस्टि भएको छैन ।
विगतका ३५ वर्षको कमजोर देखाउनु नयाँ सरकारको उपलब्धि होइन । विगतमा सरकारको नेतृत्व गर्ने पुराना दलका नेताहरूले गर्न नसकेको काम अहिलेको सरकारले के गरेको छ ? सुशासनको नारामा विधि कुल्चँदै बालेन सरकार लागेको खबर छापामा आयो । सरकारले छानेर उच्च पदमा राखेका व्यक्तिहरू स्वच्छ छविको नभएको, विदेशी शरणार्थी रहेको कुरा पनि छापामा आयो । सुनिश्चित रोजगारी, गुणस्तरीय स्वास्थ्य सेवा भाषणमा मात्र सीमित रह्यो । स्वास्थ्य बीमाअन्तर्गत पाउनुपर्ने रकम अस्पतालले नपाउँदा स्वास्थ्योपचारमा समस्या देखियो । तैपनि, सरकार या बीमा बोर्डले सो स्वास्थ्य बीमामा भएको खर्च सम्बन्धित अस्पताललाई दिन सकेको छैन । यसमा सरकार चुक्यो ।
कर उठाउने निकाय, मालपोत कार्यालयजस्ता सरकारी संस्थाहरू अकुत सम्पत्ति कमाउने थलो बनेको छ । घूसबिना काम नगर्ने थितिमा परिवर्तन भएको छैन । अनियमितता र ढिलासुस्तिमा सुधार भएको छैन । महँगी बढेको बढ्यै छ । अहिले पनि ग्यास अभाव सुल्झिएको छैन । हत्या हिंसा, उत्ताउला र उच्छृङ्खल गतिविधि बढ्दै छ । आत्महत्याका प्रयासको सङ्ख्या बढेको छ । कसैले कसैलाई टेरपुच्छर नगर्ने, बल र धम्कीको आधारमा राजनीति गर्ने काममा बल पुगेको छ ।
विकास योजनाको काम सुस्त छ । सन्तुलित विकास गर्नेतर्फ सरकारको ध्यान गएको छैन । अधकल्चो काम र कुरा फलाकेर देश विकास सम्भव छैन । अपरिपक्व विचार, अपरिपक्व निर्णयले देश बन्दैन । सिद्धान्त र विचार खोटो भएको दलको सरकारले देशलाई मार्गनिर्देश गर्न सक्दैन । निर्वाचनमा रास्वपाले हल्ला गरेर त जित्यो । तर, सरकार हल्ला गरेर चल्दैन । निर्वाचनमा हल्ला गरेर जितेका नेता, मन्त्री र सांसदहरू अहिले अनुहार देखाउन लाज पचाइरहेका छन् ।
अपरिपक्व बुद्धि र विचारकै कारण कुन मन्त्री र सांसदले कहाँ के बोल्नुपर्छ भन्ने कुराको पनि ख्याल गरेनन् । देशको नेतृत्व तहमा पुगेका जिम्मेवार नेता र मन्त्रीहरू आफ्नो दल र आफूमात्र होइन देशकै बेइज्जत हुने अभिव्यक्ति दिन पछि परेनन् । वर्तमान सरकारका नेता र मन्त्रीहरू नेपाल र नेपालीलाई भन्दा विदेश र विदेशीलाई खुसी पार्न लागेका छन् । विदेशीलाई खुसी पारेर जित्ने र सरकारको आयु बढाउने विगतको सरकारको कार्यशैलीलाई यो सरकारले निरन्तरता दिएको छ । नेपालको बदनाम गराउने काममा सरकार लागिपरेको राजनीतिक विश्लेषकहरूको मत रहेको छ । देशको अर्थतन्त्र मजबुत बनाउने, गाउँ–गाउँ र बस्ती बस्तीमा विकासको लहर पु¥याएर जनताको जीवनस्तर उठाउनेतर्फ सरकारले पाइला चालेको देखिँदैन । के भारतीय शासक र अमेरिकी शासकलाई खुसी पारेर नेपाल बन्छ ? के नेपालको अस्तित्व रहन्छ ?
विस्तारवादी भारतीय शासक र साम्राज्यवादी अमेरिकी शासकहरू नेपाललाई आत्मनिर्भर बनाउन चाहँदैनन् । नेपाललगायत अन्य देशलाई आम्दानीको स्रोत बनाउने आफ्नो मातहत या उठबसमा राख्ने विदेशी शासकहरूले नेपाल र नेपालीको भलो चाहँदैनन् । नेपाल अहिलेसम्म विकास नहुनु या नेपालको अनुहार फेर्न नसक्नुको कारण पनि नेपाल सरकारको दास मानसिकता हो । शासकहरूमा दास मानसिकता भएसम्म देशको मुहार फेर्न सकिँदैन । शासकहरू देश र जनताप्रति जिम्मेवार नभएसम्म देश परनिर्भर नै भइरहन्छ । शासकहरू गम्भीर हुनुपर्छ; दूरदर्शी हुनुपर्छ र देश र जनताको सेवा नै आफ्नो स्वार्थ सम्झेर काम गर्नुपर्छ ।
Leave a Reply