प्रधानमन्त्रीको भारत भ्रमण मजदुर र किसानको हकलाई प्राथमिकतामा राख !
- मंसिर ८, २०८३
(क्वाडले सैन्य, प्राविधिक र समुद्री सहयोगलाई गहिरो बनाउँदै जाँदा, ‘एसियाली नेटो’को चिन्ता सान्दर्भिक हुँदै गइरहेको छ । चीनको प्रतिक्रिया र आसियानको रणनीतिक स्वायत्तताले अझ ध्रुवीकृत हिन्द–प्रशान्त क्षेत्रका जोखिमहरूलाई उजागर गर्छन् ।)
क्वाड (Quad) पुनः चर्चाको केन्द्रमा आएको छ । दुई वर्षसम्म शीर्ष नेताहरूको बैठक हुन नसकेपछि, आसियान (ASEAN) कार्यक्रमकै क्रममा नोभेम्बर १७ मा मनिलामा संयुक्त राज्य अमेरिका, जापान, अष्ट्रेलिया र भारतका नेताहरू एक शिखर सम्मेलनका लागि भेला भए ।
राष्ट्रपति डोनाल्ड ट्रम्प, प्रधानमन्त्री नरेन्द्र मोदी, प्रधानमन्त्री एन्थोनी अल्बानीज र प्रधानमन्त्री ताकाची सानेइले एक संयुक्त विज्ञप्ति जारी गर्दै “बल वा दबाबको प्रयोगलगायत यथास्थिति परिवर्तन गर्न खोज्ने, अस्थिरता निम्त्याउने वा एकपक्षीय कदमहरू” को विरोध गरेका छन्; जुन चीनप्रति लक्षित एक अप्रत्यक्ष सङ्केत हो ।
उनीहरूले कृत्रिम बुद्धिमता – एआई (AI), साइबर सुरक्षा, महत्वपूर्ण खनिज, व्यापार, पूर्वाधार र सामुद्रिक सुरक्षाका क्षेत्रमा अझ गहिरो सहकार्य गर्ने घोषणा गरे ।
सबैभन्दा उल्लेखनीय कदम भनेको क्वाडको ढाँचाभित्र स्पष्ट रूपमा समेटिएको पहिलोे सैन्य अभ्यासको घोषणा हो । ‘हिन्द–प्रशान्त सामुद्रिक निगरानी सहकार्य’ अन्तर्गत सन् २०२७ मा हुने यस अभ्यासमा अमेरिकी एण्ड र जापानी P-3C लगायतका सामुद्रिक गस्ती विमानहरू सहभागी हुनेछन् ।
बेजिङले हालै गरेको प्रत्यक्ष क्षेप्यास्त्र प्रहार तथा अवरोध अभ्यास, जसमा चलायमान लक्ष्यहरू विरुद्ध HQ-9B, HQ-19, र HQ-9B, HQ-19 प्रणालीहरू सहितको एकीकृत बहुस्तरीय सुरक्षा कवच प्रदर्शन गरिएको थियो; त्यसले आफ्नै स्पष्ट सन्देश दिन्छ ।
क्वाडले हिन्द महासागरलाई पश्चिमी प्रशान्त महासागरसँग जोड्छ; यसमा मलाक्का जलडमरूदेखि दक्षिण चीन सागरसम्मका पुग्ने प्रमुख सामुद्रिक व्यापारिक मार्गहरू र रणनीतिक रूपमा महत्वपूर्ण साँघुरा जलमार्गहरू
(Chokepoints) समेटिएका छन् ।
बेजिङका लागि, जसको ऊर्जा आयात र निर्यात यी समुद्री मार्गहरूमा निर्भर छन्, यो कुनै काल्पनिक चिन्ताको विषय होइन । विशेष गरी भारतको भौगोलिक अवस्थितिले यस समूहलाई यस्तो रणनीतिक पहुँच प्रदान गर्छ, जसको बराबरी न त ‘अकस’ (AUKUS) ले गर्न सक्छ, न त पूर्वी एसियामा अमेरिकाका द्विपक्षीय गठबन्धनहरूले नै ।
सामुद्रिक निगरानी, तसर्थ, जहाजहरू ट्रयाक गर्ने भन्दा ठुलो कुरा हो; यो शक्तिको क्षेत्रीय सन्तुलनलाई आकार दिने बारेमा पनि हो ।
मनिला भेलाले हिन्द–प्रशान्त क्षेत्रको क्रमिक सैन्यीकरणमा अर्को कदम अघि बढाएको छ ।
यी चार देशहरूले ‘मालाबार ढाँचा’ (Malabar Framework) अन्तर्गत वर्षौंदेखि संयुक्त अभ्यास गर्दै आएका छन्; तर क्वाडको आफ्नै छातामुनि अभ्यासलाई औपचारिकता दिनु भनेको गुणात्मक परिवर्तन हो ।
कूटनीतिक संवादका रूपमा प्रस्तुत गरिएको विषयले अब कार्यात्मक

बङ्गालको खाडीलाई दक्षिण चीन सागर जोड्ने मलाक्काको साँघुरो जलडमरु ।
(Operational) आयाम लिँदै छ । यसरी, यो समूह समन्वयको चरणबाट अघि बढेर एक क्रियाशील सैन्य–सुरक्षा गुट बन्ने दिशातर्फ उन्मुख छ । यद्यपि यो अझै पनि सामूहिक रक्षा गठबन्धन भने बनिसकेको छैन ।
यस सन्दर्भमा, मनिलाका परिणामहरूको कम रिपोर्ट गरिएका पक्षहरू, जस्तै समुद्रमुनि केबल लचकतादेखि विश्वसनीय एआई तैनाथीसम्म, प्रविधि र पूर्वाधारलाई अब सुरक्षा क्षेत्रको रूपमा कसरी व्यवहार गरिन्छ भनेर देखाउँछन् । एसियाली नेटोसम्बन्धी चिन्ताहरू वर्षौंदेखि चर्चामा रहँदै आएका छन् र वास्तवमा, यो तुलना अहिले अझ सान्दर्भिक बन्दै गएको देखिन्छ ।
क्वाडको अवधारणाले चीनलाई सधैँ चिन्तित बनायो, जसले यसलाई सम्भावित एसियाली नेटोको रूपमा बुझ्छ† जबकि इन्डोनेसियाजस्ता यस क्षेत्रका देशहरूले स्वतन्त्र परराष्ट्र नीति अपनाउँदै निरन्तर द्विविधापूर्ण अडान कायम राख्छन् ।
सन् २०२० मा, BECA
(आधारभूत आदानप्रदान तथा सहयोग सम्झोैता) जस्ता अमेरिका–भारत सम्झौताहरू र मालाबार अभ्यासको विस्तारले वास्तविक बहुध्रुवीयताको सट्टा नयाँ द्विध्रुवीयताको डरलाई बढावा दियो । सन् २०२२ सम्ममा, चीनको वरिपरि सुरक्षा सञ्जालहरू विस्तार गर्ने क्रम भइसकेको थियो ।
हालै, अक्टोबर २०२५ मा, कसै–कसैले ‘अमेरिका फस्र्ट’ प्राथमिकताहरूका कारण क्वाड “मरणासन्न” अवस्थामा पुगेको अनुमान लगाएका थिए । तैपनि, गठबन्धनहरू, अकस र प्रविधि हस्तान्तरणका माध्यमबाट बेजिङलाई “प्रतिवाद” गर्ने प्रयास भने यथावत रह्यो ।
सुरक्षासम्बन्धी यो दुविधा परिचित नै छ – वांिसङ्टनले आफ्नो हिन्द–प्रशान्त रणनीतिलाई स्थिरता कायम राख्ने र एकपक्षीय परिवर्तनहरूलाई रोक्ने माध्यमका रूपमा प्रस्तुत गर्दछ । तैपनि, सैन्य अन्तरक्रियाशीलता, गुप्तचर सुचनाको आदानप्रदान, निगरानी तथा
आपूर्ति–शृङ्खला समन्वयको विस्तारले अनिवार्य रूपमा चारैतिरबाट घेराबन्दी गरिएको छ भन्ने धारणालाई बल पु¥याउँछ ।
चीनको क्षेप्यास्त्र–सुरक्षा अभ्यासले अवरोधक क्षमता सुढृढ पार्ने र महत्वपूर्ण सम्पत्तिहरूको रक्षा गर्ने उसको दृढ सङ्कल्पलाई दर्शाउँछ । यसलाई मनिलाप्रतिको प्रत्यक्ष प्रतिक्रियाका रूपमा बुझ्नु पर्छ भन्ने छैन, तर यो तीव्र हुँदै गइरहेको प्रतिस्पर्धाकै एउटा हिस्सा हो । तसर्थ, टकरावको परिदृश्य, टाढा भए पनि, अब अझ नजिक आएको छ ।
यद्यपि, एसियाली नेटोको पूर्ण स्वरूप खडा गर्ने कुरामा भारत एक सम्भावित सीमाका रूपमा कायमै छ । नयाँ दिल्ली कुनै कनिष्ठ साझेदार होइन† यसको रणनीतिक स्वायत्तता, असंलग्नताको परम्परा र व्यापक आर्थिक हितहरूले यसलाई जापान र अष्ट्रेलियाभन्दा फरक बनाउँछ । क्वाडमा सहभागिताको अर्थ चीनविरोधी गुटप्रति निःशर्त प्रतिबद्धता जनाउनु भने होइन ।
इन्स्टिच्युट अफ साउथ एसियन स्टडीज (NUS) का विद्वान सी. राजा मोहनले अमेरिका–भारत सम्बन्धमा रहेका विरोधाभासहरू औंल्याएका छन्† जसमा व्यापारिक मतभेद र वासिङ्टनको अप्रत्याशित दृष्टिकोण समावेश छन् । एक हिसाबले भन्नुपर्दा, यस समूहको स्थायित्व यस कुरामा निर्भर हुनेछ कि अमेरिकी प्राथमिकताहरूले स्वतन्त्र साझेदारहरूलाई कति हदसम्म समेट्न सक्छन् ।
आसियानको केन्द्रीयता उत्तिकै महत्वपूर्ण छ । मनिलाको वक्तव्यले यसलाई पुनः पुष्टि गर्छ, तर प्रश्न यो रहन्छ कि लघुपक्षीय व्यवस्था (क्वाड) आसियानको पूरक हो वा “यसको वरिपरि काम गर्छ” । दक्षिणपूर्वी एसियाली देशहरूको समुद्रिक सुरक्षा र जलयात्राको स्वतन्त्रतामा वास्तविक हित जोडिएको छ† तर उनीहरूसँग टकारावपूर्ण गुटबन्दीको प्रणालीमा तानिनबाट जोगिनुपर्ने बलिया कारणहरू पनि छन् ।
फ्रान्सका आफ्नै हिन्द–प्रशान्त आकांक्षाहरू, जुन आन्तरिक संकटहरू र कहिलेकाहीँ रणनीतिक स्वायत्तताप्रति देखिने झुकावका कारण जटिल बनेका छन्† यसले अमेरिकाको नेतृत्वमा रहेका कठोर ढाँचाहरूप्रति एक प्रकारको सावधानी दर्शाउँछ ।
क्वाडको सुरक्षासम्बन्धी विकासक्रम स्पष्ट छ, र यो सम्भावित रूपमा समस्यापूर्ण पनि हुन सक्छ । यसको सहकार्य बढ्दो रूपमा रणनीतिक टकरावको वरिपरि सङ्गठित छ । हिन्द प्रशान्त क्षेत्र समूह राजनीतिको अर्को रङ्गमञ्च बन्नु हुँदैन – साना देशहरूलाई “पक्ष छनौट गर्न” दबाब दिँदै र समुद्री सुरक्षालाई नियन्त्रणको साधनमा परिणत गर्दै छ ।
प्रश्न यो हो कि क्वाडका सदस्यहरू यसको सैन्य आयामलाई कति अगाडि बढाउन चाहन्छन्† र यसको मूल्य व्यापक क्षेत्रले कति चुकाउनुपर्ने हुन्छ । सङ्क्षेपमा भन्नुपर्दा क्वाडले आत्म–पूर्ति गर्ने भविष्यवाणी बन्ने जोखिम उठाउँछ । टकराव रोक्न डिजाइन गरिएको एकता, यसको आफ्नै विस्तारमार्फत, टकरावलाई झन् नजिक ल्याउन सक्छ ।
स्रोत : ग्लोबलरिसर्च
Leave a Reply