भर्खरै :

नेमकिपा मध्यपुर नगर समितिको नगर भेला तथा प्रशिक्षण

नेमकिपा मध्यपुर नगर समितिको नगर भेला तथा प्रशिक्षण

मध्यपुर थिमि, ९ मङ्सिर । नेपाल मजदुर किसान पार्टी मध्यपुर नगर समितिको आयोजनामा बुधबार मध्यपुर थिमि – ६ मा नगर भेला तथा प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले चीन भ्रमणको आफ्नो अनुभव सुनाउनुभयो । उहाँले चिनियाँ कम्युनिस्ट पार्टीले गर्दै आएको सङ्घर्षबारे जानकारी दिनुभयो ।
कार्यक्रममा प्रकाश श्रेष्ठले नेपालको इतिहास र राजनीतिक विकासक्रमबारे प्रशिक्षण दिनुभयो । उहाँले नेपालको राजनीतिक यात्राका मुख्य चरणहरू केलाउँदै वर्तमान सन्दर्भसँग जोडेर विषयवस्तु प्रस्तुत गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता पार्टीको मध्यपुर नगर समिति अध्यक्ष रमेश वैद्यले गर्नुभएको थियो । समितिका उपाध्यक्ष वीरकृष्ण प्रजापतिले स्वागत मन्तव्य राख्नुभयो । भेलामा पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *