चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री
- मंसिर ९, २०८३
संयुक्त राष्ट्रसङ्घ, २५ नोभेम्बर (सिन्ह्वा) । गाजाको जबालिया क्षेत्रमा रहेको पानीको इनारनजिक इजरायलले गरेको हवाई आक्रमणमा संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य निकाय (यूएनआरडब्ल्यूए) का एक कर्मचारीको मृत्यु भएपछि सन् २०२३ अक्टोबरयता गाजामा मारिने मानवीय सहायताकर्मीको सङ्ख्या ६ सय पुगेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार जबालियास्थित पानीको इनारनजिक भएको इजरायली आक्रमणमा यूएनआरडब्ल्यूएका एक कर्मचारीको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
ओसीएचएले उनीहरू समुदायलाई अत्यावश्यक सेवा प्रदान गर्न नियमित कामको क्रममा इनारमा खटिएको जनाएको छ ।
कार्यालयले भनेको छ, “सोमबार भएको घटनासँगै सन् २०२३ अक्टोबरयता यूएनआरडब्ल्यूएका ३९७ जना कर्मचारी मारिएका छन् । यस अवधिमा समग्र गाजामा ६ सय जना मानवीय सहायताकर्मीले ज्यान गुमाएका छन् ।”
ओसीएचएले मानवीय सहायताकर्मीसहित सबै सर्वसाधारण, मानवीय सहायता केन्द्र तथा नागरिक पूर्वाधारको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा पुनः जोड दिएको छ । यस्ता संरचना तथा व्यक्तिलाई सैन्य प्रयोजनमा प्रयोग गर्न वा आक्रमणको निशाना बनाउन नहुने कार्यालयको भनाइ छ ।
त्यस्तै, मानवीय सहायताकर्मीलाई सुरक्षित रूपमा जीवनरक्षक कार्य गर्न सक्ने वातावरण उपलब्ध गराउनुपर्ने पनि कार्यालयले जनाएको छ ।
“कठिन परिस्थितिका बाबजुद संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरूले सम्भव भएका स्थान र समयमा आवश्यकताअनुसार मानवीय सहायता कार्य जारी राखेका छन्,” ओसीएचएले थपेको छ ।
Leave a Reply