किम जोङ उनद्वारा निर्माणाधीन फिक्स्चर कारखाना र शैक्षिक उपकरण कारखाना विद्यालयको निरीक्षण
- मंसिर ७, २०८३
अन्ताल्या, ७ मङ्सिर (एपी) । जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा सहमति जुट्न नसक्दा टर्कीमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) साझा निष्कर्षविहीन बनेको छ । सम्मेलनको अन्तिम दस्तावेजमा कोइला, तेल र ग्यासजस्ता जीवाश्म इन्धनको उल्लेख गर्ने कि नगर्ने भन्ने विवादले वार्ता टुङ्गोमा पुग्न सकेन ।
वार्षिक जलवायु सम्मेलनले जलवायु परिवर्तनविरुद्ध मुलुकहरूले चाल्नुपर्ने कदम समेटिएको ‘कभर डिसिजन’ नामक साझा दस्तावेज जारी गर्ने प्रयास गरेको थियो । तर, टर्कीले प्रस्तुत गरेको मस्यौदामा जीवाश्म इन्धनसम्बन्धी स्पष्ट प्रतिबद्धता नसमेटिएपछि धेरै देशले त्यसप्रति असन्तुष्टि जनाए ।
आयरल्यान्डका जलवायु, ऊर्जा तथा वातावरणमन्त्री डाराग ओ’ ब्रायनले युरोपेली सङ्घ (इयु) का २७ सदस्य राष्ट्रका तर्फबाट बोल्दै प्रस्तावित दस्तावेजले जलवायु परिवर्तन सामना गर्न आवश्यक कार्य र महत्वाकांक्षा समेट्न नसकेको बताउनुभयो । जीवाश्म इन्धनको उल्लेखबिनाको जलवायुसम्बन्धी निर्णय स्वीकार गर्न नसकिने उहाँको भनाइ थियो ।
पानामाकी प्रमुख जलवायु वार्ताकार एना एगुइलारले विज्ञान र वास्तविकताले माग गरेको कदम चाल्नुको सट्टा पुराना प्रतिबद्धता दोहो¥याउने काम भएको टिप्पणी गर्नुभयो । कार्बन कब्जा तथा भण्डारण प्रविधिमा अत्यधिक निर्भर रहेको र यसअघि भएका सहमतिका भाषासमेत कमजोर बनाइएको उहाँको भनाइ थियो । उहाँले यसलाई जलवायु न्यायको विषयसमेत बताउनुभयो ।
मार्सल टापुकी जलवायु दूत तथा प्रमुख वार्ताकार क्याथी जेतनिल–किजिनरले विश्वले उत्सर्जन घटाउन, जनताको सुरक्षा गर्न र जलवायु वित्त उपलब्ध गराउन तत्काल कदम चाल्ने अपेक्षा गरेको बताउनुभयो । जीवाश्म इन्धनको विस्तारलाई प्रोत्साहन गर्ने र गलत समाधान प्रस्तुत गर्ने प्रस्ताव स्वीकार गर्न नसकिने उहाँको भनाइ थियो ।
संयुक्त अधिराज्यका प्रमुख जलवायु वार्ताकार केट ह्युजेसले प्रस्तावित दस्तावेजले जलवायु विज्ञान र कार्यान्वयनको गतिलाई पछाडि धकेल्ने बताउनुभयो । जलवायु कार्यमा सामूहिक महत्वाकाङ्क्षा बढाउनुपर्ने बेला प्रस्तावले त्यसलाई कमजोर बनाएको उहाँको टिप्पणी थियो ।
तर, पलाउका वातावरणमन्त्री स्टिभन भिक्टरले प्रस्तावित दस्तावेजमा केही कमजोरी भए पनि स्वच्छ विद्युतीकरण, समुद्री संरक्षण र जलवायु वित्तजस्ता सकारात्मक विषय समेटिएकाले त्यसलाई समर्थन गरेको बताउनुभयो । कार्बन कब्जासम्बन्धी प्रावधानमा असहमति भए पनि अन्य विषयलाई बेवास्ता गर्न नहुने उहाँको भनाइ थियो । साझा कभर डिसिजन पारित नभए पनि अन्य कार्ययोजना स्वीकृत भएकाले सम्मेलनलाई पूर्ण असफलता भन्न नमिल्ने उहाँले उल्लेख गर्नुभयो ।
कोप–३१ वार्ताका अध्यक्ष तथा अस्ट्रेलियाका जलवायु तथा ऊर्जा मन्त्री क्रिस बोवेनले साझा दस्तावेजमा सहमति हुन नसकेकोप्रति निराशा व्यक्त गर्नुभयो । केही मुलुकका जीवाश्म इन्धनसम्बन्धी अडान निकै कडा रहेकाले सहमति जुटाउन कठिन भएको उहाँले बताउनुभयो । यद्यपि, वास्तविक विश्वमा जीवाश्म इन्धनबाट स्वच्छ ऊर्जातर्फको परिवर्तन अपरिहार्य रहेको र त्यो प्रक्रिया अघि बढिरहेको उहाँको भनाइ थियो ।
Leave a Reply