भर्खरै :

के काम ?

के काम ?

भोटेकोसी बाढीले पीडित जनता
तीन महिना बितिसक्दा पनि
गाँसबास राहतको बन्दोबस्त नभएपछि
आज पनि विचलित छन् ।
खर्बौँको धन सम्पत्तिको नाश
सहर बस्ती सबै उजाड
ते¥ह सय अन्ठाउन्नको गयो ज्यान
चउन्नसय अठाइस जना बेपत्ता
नयाँ सरकार भने कता कता ।
बाँचेका बालबच्चा, वृद्धवृद्धा
अशक्त घाइते, महिलाहरू
बाँचेर पनि मरिरहेका छन्
मुटुमाथि ढुङ्गा राखी ।
बासको अभावले
कोही कता कोही कता
होल्डिङ सेन्टरमा
शरण लिएर बसेकाहरू
आफ्नो थातथलो छाडेर गएकाहरू
झन् जिउनै गा¥हो ।
देशी विदेशी दाताहरू
स्वयम्सेवी सङ्घ संस्थाहरू

देशभक्त नेपालीहरूले
इमानका साथ आफ्नो छाक कटाएर
दिएको २० औँ अर्ब सहयोग
थन्क्याएर राख्न होइन ।
पीडितहरूको पीडामा
मल्हम लगाउन
भोकालाई खुवाउन, नाङ्गालाई लगाउन
बासविहीनहरूलाई बास दिन
दिएको हो सहयोग ।
कानमा तेल, आँखामा कालो चस्मा
विवेकहीन भएर बस्ने
यो सरकारको के काम ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *