भर्खरै :

आवाज, समय, मौनता र इतिहास

आवाज, समय, मौनता र इतिहास

कोही बोलेर चर्चामा छ
कोही नबोलेरै चर्चामा छ
बोल्ने र नबोल्नेबिच
केही त अवश्य छ,
रहस्यमय,
गम्भीर,
र खास छ ।

भनिन्छ यहाँ,
‘बोल्नेको पिठो बिक्छ,
नबोल्नेको चामल पनि बिक्दैन ।’

बजारमा,
समयले जब कोल्टे फे¥यो,
दृश्य पनि बदलियो,
नबोल्नेको पिठो बिकेको देखेँ,
बोल्नेको चामल बजारमै थन्किएको देखेँ ।
बिकाउको मूल्यमा भारी गिरावट ¤
शब्द धेरै भएर पनि अर्थ हराएको देखेँ,
मौन भएर पनि आवाज बनेको देखेँ ।

कहिलेकाहीँ धेरै बोल्नेहरू
आफ्नै शब्दको जालमा पर्छन्,
र, चुप लाग्नेहरू समयको अदालतमा
निर्भीक आफैँ बोल्छन् ।

त्यसैले
बोल्नुभन्दा नबोल्नु जाती,
जब शब्दहरू
सत्त्न्दा सत्ताका दास बन्छन् ।
कहिलेकाहीँ नबोल्नु
हार होइन,
सही समयको प्रतीक्षा हो ।

किनकि
समय खराब छ,
समत्न्दा पनि यहाँ
मान्छेको नियत खराब छ ।
आज मौनता कमजोरी होइन,
सायद विवेकपूर्ण विमर्श हो ।

शब्दले क्षण जित्न सक्छ,
पर्ख र हेर,
‘एक पाइला अगाडि, एक पाइला पछाडि’
ज्ञानमय चिन्तनको अभ्यन्तरतासितको
मौनताले पनि इतिहास रच्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *