हार
- मंसिर १२, २०८३
ए शासकहरू,
तिमीहरूले पैतीस वर्ष
जनताको निःस्वार्थ सेवा किन गरेनौ ?
देश तोडफोड र आगजनी हुँदा
सुरक्षा किन गरेनौ ?
राज्य कसको कब्जामा पुग्यो ?
थाहा कसरी भएन ?
ए शासकहरू,
विद्यार्थीलाई कापी, कलम बाँडेर
पुस्तक र झोलासहित
आन्दोलनमा बोलाउने
युथ काउन्सिल के हो ?
करोडौँ डलर खाने को को हुन् ?
बाइकमा आएका टीओबी को हुन् ?
यी सबै कसरी थाहा भएन ?
ए शासकहरू,
ओलीको ठाउँमा बालेन
के ७६ जना सहिदको सपना हो ?
प्रधानमन्त्री र मन्त्री हुन
के देश जलाउनु जरुरी छ ?
के नदीनाला भारतलाई दिनु पर्दछ ?
के नेपालीलाई खर्बौँ ऋण बोकाउनु पर्दछ ?
(२०८३ मङ्सिर ११ गते)
Leave a Reply