बुबाको अन्तिम इच्छा
- मंसिर १२, २०८३
देशको नाममा जनता कजाइ
रजाइँ गर्ने नेताहरू
कसरी भ्रममा पार्दै
आफ्नै भुँडी भर्छन् ।१।
तैपनि लाजै पचाइ भन्छन्
गर्छौँ गरेकै छौँ
समय त कुर्नै प¥यो नि
भन्दैमा कहाँ हुन्छ ! ।२।
तर भन्नै पर्दा फेरि
मनै यो मान्दैन
कति आए कति गए
तर कानै चिरेका ।३।
अफशोच बन्नुपर्ने त्यो
दाइँको मियोजस्तो
कुनै सरकारै बनेनन्
जनता कल्पाई कल्पाई ।४।
यस्तोमा नाटकै नाटक भयो
धाक धक्कु लगाई
माछा माछा भन्दा भन्दै
भ्यागुतो मात्रै भयो ।५।
त्यसैले भन्नै पर्छ
जनता रिझाउने नै आएन
अनि देश कसरी बन्नु ¤
राम्रो नाच्नै नजान्दा ।६।
तैपनि हेर्नोस् यस्तो यस्तैमा
सही बसेका छन्
नेपालका प्यारा नेपाली जनता
ननिको रोगै पाली ।७।
Leave a Reply