भर्खरै :

देशभक्त नेपालीहरू सचेत हुनु जरुरी

देशभक्त नेपालीहरू सचेत हुनु जरुरी

यही नोभम्बर ३ मा भएको निर्वाचनबाट अमेरिकी प्रतिनिधिसभा र राष्ट्रियसभाजस्तो सिनेटमा ट्रम्पको रिपब्लिकन पार्टी अल्पमतमा प¥यो । त्यसयता ट्रम्प रुस र चीनका नेतासँग वार्ता गर्न चीन पुगे । चीनबाट फिर्तापछि ट्रम्पले चीन, बङ्गलादेश, कम्बोडिया, भारत, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, सिङ्गापुर, स्वीट्जरल्यान्ड, थाइवान, थाइल्यान्ड, भियतनाम र युरोपेली सङ्घका देशहरूलाई भन्सार शुल्क बढाए । युरोपेली सङ्घका २७ देश फ्रान्स, जर्मनी, इटाली, स्पेन, बेल्जियम, अस्ट्रिया, बुल्गेरिया, क्रोयशिया, साइप्रस, चेचन्या, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, ग्रीस, हङ्गेरी, आयरलैन्ड, लाट्भिया, लिथुआनिया, लक्जेम्बर्ग, माल्टा, नेदरल्यान्ड, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया र स्वीडेन त्यस सूचीमा छन् ।
ट्रम्पले चीन र भियतनामलाई २० प्रतिशत, कम्बोडिया र इन्डोनेशियालाई १८ प्रतिशत, भारतलाई १७ प्रतिशत, युरोपेली सङ्घ, दक्षिण कोरिया, थाइवानलाई १५ प्रतिशत भन्सार शुल्क लगाए । ब्राजिलबाट हवाईजहाजमा आउने वस्तुमा उनले अतिरिक्त भन्सार शुल्क पनि लगाए । संरा अमेरिकी साम्राज्यवादले आफ्नो ‘निर्देशन’ मा नबस्ने देशहरूलाई बढी कर लगायो । आफ्नो निर्देशनमा बस्नेहरूलाई समेत फुत्किन नदिन दबाबका रूपमा उनले भन्सार शुल्क बढाए ।
ट्रम्पले लगाएका अघिल्लो भन्सार महसुललाई संरा अमेरिकाको सर्वोच्च अदालतले खारेज गरेको थियो । तत्पश्चात् उनले अमेरिकी व्यापार कानुनको दफा ३०१ मा टेकेर १० प्रतिशत भन्सार शुल्क लगाएका थिए । ट्रम्पले आठ महिना लामो अध्ययनपछि यसपटक भन्सार शुल्क घोषणा गरेको दाबी गरे । चीनसँग वार्ता असफल भए भन्सार शुल्क ४० प्रतिशत पुग्ने ट्रम्पको ‘धम्की’ पनि बाहिरियो । युरोपेली युनियनलाई पनि ट्रम्पले सम्झौता कार्यान्वयन नभए २० प्रतिशत भन्सार शुल्क पु¥याउने धम्की दिए । भियतनामलाई ३५ प्रतिशत, भारतलाई २५ प्रतिशत, जापान, दक्षिण कोरिया, स्वीट्जरल्यान्डलाई २० प्रतिशत पु¥याउने ट्रम्पले ‘चेतावनी’ दिँदै छन् ।
ट्रम्पले चीन र युरोपेली सङ्घले आफ्ना उद्योगहरूलाई अत्यधिक अनुदान दिएर विश्व बजारमा कृत्रिम रूपमा सस्तो बनाएको आरोप लगाए । त्यसो त ट्रम्पले पनि आफ्ना देशका कम्पनीलाई अनुदान दिएर सस्तो रूपमा सामान उत्पादन गरे । अमेरिकी जनताको हित हुने हो । अमेरिकी जनताले सस्तोमा सामान उत्पादन गर्न आर्थिक अनुदान नदिने ट्रम्पजस्तो व्यक्तिलाई राष्ट्रपति पदमा किन पु¥याए ? चीनले यसप्रकारको भन्सार शुल्क बढाएर व्यापार युद्ध थोप्ने काम कसैको हितमा नहुने प्रतिक्रिया दिँदै आएको छ । ब्राजिलले पनि ट्रम्पको यो कदमलाई अस्वीकार ग¥यो ।
ट्रम्प यसपटक पनि भन्सार शुल्क सन् १९७४ को अमेरिकी व्यापार कानुनको दफा ३०१ मा टेकेर लगाएको दाबी गर्दै छन् । यो कानुनमा अमेरिकीसँग ‘अनुचित व्यवहार’ गर्ने देशमाथि दण्ड दिने बन्दोबस्त भएकोलाई आधार लिएको सार्वजनिक गरियो । तर, अमेरिकी भन्सार शुल्क लागेका देशहरूले सस्तो सामान उत्पादन गरेर अमेरिकीलगायत संसारकै जनताको हितमा काम गरेको सकारात्मक नै हो । यसलाई ट्रम्पले ‘अनुचित व्यवहार’ ठान्नु गलत हो ।
अमेरिकी साम्राज्यवादले आफ्नो ‘निर्देशन’ मा नबस्ने देशविरुद्ध आर्थिक नाकाबन्दी, युद्धको धम्की दिने र आक्रमणसमेत गरी आएको लामो भयो । अमेरिकी साम्राज्यवादले इराक, लिबिया, प्यालेस्टिनमा आक्रमण गरी त्यहाँका तेलकुवा कब्जा ग¥यो भने इरानमा पनि बमबारी गर्दै छ । युक्रेनमा कलाकार जेलेन्स्कीलाई राष्ट्रपति बनाएर रुसविरुद्ध ‘छद्म युद्ध’ गराइएको अमेरिकी साम्राज्यवादले नेपालमा पनि भारतीय विस्तारवाद र एकाधिकार पुँजीसँग मिलेर गत वर्ष भदौ २३ र २४ गते केही नेपाली युवालाई आन्दोलन आह्वान गर्न लगाई तोडफोड र आगजनी गरायो । यो उपद्रव गराउन संरा अमेरिकी साम्राज्यवादले विद्यालयहरूमा युवा काउन्सिल बनाएर कापी, कलम, झोला वितरण गरेको, आफ्नो केन्द्रीय गुप्तचर संस्था सीआईएमार्फत ३ अर्ब रूपैयाँ बढी पैसा पठाएर हालका कतिपय सांसदहरूलाई सहयोग गरेको अमेरिकी सञ्चार माध्यम ‘दि ग्रेजोन’ मा सार्वजनिक भइसकेको छ । गत वर्ष भदौ २३ र २४ गतेको उपद्रवमा लागेका कतिपय नेपाली युवाहरूलाई अहिले सरकारमा पुगेकाहरूले नै २२–२३ करोड रूपैयाँ खर्च गरेको र सामाजिक सञ्जालमार्फत युवाहरूलाई भड्काएको बाहिरिँदै छ । यसकारण, देशभक्त नेपाली जनता सचेत हुनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *