भर्खरै :

ख्वप साकोसद्वारा ब्यासी टोलमा सरसफाइ कार्यक्रम

ख्वप साकोसद्वारा ब्यासी टोलमा सरसफाइ कार्यक्रम

भक्तपुर, १२ मङ्सिर । ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को यही पुस ४ गते हुने संस्थाको १९ औँ वार्षिक साधारणसभाको प्रचारार्थ शनिबार ब्यासी टोलमा सरसफाइ कार्यक्रम भयो ।
कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमितिका सदस्यहरू तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजकुमार लघुले सरसफाइ सभ्यताको चिनारी भएको बताउँदै शेयर सदस्यहरूलाई आगामी साधारणसभाबारे जानकारी गराउने तथा सामाजिक उत्तरदायित्वअन्तर्गत टोलको सरसफाइमा योगदान पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
संस्थाका कोषाध्यक्ष लक्ष्मीनारायण सुवालले सरसफाइ कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै आफ्नो घरआँगन तथा वरपरको वातावरण सफा राख्नु सबैको दायित्व र कर्तव्य भएको बताउनुभयो ।
ब्यासी टोलका दुईवटा पोखरी तथा एउटा ढुङ्गेधाराको सरसफाइ गरिएको थियो । साथै, जालाचा, सानो ब्यासी, भिन्तुना सहकारी क्षेत्र, ठुलो ब्यासी पोखरी, सानो ब्यासी पोखरी, ब्यासी टोलमा रहेको ढुङ्गेधारा तथा सुलुमला क्षेत्रमा चुन छर्ने र सरसफाइ गर्ने कार्य गरिएको थियो ।
संस्थाले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै समुदायको सरसफाइ, वातावरण संरक्षण तथा सदस्यहरूबिच सहकारीप्रतिको अपनत्व अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *