फ्रेडरिक एङ्गेल्स : जीवन र व्यक्तित्व
- मंसिर १२, २०८३
उदाहरणीय विरङ्गना जोया कोस्मोदिम्यान्सकायाको जन्म १३ सेप्टेम्वर १९२३ फासिष्ट जर्मन सेनाद्वारा हत्या २९ नोभेम्बर १९४१ औँ यो मायालु आमाको गीत जोयाको बारेमा । ती किसोरी एउटा किम्वदती बनिन्, उनी मृत्युशैयामा चढिन् । अनि पुनः सधैँको लागि अमर बनेर जन्मिन, मात्रृभूमि उनको साहसले उत्साहित छ । यो विशाल राष्ट्र उनको साहसले उत्साहित छ । यो विशाल राष्ट्र उनको अभियानले प्रशिक्षित छ । ती किशोरी सेतो पैयुँजस्तै सुन्दर भएकी छिन रुसी हृदयजस्तै स्पष्टवादी ।
–दिभित्री शोस्ताकोभिच सन् दिदी भाई जोया र शुरा सानै छँदा मातापिताको मास्कोमा बसाई सराई भएको थियो । मास्कोमा पिता तिमि¥याजिभ स्कुलमा कार्यरत भए भने आमाले भने एउटा प्रारम्भिक स्कुलमा काम पाएकी थिइन् । सानै उमेरमा जोया निक्कै नै कर्तव्यपरायण एवम् अध्ययनप्रति सचेत थिइन् । जोयाको मातापिताले सोभियत जीवन र सर्वहारा संस्कृतिप्रति गहिरो चासो जगाई दिएका थिए । जोयाको अध्ययन र कामका कारण उनका साथीहरू प्रभावित थिए । उनको पिताको अचानक सन् १९३३ मा मृत्यु भएपछि जोया लेथ्नो परुञ्जेल घरायसी समस्या हल गर्न बाध्य भइन् भने आमाले पनि अनेकौँ किसिमको कामहरू गर्नुपर्ने अवस्था आइप¥यो । जोया ११ वर्षको उमेरमा नै बाल पायोनियरमार्फत सोभियत युवा आन्दोलनमा प्रवेश गरेकी थिइन् । र, उनले १५ वर्षको उमेरमा योङ्ग कम्युनिस्ट लीगको स्नातक गरेकी थिइन् । उनी सोभियत युवा आन्दोलनप्रति दृढ थिइन् भने योङ्ग कम्युनिस्ट लीगले अघि सारेको सादा जीवन बाँचौँ भन्ने निर्देशनमा अडिक थिइन् । यसका अतिरिक्त धुम्रपान मध्यपान र धार्मिक भ्रष्टचारको विरोधमा थिइन् । जोयाको राजनैतिक कामप्रतिको उत्सुकता असाधारण खालको देखेर उनका साथीहरू उनलाई रोल मोडल ठान्थे । सन १९४१ को जुन २२ का दिन जर्मन सेनाले सोभियत भूमिमा आक्रमण गर्दा जोया मात्र १७ वर्षकी थिइन् । यो हमलाको खबर रेडियोबाट आमा छोरी दुबैले एकै चोटी सुनेका थिए । अरु सोभियत नागरिक जस्तै उनी यस विषयमा गहिरोसित गाँसिएकी थिइन् र फासिष्टहरूको आक्रमण विरुद्धमा देशको लागि आफूले पनि देन गर्नुपर्ने कुरामा उनी विश्वस्त थिइन् । राजनैतिक गतिविधिमा निरन्तरता दिँदै मास्कोमा नाजी सैनिकहरूले आक्रमण गरेपछि उनी फायरब्रिगेडमा भर्ना भएकी थिइन् । उनी स्वइच्छाले ‘श्रम मोर्चामा सामेल भएकी थिइन् । श्रम मोर्चामा सोभियत नागरिक र सेनाको लागि खाद्यान्न्न उत्पादनको लागि राज्यको सामूहिक कृषि कार्यमा काम गरिन् । जसै आन्दोलनले अझ भयावह रूप लिनथाल्यो । जोयाका साथीहरू र परिवारहरू लडाईको मोर्चाको लागि बिदा भइरहेका थिए । उनलाई पनि युद्धमा आफूले महत्वपूर्ण देन दिनुपर्ने कुराप्रति उनी सोच्थिन् । उनले सोभियत भूमिको रक्षार्थ काँधमा काँध मिलाएर भाग लिने निश्चय गरिन् । “कामरेडहरू ¤ तपाइँहरू किन भुइँतिर घोप्टीरहेको ? बहादुर हुनुहोस् । लड्नुस् खत्तम गर्नुस्, फासिष्टलाई आगो लगाउनुस् । म मर्न डराईरहेको छैन, कमरेडहरू, जनताको लागि बलिदानी गर्नु महान् कुरा हो । अलविदा कामरेडहरू, नडराउनुस् लड्नुस् ।” उनलाई कब्जा गर्ने फासिष्टलाई चेतावनी दिँंदै भनेकी थिइन् । “हामी २० करोड छौँ । तैँले हामी सबैलाई झुण्ड्याउन सक्दैनस् ।” जोयालाई घाइते रेड आर्मीको टुकडी हेरिबिचार गर्ने कामको लागि सोभियत युवा आन्दोलनले उनलाई अध्ययन गर्न पठाएको थियो । तर, उनी यो सङ्कटको घडीमा देशलाई आइपरेको विपत्तिको अवस्थामा देशको सिमानामा युद्ध भड्किरहेको अवस्थामा अध्ययन गरेर बस्न उचित ठानिनन् । र, वाईसिएलको जिल्ला समितिमा युद्ध मोर्चामा जान दिइयोस् भनी दिएको निवेदनलाई स्वीकृत गरी शत्रुहरूको मोर्चासित लड्ने छापामार सञ्चालन गर्ने समूहसित कामको जिम्मा दियो । मास्को वाईसियल कमिटिका सेक्रेटरीले । उनले यो अभियानलाई आफ्नो परिवार बाहेकलाई गोप्य गरेकी थिइन् ।’
जोयाको पार्टीमा लडाईंको मिसन कस्तो हुने ? कस्तो काम गर्ने भन्ने विषयमा आमालाई पनि गोप्य राखेकी थिइन् । अतः आमा ल्युनोभ छोरी जोयाको सुरक्षाको विषयमा सा¥है चिन्तित थिइन् । तर उनी विवेकशील एवं दृढ इच्छासहितकी साहसी युवती थिइन् । सन १९४१ को नोभेम्वर मध्यबाट जर्मन आर्मीहरू सोभियत भूमिको भित्रैसम्म घुसिसकेका थिए भने सन् १९४१ को १६ नोभेम्बरमा राजधानी मास्कोतिर आक्रमणलाई बढायो । १९७ औँ डिभिजनको ३३२ बटालियनको रेजिमेन्ट पेत्रिश्चेभो गाउँमा स्थापना गरेका थिए । यसले फासिष्ट जर्मन आक्रमणकारीविरुद्ध देशभक्त समूहका खातिर फोनको लाइनहरू काटिदिने, पुलहरू भत्काई दिने र यातायात एवं रसिद पानीको आपूर्तिलाई अवरोध खडा गरिदिन्थ्यो । त्यसैगरी रेड आर्मीलाई विविध अनुसन्धान गर्ने काममा सहयोग पु¥याएको थियो । सन् १९४१ को डिसेम्बर महिनाको रातमा जोया आफ्नो समूहको सानो टुकडीसहित पेत्रिश्चेभो प्रस्थान गरेकी थिइन् । शत्रु पक्षको टेलिफोन लाइन र घोडचढीहरूको अस्तबलमा आगो लगाई दिएकी थिइन । तर, पछि थाहा भयो । अस्तबलमा खास क्षति नपुगेको र आगलागीबाट नोक्सानी नपुगेको थाहा पाइन् जोयाले र उनी पुनः त्यसलाई पुन अवलोकन गर्न जाँदा उनी नाजी सेनाको गिरफ्तारीमा परिन् । उनीसँग पेस्तोल हुँदाहुँदै प्रयोग गर्न विफल भइन् । उनलाई नाजी सैनिकहरूले पछाडिबाट एक्कासी कब्जामा लिएका थिए । गिरफ्तारीपछि जोयालाई पाता कसेर किसानहरूको बस्तीमा लगिएको थियो । उनीबाट गुप्त सूचनाहरू लिनका लागि नाजी सैनिक अफिसरले क्रूर यातना दिइरहेको थियो । तर उनले आफ्नो देशको खातिर आफ्नो साथीहरूको खातिर मुख खोलिनन् । उनले आफ्नो असली नाम नबताएर गुप्तनाम तान्यामात्र बताइन् । कुनै पनि सूचना प्राप्त गर्न नसेकपछि फासिवादी जर्मन सेनाले उनको तातो कपडाहरू कोटलगायत खोसेर ट्राउजर मात्र बाँकी राखेर उनलाई हिउँले जमेको गाउँको चोकमा जहाँ भर्खरै बनाएको फाँसी दिने ग्यालोज ठाउँमा लगेको थियो र गलामा आगजनी गर्ने यही हो भनेर भनेर प्लेकार्ड झुण्ड्याइएको थियो । मृत्यु दण्ड पाउनुअघि जोयाले निर्ममतापूर्वक उद्घोष गरेकी थिइन् । “जोयालाई गाउँलेहरूको जमघट गराएर झुण्ड्याएर फाँसी दिएको थियो र उनको मृत शरीरमा पनि सङ्गीनले पटक–पटक उधिनेका थिए फासिष्टहरूले । यो मृत झुण्डिरहेको जोयाको शरीरलाई गाउँलेहरूलाई झिक्ने अनुमति दिएको थिएन । जसले नाजीहरूको विरुद्धमा कदम चाल्छ त्यसको यस्तै हालत हुन्छ भनी चेतावनी दिएका थिए । बल्ल सोभियत सेनाले यो क्षेत्र आफ्नो कब्जामा लिएपछि जोयाको मृत शरीरको अन्त्यष्टी गरिएको थियो । जोयाको सनाखत उनको मृत्यु भएको महिनौँ दिनपछि भएको थियो । गाउँलेहरू प्राभ्दा पत्रिकाको खोजीमा उनीहरूले तान्या नामले चिनेको बताएका थिए । जोयाको भाइ शुराले नै तिनै तान्या नै जोया हुन् भनी प्राभ्दाको समाचारपछि अनुसन्धानमा बताएका थिए । समाचारपत्रको यो यातना हत्याको खवर पढेपछि मार्शल जोसेफ स्टालिनले प्रतिकृया दिनुभएको थियो । “कस्तो आश्चर्यलाग्दो सोभियत किशोरी रहिछन् ।” उनको शरीरलाई पेत्रिश्चेभोबाट खनन् गरी मास्कोमा पुनः दाहसंस्कारको लागि पठाइएको थियो । र, सन १९४२ को फ्रबुअरी १६ का दिन जोयालाई मरणोपरान्त सोभियत युनियनको हिरो मानपदवीद्वारा सम्मान गरिएको थियो । यो विशिष्ट सम्मान प्राप्त गर्ने उनी प्रथम महिला थिइन् । जर्मनीको फासिष्टहरूको पराजयपछि जोयाको हत्या गर्नुअघि र मृत्यु दण्ड दिइसकेपछिको तस्बीर रेड आर्मीद्वारा युद्धमा मारिएका जर्मन सेनाको अफिसरबाट बरामद भएपछि यो पूरै संसारको लागि ठुलो प्रमाण जुटेको थियो ।
Leave a Reply