देशभक्त नेपालीहरू सचेत हुनु जरुरी
- मंसिर १२, २०८३
रास्वपा सरकार प्रमुखको भारतको भ्रमणलाई २४० अर्ब रुपैयाँ वित्तीय सहयोग महत्वपूर्ण उपलब्धि भएको प्रचार गरिएको छ । तर, रास्वपाकै सांसदहरू मोदीले संविधानसभामा सम्बोधन गर्न आउँदा एक खर्ब रुपैयाँ वित्तीय सहयोग दिने बताए पनि पूरा नगरेको, मोदी जनकपुर भ्रमणमा पुग्दा र भूकम्पपछि नेपाल आएका तत्कालीन भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सोल्टी होटेलमा सहयोग दिने घोषणा गरेको रकम पनि प्राप्त नभएको बताउँदै छन् ।
भारतले नेपालको जल, जङ्गल, खनिज खर्बौँ रुपैयाँको कब्जा गर्न पाएमात्र केही अर्ब नेपालले पाउने स्पष्ट भएको विषय हो । कतिपय बुद्धिजीवीहरू यो यथार्थबारे बोलिरहेका छन् ।
भारतले संरा अमेरिकालाई अगाडि सारेर नेपालको बिजुली भारत हुँदै सिङ्गापुरसम्म पु¥याउन एमसीसी सम्झौता गराएको हो । कतिपय नेपालीहरू रास्वपा सरकार प्रमुखको भारत भ्रमणमा नेपालको विद्युत् व्यापारलाई क्षेत्रीय अर्थतन्त्रसँग जोड्ने प्रयास दाबी गर्दै छन् । रास्वपाको नेतृत्वमा सरकार नबन्दै रास्वपाका नेताहरूले भारतीय राजदूतलाई भेटेर नेपाललाई भुटान वा भारतको प्रदेशजस्तै बनाएर भए पनि प्रधानमन्त्रीमा पु¥याउन आग्रह गरेको सार्वजनिक भएकै हो । त्यसबेला रास्वपा वा तत्कालीन सांसद हालका अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिनिधिसभाको बैठकमा दक्षिण एसियामा भारतको प्रभाव अर्थात् ‘मोदी डक्ट्रिन’ स्वाभाविक हुने बताएका थिए । रास्वपा सरकारको भारत भ्रमणमा ‘मोदी डक्ट्रिन’ लाई साकार पार्ने सम्झौता भएको मत पनि बाहिरिएको छ ।
रास्वपा सरकारले भारतसँग भैरहवा विमानस्थलको लागि हवाइमार्ग प्राप्त गरेको दाबी गर्दै छ । भारतले यो मार्गबाट ‘लडाकु विमान’ ल्याउने विषय पनि सार्वजनिक भइरहेको छ । नेपाललाई समुद्रसम्म पुग्ने पारवहन मार्ग बङ्गलादेश भएर जाने छोटो हुन्छ । तर रास्वपाले ३१ वर्षअघिको सहमतिअनुसारको गुजरातको बान्डाला बन्दरगाहको मार्गलाई उपलब्धि भनी दाबी गर्दै छ ।
रास्वपाको सरकारको नेतृत्वमा ¥यापरलाई पु¥याउने मुख्य तत्व भारत र संरा अमेरिकी सरकार नै भएको गत वर्ष भदौ २३ र २४ गते पुराना सरकारको विरोधमा भएको प्रदर्शनमा सहभागीहरू अहिले बोल्दै छन् । केही बुद्धिजीवीहरू नयाँ पुस्ताले भाषण सुन्न नचाहेको पनि दाबी गर्दै छन् । निर्वाचन त जनतालाई शिक्षित गर्ने अवसर हो । सरकारमा गएकाहरूले गरेको गलत काम जनतासमक्ष उदाङ्ग्याउने दायित्व बुद्धिजीवीहरूको हो । केही बुद्धिजीवीहरू नै रवि र बालेनलाई रास्वपाको जस्तो नलागेको दाबी गर्दै छन् ।
देश आगजनी गरेर सरकारमा पुग्नेहरूलाई सिर्जना र निर्माण गर्ने भ्रम पालेर आफूलाई बुद्धिजीवी दाबी गर्नेहरू कसरी ढुक्क भएर बस्न सके ? रास्वपा सरकार प्रमुखले सुरुमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग मात्र भेट्ने त्यो पनि एक वर्षपछि भनेका थिए । अन्ततः उनले काठमाडौँस्थित भारतीय राजदूत, भारतीय विदेश सचिव र भारतीय विदेशमन्त्री हुँदै मात्र मोदीलाई भेट्ने मौका पाए । भारतीय विदेश सचिवले त दिल्लीमा आफू पुग्दा कोठामा बसेका रास्वपा प्रमुखलाई उठ्न लगाए । देशको यो स्थिति आउनुमा तत्कालीन प्रम केपी ओली त्यसबेलादेखि हालम्मको राष्ट्रपति रामचन्द्र पौडेल पनि जिम्मेवार हुन् ।
Leave a Reply