भर्खरै :

शुभलाभ बचतको साधारणसभा र अधिवेशन सम्पन्न

भक्तपुर, १२ मङ्सिर । शुभलाभ बचत तथा ऋण सहकारी संस्था लि. चाँगुनारायण नगरपालिका–५ को १९ औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन शनिबार गणेश मावि छालिङमा सम्पन्न भयो ।
संस्थाका अध्यक्ष सूर्यबहादुर फोजूको सभापतित्व र भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका उपाध्यक्ष जगनाथ प्रजापतिको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा अतिथि प्रजापतिले सहकारी संस्थाले वित्तीय कारोबार मात्र नगरी सहकारीको सिद्धान्त, मूल्य–मान्यताअनुसार सदस्यहरूको हितको लागि विभिन्न गतिविधिहरू गर्नुपर्छ भन्नुभयो ।
समुदायमा आधारित सहकारी संस्थाले समुदायको हितलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका सचिव लक्ष्मीनारायण लिगलले आ.व. २०८२/८३ को प्रगति प्रतिवेदन र आ.व. २०८३/०८४ को प्रस्तावित कार्यक्रम, कोषाध्यक्ष श्रीप्रसाद त्यातजुले आर्थिक प्रतिवेदन र अनुमानित बजेट तथा लेखा सुपरिवेक्षण समितिका संयोजक सानुकाजी दथेपुथेले समितिको प्रतिवेदन पेस गर्नुभएको थियो ।
संस्थाका प्रबन्धक कृष्णप्रसाद लिगलले आ.व. २०८३/०८४ को लेखा परीक्षक र निजको पारिश्रमिकलगायत संस्थाको विनियम नीति–नियमको संशोधनबारे प्रस्ताव पेस गर्नुभएको थियो । पेस गरिएका प्रस्ताव र प्रतिवेदनहरू सर्वसम्मतले पारित गरेको थियो ।
निर्वाचन समितिका संयोजक गणेशलाल फोजूले निर्वाचन प्रक्रियाबारे जानकारी दिनुभयो । समितिका सदस्य मीनबहादुर बाटाले अन्तिम निर्वाचन प्रक्रिया सम्पन्न गर्नुभयो भने नवनिर्वाचित सञ्चालक र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरूलाई निर्वाचन समितिका सदस्य बालकृष्ण ध्वजुले बधाई तथा शुभकामना मन्तव्य दिनुभयो ।
नयाँ सञ्चालक समितिमा अध्यक्ष हरिकृष्ण लागेजू, उपाध्यक्ष कृष्णराम सुलु, सचिव सीताराम फोजू, कोषाध्यक्ष कृष्णश्वरी ह्यौंमिखा र सदस्यहरूमा सुरेन्द्र बासी, बुद्धिकुमार दुवाल, वीणा लागेजु (सुलु), नविन फोजू र महेश लागेजू तथा लेखा सुपरिवेक्षण समितिका संयोजक सूर्यबहादुर फोजू, सदस्यहरूमा कल्पना लामा र प्रकाश मुग्राती सर्वसम्मतले निर्वाचित ग¥यो । भक्तपुर, १२ मङ्सिर । शुभलाभ बचत तथा ऋण सहकारी संस्था लि. चाँगुनारायण नगरपालिका–५ को १९ औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन शनिबार गणेश मावि छालिङमा सम्पन्न भयो ।
संस्थाका अध्यक्ष सूर्यबहादुर फोजूको सभापतित्व र भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका उपाध्यक्ष जगनाथ प्रजापतिको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा अतिथि प्रजापतिले सहकारी संस्थाले वित्तीय कारोबार मात्र नगरी सहकारीको सिद्धान्त, मूल्य–मान्यताअनुसार सदस्यहरूको हितको लागि विभिन्न गतिविधिहरू गर्नुपर्छ भन्नुभयो ।
समुदायमा आधारित सहकारी संस्थाले समुदायको हितलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका सचिव लक्ष्मीनारायण लिगलले आ.व. २०८२/८३ को प्रगति प्रतिवेदन र आ.व. २०८३/०८४ को प्रस्तावित कार्यक्रम, कोषाध्यक्ष श्रीप्रसाद त्यातजुले आर्थिक प्रतिवेदन र अनुमानित बजेट तथा लेखा सुपरिवेक्षण समितिका संयोजक सानुकाजी दथेपुथेले समितिको प्रतिवेदन पेस गर्नुभएको थियो ।
संस्थाका प्रबन्धक कृष्णप्रसाद लिगलले आ.व. २०८३/०८४ को लेखा परीक्षक र निजको पारिश्रमिकलगायत संस्थाको विनियम नीति–नियमको संशोधनबारे प्रस्ताव पेस गर्नुभएको थियो । पेस गरिएका प्रस्ताव र प्रतिवेदनहरू सर्वसम्मतले पारित गरेको थियो ।
निर्वाचन समितिका संयोजक गणेशलाल फोजूले निर्वाचन प्रक्रियाबारे जानकारी दिनुभयो । समितिका सदस्य मीनबहादुर बाटाले अन्तिम निर्वाचन प्रक्रिया सम्पन्न गर्नुभयो भने नवनिर्वाचित सञ्चालक र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरूलाई निर्वाचन समितिका सदस्य बालकृष्ण ध्वजुले बधाई तथा शुभकामना मन्तव्य दिनुभयो ।
नयाँ सञ्चालक समितिमा अध्यक्ष हरिकृष्ण लागेजू, उपाध्यक्ष कृष्णराम सुलु, सचिव सीताराम फोजू, कोषाध्यक्ष कृष्णश्वरी ह्यौंमिखा र सदस्यहरूमा सुरेन्द्र बासी, बुद्धिकुमार दुवाल, वीणा लागेजु (सुलु), नविन फोजू र महेश लागेजू तथा लेखा सुपरिवेक्षण समितिका संयोजक सूर्यबहादुर फोजू, सदस्यहरूमा कल्पना लामा र प्रकाश मुग्राती सर्वसम्मतले निर्वाचित ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *