नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
काठमाडांै आएका अधिकांश पर्यटक बास बस्ने ठमेल क्षेत्रका बाटाघाटाको दुरवस्थाबारे निकै अघिदेखि नै चर्चा थियो । लगातारको वर्षाले त्यहाँका बाटाघाटालाई अझ खराब बनाइदिएको छ । दैनिक हजारौं पर्यटक आवतजावत गर्ने ठमेल बजारको यो दुरवस्था वास्तवमा देशकै बेइज्जती हो । नेपाल, नेपाली सभ्यता र संस्कृति हेर्न आएका पर्यटकलाई चप्पल डुब्ने हिलाम्य बाटोमा हिंड्नुपर्दा पर्ने प्रभाव पक्कै पनि सकारात्मक नहोला ।
पर्यटनलाई आर्थिक विकासको प्रमुख आधार मान्दै आएको सरकारले देशको प्रमुख पर्यटकीयस्थललाई यो लथालि· अवस्थामा राख्नु उसको बोली र व्यवहारबीचको विरोधाभास हो । तत्कालै समाधान गर्नुपर्ने यस्ता समस्या वर्षौं वर्षसम्म समाधान नहुँदा यो देश आर्थिक रुपमा समृद्ध र विकसित हुने शासकहरूको आश्वासन कसरी र किन विश्वास गर्ने ?
ठमेलको यो दुरवस्थाको निम्ति प्रमुखतः काठमाडौं महानगरपालिका जिम्मेवार हो । तर विगतमा विभिन्न मन्त्रालय र विभागअन्तर्गतका कार्यालय महानगरमा व्यवहारिक रुपमा आइनसकेको र आइहाले पनि काम गर्ने परिस्थिति नबनेका कारण महानगरलाई मात्र दोषी बनाएर सिंहदरबारभित्रको सरकार दोषमुक्त हुनसक्दैन । राज्यले चाहेको अवस्थामा ठमेलका सडकमा रातारात काम गर्नु कुनै ठूलो कुरा होइन । तर नेपालको प्रशासनयन्त्रको अल्छीपना, नीतिगत जटिलता र स्पष्ट कार्यदिशाको अभावमा त्यहाँको मात्र नभई देशका अधिकांश पर्यटकीय स्थलका बाटाघाटा उस्तै छन् ।
काठमाडांै उपत्यकाभित्रको अर्को पर्यटकीयस्थल नगरकोट जाने बाटोको दुरवस्था अब नयाँ रहेन । वर्षायाममा हिलाम्य र गर्मीयाममा धुलाम्य बाटोले प्रकृतिको अनुपम सौन्दर्य हेर्ने लोभले आएका पर्यटकले के हेरेर जालान् ? नेपाल आउने अधिकांश पर्यटक जाने अर्को स्थान हो–पोखरा । पोखरा थलमार्गमा जाने पर्यटकको लागि पनि यात्रा उत्तिकै कष्टकर हुने गरेको छ ।
पर्यटकलाई पहिलो प्रभाव पार्ने बाटाघाटाको हालत यस्तो छ भने देशमा ठूलो सङ्ख्यामा पर्यटक भित्र्याउने सरकारको यो योजना पनि सस्तो सपनामात्र हुने आशङ्का जन्माएको छ । विदेशबाट पैसा खर्च गर्न आएका पाहुनालाई त नेपालले न्यूनतम सेवा दिन सकेको छैन भने विपन्न क्षेत्रका गरिब जनताको पक्षमा सरकारले के हेर्ला र ! देशको इज्जत जोगाउने काम सरकारको हो भने तत्काल सरकारले ती पर्यटकीय स्थललाई सुविस्ताजनक बनाउन जरुरी छ । पर्यटकको मनमा नेपाल वास्तवमा सुन्दर र सफा देश हो भन्ने सकारात्मक प्रभाव पार्न सरकारले बाटाघाटाको हिलाम्य र धुलाम्य अवस्थाको अन्त्य गर्न जरुरी छ ।
कदाचित कुनै ठेकेदार वा सरकारी कार्यालयको कमजोरी र गैरजिम्मेवारीका कारण यस्तो स्थिति आएको अवस्थामा तिनलाई बिनामोलाहिजा कारबाहीको दायरामा ल्याउने हिम्मत गर्नुपर्दछ ।
उखान टुक्काले पर्यटन बढ्ने होइन । पर्यटक रिझाउनु कार्यकर्तालाई चुनावमा पैसा र ठेक्काको लोभ देखाएर रिझाउनु जस्तो होइन । पर्यटकहरू नेपाल र नेपाली सभ्यता हेर्न आउने हुन् । त्यसको निम्ति उसलाई सहज वातावरण बनाइदिनु सरकारको दायित्व हो । समृद्धि र विकासको कार्यक्रम दुईतिहाइ बहुमतले होइन, दूरदर्शी र व्यवस्थित योजनाबाट सम्भव हुन्छ ।
Leave a Reply