भर्खरै :

भेनेजुयलाका राष्ट्रपति माडुरोको हत्या प्रयास

काराकस, ४ अगस्ट । भेनेजुयलाका सूचना मन्त्री जर्ज रोड्रिग्युजले शनिबार राति राष्ट्रपति निकोलस माडुरोमाथि भएको हमलाबाट राष्ट्रपति सुरक्षित रहेको बताएका छन् ।
माडुरोले भाषण दिइरहेको समयमा विस्फोटक पदार्थ भरिएको ड्रोन सभास्थल नजिक विस्फोट भएको थियो । रोड्रिग्युजले माडुरोलाई केही नभएको बरु सात जना नेशनल गार्डका सिपाहीं घाइते भएको बताए ।
भेनेजुयलाको राष्ट्रिय गार्ड स्थापनाको ८१ औं वार्षिक समारोहका क्रममा १७ हजार सिपाहीं सहभागी कार्यक्रममा माडुरोलाई लक्षित गरी हमला भएको थियो ।
माडुरोले भेनेजुयलाको अर्थतन्त्रबारे बोल्दै गर्दा अचानक ठूलो आवान सुनिएको थियो । मञ्चमा बसेका उनी लगायत अन्य व्यक्ति चकित परेर हेरिरहेका थिए । लगत्तै सेनाले राष्ट्रपतिलाई घेरेर सुरक्षित स्थानमा लगेका थिए ।

हमलापश्चात भेनेजुयलाको स्थानीय टीभी च्यानलमा बोल्दै राष्ट्रपति माडुरोले आफ्नो हत्याको प्रयास भएको बताए ।
उनले हमलाको लागि भेनेजुयला र कोलोम्बियाका दक्षिणपन्थी खेमा र संरा अमेरिकी षड्यन्त्रकारीहरू दोषी रहेको आरोप लगाए ।
‘आज उनीहरुले मेरो हत्या गर्न खोजे । सबै घटनाक्रमले यो हमला पछाडि भेनेजुयलाका अतिदक्षिणपन्थी, कोलोम्बियाका अतिदक्षिणपन्थी र ज्वान मानुएल सान्तोषतर्फ औंला ठडिएको छ ।’, माडुरोले भने । सान्तोष कोलोम्बियाका राष्ट्रपति हुन् ।
‘म भेनेजुयलाका विपक्षीहरूलाई भन्न चाहन्छु,‘म तपाईहरूको शान्तिपूर्ण जीवनको सुनिश्चित गर्छु । तर यदि मलाई केही भयो भने यसको धेरै मूल्य चुक्ता गर्नुपर्ने हुन्छ र भद्र जनताले आफ्नै हातले न्यायको खाका कोर्नेछन् ।’ माडुरोले भने,‘म आशा गर्छु, ट्रम्प प्रशासनले हाम्रो महादेशमा शान्तिपूर्ण देशमा भएका आतड्ढवादी हमलाको विरोधमा काम गर्न इच्छा गर्नेछन् ।’
हमलामा संलग्न केही मानिसलाई नियन्त्रणमा लिइएको र अनुसन्धान शुरु भएको राष्ट्रपति माडुरोले बताए ।
विश्वका नेता तथा बुद्धिजीवीहरूले माडुरोको हत्या गर्ने अभिप्रायले गरिएको हमलाको विरोध गरेका छन् । बोलिभियाका राष्ट्रपति इभो मोरालेसले सो घटनाको भत्र्सना गरेका छन् । मोरालेसले ट्वीटरमा ट्वीट गरेका छन्,‘प्रजातान्त्रिक, आर्थिक, राजनीतिक र सैनिक हिसाबले माडुरोलाई सिध्याउन असफल भए पछि साम्राज्यवाद र उसका नोकरहरूले उनको जीवनमाथि हमला गर्न थालेका छन् ।’
कोलोम्बियाको फार्स नेता रोड्रिग्युज लण्डोनोदेखि अर्जेन्टिनाका समाजशास्त्री अलिटियो बोरोनले पनि सो हमलाको विरोध गरेका छन् ।
निकारागुआका राष्ट्रपति डानियल ओर्टेगाले वक्तव्य जारी गरी घटनाको विरोध गरेका छन् ।
मेक्सिकोको प्रख्यात दार्शनिक फर्नान्डो ब्युन अबाबले ट्वीटरमा आफू भेनेजुयाली नेतृत्वको पक्षमा रहेको बताएका छन् ।
क्युवाली क्रान्तिका नेता राउल क्यास्ट्रो र राष्ट्रपति मिगुएल डायज कानलले पनि सो घटनाको भत्र्सना गर्दै माडुरोप्रति ऐक्यबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *