‘विदेशी पुँजीले नेपालीको पुँजीलाई खाने खतरा छ’
- पुष १६, २०८२
भक्तपुर, २४ साउन । भक्तपुर ट्रक व्यवसायी सङ्घले देशका विभिन्न जिल्लामा सुरक्षा समितिको निर्णयको हवाला दिँदै विकास निर्माणका सामग्री ढुवानी गर्ने मिनि ट्रिपर, ट्रिपर र ट्रक सञ्चालनमा रोक लगाएको हुँदा सरकारको ध्यानाकर्षण गरेको छ ।
सङ्घले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सरोकारवालासँग कुनै छलफल नगरी गरिएको सो निर्णय दुविधायुक्त र त्रुटिपूर्ण भएको हँुदा उक्त निर्णयमा सुधार गर्न सरकारको ध्यानाकर्षण गरेको हो ।
भक्तपुरमा बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म ट्रिपर र ट्रक सञ्चालनमा रोक लगाएपछि व्यवसायीहरू मारमा परेको र प्रत्यक्ष या अप्रत्यक्ष उपभोक्ताहरूमा समेत आर्थिक बोझ बढ्ने सङ्घले जनाएको छ ।
पत्रकार सम्मेलनमा बागमती ट्रिपर व्यवसायी सङ्घका अध्यक्ष शेरबहादुर कुँवरले दिनभरि ट्रक निषेध गरेर राज्यले युवाहरूलाई रोजगारी दिनुपर्नेमा उल्टो रोजगारी खोसेर चालकलाई थप पीडा दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ट्राफिक गल्ती गरेपछि जरिवाना गर्ने कर कार्यालय होइन, सवारीचालकलाई लाइसेन्समात्र दिएर पुग्दैन बरोबर प्रशिक्षण गर्नुपर्छ, सवारी जाँच गरिनुपर्छ, चालक कति योग्य छ छैन राज्यले अनुगमन गरिरहनुपर्छ ।
भक्तपुर ट्रक व्यवसायी सङ्घका पूर्व अध्यक्ष नवीन प्रजापतिले गाडी दुर्घटनामा सही मूल्याङ्कन गरी दोषीमाथि कारबाही गर्नुपर्नेमा जोड दिंदै ट्राफिक प्रहरीसँग समन्वय नगरी समय–समयमा ट्राफिकसम्बन्धी प्रशिक्षण दिने, अनुशासित चालकलाई उत्कृष्ट चालक घोषणा गरी पुरस्कारसहित सम्मान गर्ने र निजका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो ।
भक्तपुर ट्रक व्यवसायी सङ्घका अध्यक्ष महेन्द्र खायमलीले स्वतन्त्रपूर्वक व्यापार व्यवसाय गर्न पाउने अधिकारमा रोक लगाउने सरकारी निर्णय फिर्ता लिन जोड दिनुभयो ।
व्यवसायिक जीवनलाई धराप पार्ने काम नगर्न आग्रह गर्दै उहाँले गाडी निषेध होइन व्यवस्थित गर्नुपर्छ भन्नुभयो ।
Leave a Reply