भर्खरै :

सिरियामा पश्चिमा हस्तक्षेपको सबैतिर प्रतिरोध

सविन ख्याजू
संरा अमेरिकाको नेतृत्वमा बेलायत र फ्रान्सको सहयोगमा सिरियाकोे सार्वभौमिकता र स्वाधीनतामाथि हस्तक्षेप भइरहेको छ । साम्राज्यवादी देश अमेरिकालगायतले लिविया, अफगानिस्तान, इराकपछि हाल सिरियामा युद्ध चर्काएका छन् । सिरियामा द्वन्द्व सुरुवात भएको अहिले आठौं वर्ष लागेको छ ।
हाल सिरियामा रासायनिक हतियार रहेको आशङ्का व्यक्त गरिएको छ । क्लोरिन ग्यासयुक्त रासायनिक हतियार प्रयोग गरेको आरोप सिरियाली सरकारलाई लगाउँदै सिरियाको घौटामा अनुसन्धान थालेका छन् । संयुक्त राष्ट्र सङ्घको प्रावधानअनुसारक्लोरिनयुक्त रासायनिक हतियार सैनिक प्रयोजनको लागि प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । रासायतिक हतियार निषेध सङ्गठन (Organization for Prohibition of Chemical Weapons) स्वतन्त्र ढङ्गले सिरियामा रासायनिक हतियारमाथि छानबिन गर्र्न सिरिया सरकारको अनुरोधमा सिरिया प्रवेश गरेको हो । सङ्गठनले त्यस सिरियाबाट जम्मा गरेका नमुनाहरू प्रयोगशाला परीक्षणको लागि नेदरल्याण्डमा पठाउने भनेको थियो ।
सो सङ्गठनले अनुसन्धान गर्ने कार्य सकेको छैन । रासायनिक हतियार छ वा छैन भन्ने प्रमाण दिने प्रतिवेदन आउन बाँकी छ । तसर्थ अमेरिकाको नेतृत्वमा हवाई आक्रमण गर्नु गलत र गैरकानुनी भएको कारण संसारभर विरोध भइरहेको छ ।
पछिल्लो अमानवीय हवाई आक्रमण अप्रिल १४ मा गरिएको थियो । संरा सङ्घमा सो आक्रमणको भत्र्सना गर्दै प्रस्तुत एक प्रस्तावको पक्षमा रसिया, चीन र बोलिभियाले समर्थन जनाएका थिए । यता संरा अमेरिका, बेलायत, फ्रान्स र अन्य पाँच देशले विपक्षमा मत खसालेका थिए भने अन्य चार देश तटस्थ बसेका थिए । यसकारण, सो प्रस्ताव पारित हुन सकेन । सो हवाई आक्रमण सिरियाका तीन सैनिक स्थानहरू डमास्कसको अनुसन्धान केन्द्र, होम्सको रासायनिक हतियार भण्डारण केन्द्र र सामग्री भण्डारण स्थलमा भएको थियो ।
संरा सङ्घका निम्ति चीनका स्थायी प्रतिनिधि झावछुले संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को प्रस्ताव र सिद्धान्तलाई उछिनेर कुनै पनि सैनिक कदम उठाएमा समस्या झन् जटिल बन्दै जाने बताउनुभयो ।
संरा सङ्घका महासचिव एन्टोनियो गुटेरसले सो समस्याको कुनै पनि सैनिक समाधान नभएको तर राजनैतिक समाधान भएको बताउनुभयो । उहाँले यस्तो विषम परिस्थितिमा सम्पूर्ण सदस्यहरूले तनावलाई न्यूनीकरण गर्ने व्यवहार प्रदर्शन गर्न अनुरोध गर्दै विषयवस्तुलाई थप बल्झाउने कामहरू बन्द गर्न अनुरोध गर्नुभयो । सिरियाली जनताको दुःखमा अझ दुःख थप्ने काम बन्द गर्नुपर्दछ ।
अप्रिल ७ गतेका दिन सिरियामा भएको पश्चिमा देशहरूको संयुक्त हवाई आक्रमणलाई लिएर विभिन्न देशले आ–आफ्ना चिन्ताजनक प्रतिक्रियाहरू दिएका थिए । चेकका राष्ट्रपति मिलोस जेमनले सिरियामा भएको हवाई आक्रमणको भत्र्सना गर्दै भन्नुभयो– ‘सैनिक हस्तक्षेपलाई अन्तिम उपायको रुपमा मात्र लिनुपर्दछ ।’
संरा सङ्घका लागि रसियाली राजदूत भासिली नेबेन्जियाले कडा शब्दमा सिरियामा भएको आक्रमणको भत्र्सना गर्दै अमेरिका, बेलायत र फ्रान्सलाई तत्काल आक्रामक कदम रोक्न अनुरोध गर्नुभयो ।
संरा सङ्घका लागि सिरियाली राजदूत बसर जाफारीले संरा अमेरिका, बेलायत र फ्रान्स ‘झुद्दा’ भएको बताउनुभयो । नत्र यदि उनीहरूलाई रासायनिक हतियार भएको स्थान थाहा भएको भए, रासायतिक हतियार निषेध सङ्गठन भन्ने संस्थालाई किन सूचना गरेनन् ? भन्ने प्रश्न गर्नुभयो ।
सिरियाका सहायक विदेशमन्त्री ऐमन सुसानले अनुसन्धानको प्रतिवेदन नै प्रकाशन नभएको, सत्यतथ्य बाहिर नआएको बेलामा भएको यो आक्रमणले पश्चिमा देशहरूले झूट बोलेको बताउँदै तिनीहरूले आफ्नो सीमा नाघेकोमा विरोध गर्नुभयो ।
अप्रिल १४ का दिन दर्जनौं युद्धविरोधी जनताले अमेरिकाको संसद भवन (White House) बाहिर प्रदर्शन गरे । सिरियामा अमेरिकी युद्ध बन्द गर (No US war on Syria) र सिरियामा खसेको बमले सिरियालीलाई जोगाउँदैन (Bombing Syria doesn’t protect people) लगायतका ल्पाकार्ड बोकेको जुलुसमा सिरियाबाट निस्क (Hand off Syria) जस्ता नाराहरू लगाइएको थियो । अमेरिकास्थित युद्धविरोधी र नागरिक अधिकारकर्मी समूह द आन्सर(The ANSWER) संयन्त्रले यस आक्रमणको विरोध गर्दै यस कदमलाई आपराधिक भौतिक आक्रमणको संज्ञा दिएको छ ।
अमेरिकाको भर्जिनियाका प्रजातन्त्रवादीबाट संसदमा प्रतिनिधि गरेका टिम कैनेले कंगे्रसको स्वीकृतिविना अमेरिकी राष्ट्रपतिको सिरिया हवाई आक्रमणको निर्णय गैरकानुनी भएको बताउनुभयो ।
अप्रिल १४ मा आक्रमणको विरोधमा ग्रीसको एथेन्समा पनि ग्रीस कम्युनिष्ट पार्टीको आयोजनामा हजारौं नागरिक सडकमा उत्रेका छन् । सिनट्ग्माबाट सुरु भई सो प्रदर्शन ब्यानरसहित नारा लगाउँदै अमेरिकी दूतावाससम्म पुगेको थियो ।
अप्रिल १६ गतेको चाइना डेली (China Daily) पत्रिकाले सिरियाको स्थितिबारे सम्पादकीयमा लेखिएको छ । सिरियामा अमेरिकालगायतको यो सैनिक आक्रमण इतिहासमा एक नराम्रो उदाहरण बनेको छ, अनुसन्धान पनि नसकिएको र प्रतिवेदन पनि तयार नहँुदै भएको यो कदमलाई विश्वजगतले चिन्ता व्यक्त गर्दै आपत्ति जनाएका छन् । सिरिया सरकारले भने पहिलेदेखि नै आफ्नो भूगोलभित्र रासायनिक हतियार नभएको जिकिर गरिरहेको छ । संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले यो खण्डनमा आफ्नो धारणा राख्न नसक्नु एक खेदप्रद विषय बनेको छ ।
विश्वभरका न्यायप्रेमी बुद्धिजीवीहरूले सो कदमको विरोध गरेका छन् । नर्थवेस्टर्न विश्वविद्यालयका मध्य पूर्व अध्ययन संस्थाका अनुसन्धानकर्ता जाओ ग्वान्चेनले सो हवाई आक्रमण संरा अमेरिका र रसियाबीचको झगडाको कारण भएको बताउनुभयो । अमेरिकी प्रशासनले सो लडाइँ जितेर नजिकिंदै गएको निर्वाचनमा रिपब्लिकनको समर्थन पाउने आशा गरेको अड्कल गरिएको छ ।
चाइनिज एकेयाडेमी अफ सोसल सान्सेस् (Chinese Academy of Social Sciences) का मध्यपूर्व अध्ययनका अनुसन्धानकर्ता वाङ जिङ्ग्लिकाले संरा अमेरिकाले मध्यपूर्वमा दुईवटा महत्वपूर्ण गल्ती गरेको बताउनुभयो । पहिलो, इस्लामिक स्टेटविरुद्ध उसले महऋवपूर्ण भूमिका निभाउन सकेन । दोस्रो, जेरुसलेम मलाई इजरायलको राजधानी स्वीकार्दै आफ्नो मित्र अरब देशहरूलाई चित्त दुःखाउने काम ग¥यो ।
क्रोसियाका पूर्वराष्ट्रपति ते जोसि पोभिचले पनि हवाई आक्रमणको वैधानिकता माथि प्रश्न उठाउँदै रासायनिक हतियारबारे स्वतन्त्र अन्तर्राष्ट्रिय सङ्गठनले छानबिन गर्ने सोचेको बताएका थिए । उहाँले रासायनिक हतियार भएको पुष्टि भए पनि सामूहिक रुपमा समाधानको उपायमा जोड दिनुभएको थियो ।
चीनले सिरियामा वैदेशिक हस्तक्षेपको सधैं विरोध गरिरह्यो । सन् २०१८ अप्रिल १९ गते चीनका राष्ट्रपति सि जिनपिङले बेलायती प्रधानमन्त्री टेरेसा र टर्कीका राष्ट्रपति रिसेप टेजिप एर्डोगानसँग टेलिफोन सम्पर्क गरेर सम्पूर्ण देशको सार्वभौमिकता र भू–अखण्डताको सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले झगडालाई बल्झाउनेभन्दा अन्तर्राष्ट्रिय समुदायले स्वीकार्ने गरी स्थापित नियमअनुसार अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।
उहाँले सिरियामा रासायनिक हतियारको छानबिन न्यायपूर्ण र पूर्णरुपमा गर्नुपर्ने भनी जिकिर गर्दै चीन सो समस्याको उचित ढङ्गले समाधान गर्न सम्पूर्ण पक्षसँग काम गर्न तयार रहेको बताउनुभयो ।
संरा अमेरिकाले सिरियाको भूमिबाट आफ्ना सेना फर्काउने बताएको पनि महिनौं भइसकेको छ, तर उचित कदम चालिएको छैन ।
इराक, अफगानिस्तान र लिवियामा भएका पश्चिमा शक्तिको हस्तक्षेप विश्व मानसपटलमा ताजा छ । सन् २००३ मा संयुक्त राज्य अमेरिकाले इराकमा सद्दाम हुसेनसँग भयड्ढर क्षति पु¥याउने हतियार भएको भन्दै आक्रमण गरेको थियो । तर त्यहाँ त्यस्तो कुनै हतियार फेला परेन, बरु युद्ध निम्तियो । त्यसले इस्लामिक स्टेट नामक समूहको जन्म गरायो ।
आज संरा अमेरिका भियतनाममा हारेर भाग्नुपरेको जस्तो स्थिति सिरियामा नआउँला भन्न सकिन्न । संसारभरका न्यायप्रेमी, देशभक्त जनता साम्राज्यवादी अमेरिकालगायतका पश्चिमा देशहरूको निहित स्वार्थका बारेमा सचेत भइरहेका छन् । मानवीय सहायता, आतङ्कवादविरुद्ध सहयोग, दैवीप्रकोप पीडितलाई सहयोगका नाममा विभिन्न सङ्घ, गैरसरकारी संस्थालगायतको माध्यमबाट कमजोर देशभित्र पसेको यथार्थ जनताले बुझ्न थालेका छन् । आर्थिक सहयोग, अनुसन्धान र सहयोगको नाममा कमजोर देशमा ऊपनिवेश कायम गर्ने मुख्य लक्ष्य बोकेका ती साम्राज्यवादीहरूको विरोध गर्दै व्यापक जनतालाई शिक्षित गराउनु आवश्यक छ । कमजोर देशमाथि भएका यस्ता घृणित आक्रमणको हामीले विरोध नगरे हामीलाई समस्या र सङ्कट भएको बेला पनि हामीले सहयोग पाउने आशा गर्न सकिन्न ।
२०७५ असार ४
सन्दर्भ सामग्रीः
China Daily का विभिन्न अङ्कहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *