अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
–मेरिना शाक्य
कुनै पनि कम्युनिष्ट पार्टीले साम्राज्यवाद, उपनिवेशवाद र विस्तारवादविरुद्ध सङ्घर्ष गरेकै हुन्छ । साम्राज्यवाद, सामन्तवाद, विस्तारवाद र पुँजीवादविरुद्ध सङ्घर्ष नगर्ने दल कम्युनिष्ट हुनसक्दैन । कम्युनिष्ट पार्टीको पहिलो जिम्मेवारी श्रमजीवी वर्गको पक्षमा राजनीति गर्नु हो, उनीहरूलाई विचार र सिद्धान्तबाट सुसूचित पारेर सङ्गठित गर्नु हो र आमूल परिवर्तनको लागि तयारी गर्नु हो । यो उद्देश्य पूरा गर्न कम्युनिष्ट पार्टीले कम्युनिष्ट पार्टीको सिद्धान्त र विचार जनताको घर आँगनमा पु¥याउनुपर्छ । साम्राज्यवाद, सामन्तवाद, पुँजीवाद र समाजवादको वर्गभेदबारे जनतालाई बुझाउनुपर्छ । हरेक कम्युनिष्ट नेता तथा कार्यकर्तामा वर्गसङ्घर्षको भावना हुनैपर्छ । देशभक्तिको भावना हुनैपर्छ । देशको सार्वभौमसत्ता र स्वाधीनता जोगाउन र बहुमत जनताको पक्षमा सङ्घर्ष गर्ने नेता तथा कार्यकर्ताहरूलाई उत्प्रेरित गर्नैपर्छ । यो प्रत्येक कम्युनिष्ट नेता तथा कार्यकर्ताहरूको जिम्मेवारी हो । प्रत्येकले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।
कम्युनिष्ट पार्टीप्रति आस्था राख्ने, कम्युनिष्ट पार्टी समर्थक पत्रिकाले पनि कम्युनिष्टको सिद्धान्त, विचार र देशभक्तिको भावना जनताको घर आँगनमा लेख्नुपर्छ । जातिवादी दलहरूको वर्गसङ्घर्षविरोधी भावनालाई पत्रिकामा स्थान दिनुहँुदैन । कामदार वर्ग शासक वर्गमा नपुगेसम्म वर्गसङ्घर्ष भइरहन्छ भन्ने माक्र्सवाद र लेनिनवादी मान्यतालाई पत्रिकाले स्थान दिनुपर्छ । कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट पार्टीमा धोखा दिने, विश्वासघात गर्ने र कम्युनिष्टको नाउँमा कम्युनिष्टविरोधी गतिविधिमा लाग्ने या कम्युनिष्टको सिद्धान्त र विचार तोडमरोड गर्ने नेता तथा कार्यकर्ताहरूको क्रियाकलापविरुद्ध पनि कम्युनिष्ट, वामपन्थी, प्रगतिशील समर्थक पत्रिकाहरूकले बोल्नुपर्छ, लेख, समाचार छापेर कम्युनिष्ट पार्टी र आन्दोलनलाई बलियो बनाउनुपर्छ ।
ठूलो र शक्तिशाली देशको अहङ्कार देखाएर स–साना स्वतन्त्र तथा सार्वभौम देशमाथि थिचोमिचो गर्ने, अतिक्रमण गर्ने, दबाउने र आफ्नो मातहतमा राख्ने देशको विरोधमा पनि पत्रिकाले बोल्नुपर्छ । देश विखण्डन गर्नेतर्फ उन्मुख दलका नेताहरूको चरित्रबारे जनतामाझ उदाङ्ग्याउनैपर्छ । सरकारको नेतृत्व गर्न पाएपछि देशको स्थिति भताभुङ्ग भए पनि टुलुटुलु हेरिरहने सत्तासीन दलका नेता, मन्त्री सांसदहरूलाई खबरदारी गर्नैपर्छ । देशभक्तिको भावना नजगाउने, देशमा थिचोमिचो, हस्तक्षेप भए पनि नलेख्ने, नबोल्ने पत्रिका जतिसुकै ठूलो भए पनि जनताको पत्रिका हुनेछ्रैन । खाली पैसाको लागि चलाउने पत्रिकाले देश जोगाउँदैन, जनतालाई जागृत गर्दैन । देश हितको विषयमा नलेख्ने, नबोल्ने पत्रिका लोकप्रिय पत्रिका हुनेछैन ।
Leave a Reply