नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
सानफ्रान्सिस्को, १ भदौ (रासस÷एपी) । चिनियाँ सेन्सरसीप अनुकूल गोप्यरुपमा खोजी इन्जिन (सर्च इन्जिन) निर्माण गर्न लागेको भन्दै गुगलमै कार्यरत एक हजारभन्दा बढी कामदारले विरोध गरेका छन् । विरोधस्वरुप तयार पारिएको पत्रमा हस्ताक्षर गरेका उनीहरूले कम्पनीको पारदर्शिता र आचारसंहिता नियमलाई पालना गर्न प्रमुख कार्यकारीसमक्ष आग्रह गरिएको छ । गुगलका एकजना कामदारले पत्रमा समेटिएको विषयका बारेमा भने केही बताउन चाहेनन् ।
तथापि, प्रमुख कार्यकारी समक्ष बुझाइएको उक्त पत्रमा आफूले गरिरहेको कामको बारेमा जान्न पाउने हक रहेको दाबी गरिएको छ । ड्रागनफ्लाई नामको गोप्य परियोजना गुगलले सञ्चालन गरिरहेको जानकारी सञ्चारमाध्यमबाट मात्र थाहा पाइएको पत्रमा उल्लेख छ ।
अमेरिकी सैनिकसँग भएको यस्तै एक सम्झौताका विषयमा गुगलमा कार्यरत हजारौं कर्मचारीले पत्र लेखेपछि गुगल व्यवस्थापनले यसै वर्षको जुन महिनामा उक्त सम्झौता नवीकरण गरेको थिएन ।
Leave a Reply