भर्खरै :

अमेरिकाले थप प्रतिबन्ध लगाए टर्कीले प्रतिकार गर्ने

इस्तानबुल, टर्की, १ भदौ (एएफपी) । अमेरिकाले टर्कीविरुद्ध थप प्रतिबन्ध लगाएमा यसको उचित जवाफ दिने टर्कीले शुक्रबार बताएको छ ।
अमेरिकी धर्मगुरुलाई टर्कीले पक्राउ गरी कैदी बनाएपछि अमेरिका र टर्कीबीचको कूटनीतिक सम्बन्धमा समस्या आएको छ ।
अमेरिकासँगको सम्बन्धमा समस्याका कारण हालैका दिनमा टर्कीको मुद्रामा भारी गिरावट देखिएको छ ।
टर्कीका व्यापारमन्त्री रूहसर पेक्कानलाई उद्धृत गरी टर्कीको राज्य सञ्चालित समाचार संस्था अनादोलु न्यूज एजेन्सीले भनेको छ, “हामीले विश्व ब्यापार सङ्गठनको कानुनको परिधिमा रहेर यस पहिले नै अमेरिकालाई जवाफ दिइसकेका छौं र यसलाई निरन्तरता दिनेछौं ।”
वासिङ्टनले अमेरिकी धर्मगुरुलाई रिहा नगर्दासम्म टर्की विरुद्ध थप प्रतिबन्धहरू लगाउने चेतावनी बिहीबार दिएको थियो । यसै चेतावनीको जवाफमा टर्कीका व्यापारमन्त्रीले अमेरिकाविरुद्ध उक्त चेतावनी दिनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *