भर्खरै :

कामरेड जयराम नयाँ पुस्ताको लागि पे्ररणा- पे्रम सुवाल, सचिव, नेमकिपा

वि.सं. २०३९ सालदेखि कामरेड जयराम बासुकलालाई नजिकबाट चिनेको हुँ । त्यसबेला उहाँ पार्टीको तर्फबाट तत्कालीन ताथली गाउँ पञ्चायतको प्रधानपञ्च पदमा निर्वाचित हुनभएको थियो । म पार्टीको तर्फबाट तत्कालीन भक्तपुर नगर पञ्चायतको वडा नं. ९ को वडा अध्यक्षमा निर्वाचित भएको थिएँ । भक्तपुरको तत्कालीन जिल्लासभामा पनि हामीले सँगसँगै सङ्घर्ष गरेका थियौं । २०४४ सालमा उहाँ ताथली गाउँ पञ्चायतको प्रधानपञ्चमा पुन ः निर्वाचित हुनुभयो । तत्कालीन पञ्चायती सरकारले वि.स. २०४५ साल भदौ ९ गते नेपाल मजदुर किसान पार्टीविरुद्ध भक्तपुर काण्डको षड्यन्त्र रच्यो र वि.सं. २०४५ साल भदौ ५ गते गएको भूकम्पबाट पीडित जनताको उद्धार, राहत र पुनःस्थापनामा लागेका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) लगायत पार्टीका ६७ जना नेता–कार्यकर्तालाई पञ्चायती सरकारले भक्तपुर काण्डको झुटो मुद्दामा फसायो । झुटो मुद्दामा उहाँको नाम नभए पनि नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता भएकै कारण उहाँलाई पञ्चायती सरकारले पक्राउ गरी जेलमा थुन्यो । उहाँले पन्ध्र महिना जेलमा गुजारे । त्यो समयमा जेलभित्र पनि उहाँले पञ्चायती निरङ्कुशताविरुद्ध सङ्घर्ष गर्नुभयो । वि.सं. २०४६ सालको चैत्र २६ गते निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भयो र बहुदलीय व्यवस्था पुनःस्थापना भयो । भक्तपुर काण्डको झुटो मुद्दा खारेज भयो र पार्टी अध्यक्ष बिजुक्छेंलगायत राजबन्दी रिहा हुनुभएको थियो ।
बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि वि.सं. २०४९ सालको स्थानीय चुनावमा उहाँ ताथली गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित हुनुभयो । पार्टीले जिल्लाको जिम्मेवारी दिने निर्णयअनुसार उहाँ वि.सं. २०५२ सालमा जिल्ला विकास समिति भक्तपुरको इलाका सदस्य हुनुभयो । पार्टीले उहाँलाई राष्ट्रिय राजनीतिको जिम्मेवारी दिने निर्णय ग¥यो । जिल्ला विकास समितिको सदस्य रहेकै बेला पार्टीको निर्णयअनुसार उहाँ तत्कालीन राष्ट्रियसभा सदस्यको उम्मेद्वार हुनुभयो । शुभलाभ र भागबन्डाको राजनीतिमा डुबेका सरकारमा गएका पार्टीहरूलाई उहाँले देश र जनताको इमान्दारीपूर्वक सेवा गर्ने स्वच्छ राजनीति मान्य भएन । सरकारमा गएका पार्टीहरूले सत्ताको लागि सांसदलाई खसी बोकाजस्तै बिक्री गरे । यसले राजनीतिमा अपराधीकरणले थप प्रवेश पायो ।
वि.सं. २०५४ को स्थानीय निकायको निर्वाचनमा पार्टीको तर्फबाट उहाँ तत्कालीन ताथली गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित हुनुभयो । म पार्टीको तर्फबाट भक्तपुर नगरपालिकाको प्रमुखमा निर्वाचित थिएँ । त्यसबेला पार्टीले भक्तपुरलाई “एक घर एक स्नातक” बनाउने लक्ष्य निर्धारण ग¥यो । भक्तपुर नगरपालिकाले ख्वप उच्च मावि स्थापना र सञ्चालन गर्दा उहाँ पनि व्यवस्थापन समितिको सदस्य हुनुहुन्थ्यो । उहाँ ख्वप कलेज र ख्वप इञ्जिनियरिङ कलेजको व्यवस्थापन समितिको पनि सदस्य हुनुहुन्थ्यो । कहिलेकाही व्यवस्थापन समितिको बैठकमा अबेरसम्म बस्नुपरे पनि उहाँ गा¥हो मान्नु हुन्नथ्यो । यसप्रकार उहाँले स्थानीयको साथसाथै जिल्ला र देशको शिक्षा क्षेत्रमा योगदान गर्नुभएको थियो ।
तत्कालीन देउवा सरकारको सिफारिसमा वि.सं. २०५८ असोज १८ गते जनताबाट निर्वाचित संसद भङ्ग गरियो र प्रतिगमनले टाउको उठायो । नेमकिपालगायत राजनीतिक दलहरूको नेतृत्वमा सुरु भएको प्रतिगमन विरोधी जनआन्दोलनमा उहाँ निरन्तर सक्रिय हुनुभयो । तत्कालीन एमाले आन्दोलन छाडेर प्रतिगमन आधा सच्चियो भनेर देउवाको प्रतिगामी सरकारमा सामेल भयो । नेपाल मजदुर किसान पार्टीलगायतको नेतृत्वमा प्रतिगमनविरोधी आन्दोलन चालू रह्यो । आफ्नो स्वास्थ्यलाई ख्याल नगरी निरन्तर जनआन्दोलनमा लाग्नुभएका उहाँ प्रतिगमन अन्त्य हुनुभन्दा आठ महिना अगाडि वि.सं. २०६२ साल साउन २४ गते यो संसारबाट बिदा हुनुभयो ।
हँसिलो मुहार र मीठो बोली वचन उहाँको परिचय थियो । जनताको काम आफू सँगसँगै लागेर सम्पन्न गर्ने उहाँको अर्को विशेषता थियो । उहाँको भौतिक शरीर हाम्रो सामु नभए पनि उहाँले पार्टी, ताथली, भक्तपुर र देशको लागि गर्नुभएको योगदान सदा ताजा रहनेछ । आज उहाँको जीवन देश र जनताको सेवा गर्न चाहने नयाँ पुस्ताको लागि पे्ररणा बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *