यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
हिटलरका सञ्चारमन्त्री गोएबल्सको नीति थियो–‘एउटै झूटलाई हजार पटक दोहो¥याएर सत्य बनाउन सकिन्छ ।’ नाजीवादी सत्ता टिकाउन गोएबल्सको यो नीति हिटलरलाई निकै उपयोगी भएको थियो । तर जब हिटलर सारा सम्भावनाका बाटा बन्द भएर आत्महत्याको बाटो पछ्याउन बाध्य भए, गोएबल्सको यो नीतिले पनि उनलाई साथ दिएन । गोएबल्स स्वयंले पनि आत्महत्या गर्नुप¥यो । हिटलर पनि सके, गोएबल्सको असत्यलाई सत्य प्रमाणित गर्ने विचार पनि सक्यो । गोएबल्सको यो नीति आज पनि संसारका पुँजीवादी राजनीतिक शक्ति र मिडियाले व्यवहारमा प्रयोग गर्ने गरेका छन् ।
नेपालका प्रधानमन्त्री केपीले ओली पनि आज गोएबल्सको यही नीतिलाई पछ्याइरहेका छन् । शनिबार प्रदेश नं २ को प्रदेशसभामा बोल्ने क्रममा प्रधानमन्त्रीले विगतमा बोल्ने गरेका असत्य कुरा दोहो¥याए । रुस, अमेरिका र जापानमा आँप नपाइने र नेपालबाट पठाउन सकिने जस्ता उनको अभिव्यक्ति असत्यमा आधारित छ । आँप रुस, अमेरिका र जापानमा नपाइने कुरा सत्य होइन ।
संसारमा असम्भव भनेको केही पनि छैन । तर सम्भावना पनि सापेक्षिक कुरा हो । असम्भव भनेको केही छैन भनेर पूरा हुने आधार नै नभएका कुरा गर्दै हिंड्नु सपनाको व्यापार गर्नुमात्र हो । ओलीले यसअघि पनि धेरै सम्भावनाका कुरा गरिसके । कतिले त्यसलाई सकारात्मक रुपमा अथ्र्याए । विगतका सरकारको व्यवहारबाट आजित नेपाली जनतालाई ओलीले सपनाको व्यापार गरेर आफू साखुल्य हुने प्रयास गरे ।
ओली सरकार बनेको आजबाट छ महिना पुग्दैछ । यो अवधिमा ओलीले सपनाका बिस्कुन धेरै ठाउँमा बिछ्याए । तर कार्यान्वयनको लागि भने कुनै ठोस काम भएको जनताले महसुस गर्न सकेका छैनन् । स–साना सहायक बाटामात्र होइनन्–प्रमुख राजमार्गहरूसमेत, मोफसलमा मात्र होइन–राजधानीको केन्द्रकै बाटाघाटामा समेत सरकारले देखिने गरी कुनै परिवर्तन गर्न नसक्दा ओलीको रेलको सपनाले जनता आशावादी होइनन्, निराश हुन थालेका छन् ।
ओलीले घर–घरमा ग्यास पु¥याउने, वृद्धवृद्धालाई ५ हजार भत्ता दिने जस्ता सस्ता लोकप्रियताका धेरै भाषण गरे । तर आज ‘शक्तिशाली’ प्रधानमन्त्री भएर पनि उनले कार्यान्वयनको कुनै विश्वसनीय काम गर्नु त परको कुरा, उल्टो जनताको थाप्लोमा करको भारी थोपर्दै जानुले ती भनाइमा कुनै गम्भीरता नभएको प्रस्ट बनाएको छ । तथापि ओलीले त्यही कुरा दोहो¥याइरहनु गोएबल्सको सिद्धान्तको नेपाली संस्करण हो । ओली पटक–पटक झूट र अवस्तुगत कुरा बोलेर तिनलाई सही पुष्टि गर्न खोजिरहेका छन् ।
तर आजको पुस्ताको चेतनाको स्तरले ओलीको बोलीलाई सधैं अन्धविश्वास गरिरहने अवस्था छैन । वैकल्पिक मिडियाको रुपमा स्थापित बन्दै गएको सामाजिक सञ्जालमा प्रधानमन्त्री, मन्त्री र सत्तासीन दलका नेता–सांसदहरूका भनाइप्रति जनताको प्रतिक्रिया र कटाक्षले जनताले सजिलै प्रधानमन्त्रीका भनाइमा सही थापिहाल्ने अवस्थामा आज छैन भन्ने कुरा सड्ढेत गर्दछ ।
प्रधानमन्त्रीले नै झूटको आधारमा शासन चलाउने भएपछि उनका सबै कार्यकर्ता र समग्रमा देश नै झूटको आडमा चल्न सक्छ । देशलाई साँच्चै विकास र समृद्धिको बाटोमा अघि बढाउन आजको सत्तासीन पार्टी चाहेको हो भने यस्ता हचुवा र सस्ता अभिव्यक्ति त्याग्न जरुरी छ । यस्ता अभिव्यक्तिले केही दिनको लागि हाईहाई त कमाउन सकिएला । तर अन्ततः यसको परिणाम उपयुक्त नआउनेमा शड्ढा छैन । तसर्थ प्रधानमन्त्रीले गोएबल्सको झूटा सपनाको व्यापार गर्न छोड्नुपर्दछ र नेपाली जनतालाई भूसतहमा उभिने बनाउनुपर्दछ ।
Leave a Reply