यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
–क्रिश्चिना
साउन ३० को राजधानीमा ध्रुव लम्सालले लेखेको ‘कर्ण शाक्यले माफी माग्नु पर्दैन ?’ शीषर्कको लेखले सबैलाई झस्कायो ।
‘सोच’, ‘खोज’, ‘मोज’ र ‘म सक्छु’ जस्ता किताब लेखेर नाम कमाएका कर्ण शाक्यले ‘सम्पदा मिचेर रिसोर्ट’ बनाएकोमा धु्रव लम्सालको आपत्ति हो । शाक्यको रिसोर्टको अधिकांश संरचना फेवातालको ६५ मिटर क्षेत्रभित्र बनेको छ । पानी शुद्धीकरण गर्ने ट्याड्ढ, स्वीमिङ पुल, शौचालय, बगैंचा, पालेघरलगायत भौतिक पूर्वाधार ६५ मिटरभित्रै पर्छ ।
उक्त लेखमा भनिएको छ,– ‘‘शाक्यकै लगानीमा बनेको ‘पार्क भिलेज वाटर फ्रन्ट रिसोर्ट’ ले सम्पदाको दोहन गरेको निष्कर्ष सरकारले बनाएको छानबिन समितिले निकालेको छ । छानबिन समितिको अध्ययनअनुसार शाक्यले फेवातालको जग्गा अतिक्रमण गरेर आफ्नै लगानीमा रिसोर्ट बनाएका छन् । पोखरा नगर विकास योजनाअनुसार फेवातालको ६५ मिटर (दुई सय फिट) भित्र कुनै पनि संरचना बनाउन पाइँदैन ।’’
लेखक अगाडि लेख्छन्, ‘‘उनी जत्तिको व्यक्तिलाई फेवातालको ६५ मिटरभित्र सम्पदा बनाउन पाइँदैन भन्ने थाहा नभएको पनि होइन । उनको नियत खराब छ भन्ने कुरा स्पष्ट देखिन्छ । … सत्ता र शक्तिको आडमा सार्वजनिक सम्पत्ति दोहन गर्ने व्यक्तिको सूची बनाउँदै जाने हो भने त्यस्ता धेरै व्यक्ति भेटिन्छन् । …. उनले लेखेका कुनै किताबको आशय हो – पौरखमा उद्यम गर्नू, भएको सम्पत्ति र ऊर्जालाई खेर नफाल्नू । ‘हेरौं यो उमेरमा आफ्नो कद उँचो बनाउँछन् वा अरुले मिच्दा केही नहुने मैले किन भत्काउने भनेर बस्छन् ।’’
साहु–महाजन, उद्योगपति, व्यापारी, ठेकेदार, घर–जग्गाका दलाल र व्यापारी, तस्कर, काला–बजारी, बैड्ढ, बसदेखि यातायात र हवाईजहाज मालिक, तारे होटल र रिसोर्ट एवं म्यानपावर कम्पनीका मालिक वा नयाँ गल्लावालहरु एवं माथिल्ला स्तरका चेलीबेटी बेच्ने, जीउ म्हास्नेहरु सबै अहिले नेपालका पुँजीपति वर्गमा गनिन्छन् । हिजो राजदरवारको वरपर तथा भारतीय दूतावासको छत्रछायामा बस्नेहरुले काठमाडौंको बागमती, विष्णुमती र मनहराका किनारा अनि टुकुचासमेत खाए भने आज नेका, एमाले, माओवादी केन्द्र, मधेसवादी दलहरु मिलेर काठमाडौंलाई ‘नर्क’ बनाए– मनपरी सार्वजनिक जग्गा मिची मापदण्डविपरीत पक्की निर्माण कार्यहरु गरे ।
पुँजीको कुनै सीमा हुन्न । देशभरका ठूला–ठालू, जालीफटाहा सबैले काठमाडौंलाई फोहर गरेजस्तै काठमाडौंका पुँजीपतिहरु मिलेर पोखरा र फेवाताल मिच्दैछन् ।
एकपटक रुसी लेखक म्याक्सिम गोर्कीले अमेरिकाका तत्कालीन सबभन्दा ठूलो पुँजीपति रक फेलरसँग सोधेका थिए– ‘‘पैसा कमाउन गा¥हो छ ?’’ रक फेलरले जवाफ दिए, ‘‘अहँ, सस्तोले किनेको सामान महँगोमा बेच्ने हो, गा¥हो छैन ।’’
नेपालका शोषक र पुँजीपतिहरुसँग सोधेमा उत्तर दिनेछन् – ‘‘गा¥हो छैन, नेका, एमाले, माओवादी केन्द्र, मधेसवादी दल र राप्रपाहरु सरकारमा छन्, काठमाडौंको सार्वजनिक जग्गा आफ्नो गर्न गा¥हो छैन, चुनावमा डल्लै चन्दा दिएकोले सबै काम फत्ते हुन्छ ।’’
३० साउन २०७५ को नागरिक दैनिकमा प्रशान्त लामिछानेले लेखे – ‘‘कर्ण शाक्यको होटलबाट निस्कने पानी हानिकारक ।’’ लेखक अगाडि लेख्छन् – ‘‘होटलबाट निस्कने पानीमा प्रतिलिटर ०.१२ एमजी लिडको मात्रा भेटिएको छ । लिडको मात्रा बढी भएको पानी जलचरका लागि हानिकारक हुन्छ भने मानवीय प्रयोगको लागि खतरा हुने गर्छ ।’’
कर्ण शाक्यले भक्तपुरको नगरकोटमा आफ्नो होटलको निम्ति नगरकोटको खानेपानी ४ इञ्च पाइप लाइनबाट लगेका थिए । त्यसको अनुकरण अरुले पनि गरे, अनि नगरमा खानेपानीको हाहाकार भयो । देश र जनतालाई नै चुसेर धनी बन्ने त हुन् – सामन्त र पुँजीपति वर्ग वा नवधनाढ्यहरु !
Leave a Reply