भर्खरै :

सम्पादकको आँखामा समिर अमिन

समिर अमिन–एक जना कामरेड र मन्थली रिभ्युका एक जना मित्र । साथै रिभ्यु प्रेसबाट छापिएका विभिन्न पुस्तकका एकजना प्रतिष्ठित लेखक । उनको निधन भयो । उनले एउटा लामो र बिस्तारित जीवनयात्रा छिचोले । उनी एकाधिकार पुँजीको सिद्धान्तका एकजना सुरुका प्रतिपादक र सिद्धान्तकार थिए । उनी पाउल बारन, पाउल स्वीजी, ह्यारी म्यागडफ र ह्यारी बे्रभम्यान आदि चिन्तकका समकालीन र उत्तराधिकारी हुन् ।
अमिन एकजना सिद्धहस्त अर्थशास्त्रीमात्र होइनन्, बरु आजको विश्वका कुनाकाप्चामा भइरहेका समकालीन राजनीतिक विकासक्रमको विलक्षण विश्लेषक पनि हुन् । एकाधिकार पुँजीको सिद्धान्तलाई संसारभर, विशेषतः दक्षिणी गोर्लाद्र्धमा बिस्तार गर्ने उनी सम्भवतः एक्लो र दृढनिश्चयी विद्वान् हुन् ।
अमिनका केही पुस्तकको सम्पादनसम्बन्धी केही काम गरेको थिएँ । एक जना प्रतिष्ठित लेखकको पुस्तकमा सम्पादनको काम गर्नु कम हिम्मतको काम थिएन । अमिन आफ्नो लेखमा निकै छोटोमा मात्र स्रोत खुलाउने गर्थे । मैले सम्पादनको क्रममा ती सबै कुराको खोजी पत्ता लगाउनुपथ्र्यो । खाली ठाउँ भर्ने जिम्मा मेरो हुने गथ्र्यो । तथापि जब म कुनै गल्ती भेटाउँथेंँ अथवा कुनै कुरा अस्पष्ट भएको देखेंँ भने म त्यसमा केही हेरफेर गर्ने गर्थें । ती सम्पादित पाठ केही टिप्पणीसहित म अमिनलाई पठाउँथेंँ । उनी तुरुन्तै र आभारभावका साथ मलाई मैले गरेको मिहिनेतप्रति धन्यवाद प्रकट गर्थे । इस्टभान मेसजारोसजस्तै अमिन पनि हामीसँगको संवादमा निकै नम्रभाषी र मैत्रीपूर्ण थिए । मेरो लागि यस्तो सद्व्यवहार उनको कृतिमा भेटिने साँचो विद्वान् र क्रान्तिकारीकै एउटा हिस्सा हो । सद्व्यवहार लेखकको आयुभन्दा लामो आयु बाँच्छ र त्यसले नै संसारमा आमूल परिवर्तन गर्न चाहने सबैलाई प्रोत्साहन दिने गर्दछ ।
माइकल डी याट्च मन्थली रिभ्युका सहसम्पादक र मन्थली रिभ्यु प्रेसका सम्पादकीय निर्देशक हुन् । मजदुर युनियन, कामदार वर्गको अवस्था र श्रम प्रक्रियाबारे उनले धेरै किताब लेखेका छन् ।
स्रोतः मन्थ्ली रिभ्यु अनलाइन
नेपाली अनुवादः शुसिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *