अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
गुज्रेको म्याद वा तारेख थाम्न पाउने व्यवस्थामा सुधार
– म्यादको हकमा एक पटक पन्ध्र दिनसम्म र तारेखको हकमा दुईपटक एक्काइस दिनसम्म थमाउन सकिने व्यवस्था प्रस्ताव गरिएको ।
श्रव्य दृश्य संवाद (भिडियो कन्फरेन्स) को प्रयोग गर्न सकिने
अति वृद्ध अवस्था, शारीरिक अशक्तता, अस्वस्थता वा नेपाल बाहिर रहे बसेको कारण कुनै साक्षी अदालतमा उपस्थित हुन नसक्ने कारण देखाई त्यस्तो साक्षीको श्रव्य–दृश्य सम्वादको माध्यमबाट परीक्षण हुन मुद्दाको कुनै पक्षले अदालतमा निवेदन दिएमा त्यस्तो व्यहोरा अदालतलाई मनासिव लागेमा अदालतले त्यस्ता साक्षीको श्रव्य–दृश्य संवादको माध्यमबाट परीक्षण गर्न सकिने ।
निर्णय गर्नुपर्ने र फैसला तयार गर्नुपर्ने अवधि निर्धारण
मुद्दामा प्रमाण बुझ्ने काम सम्पन्न भएको सामान्यतया एक महिनाभित्र निर्णय गर्नुपर्ने र निर्णय भएको एक्काईस दिनभित्र फैसला तयार गर्नुपर्ने त्यसरी तयार भएको फैसलामा न्यायाधीशले मिति उल्लेख गरी प्रमाणीकरण गर्ने,
मिलापत्र वा मेलमिलापको माध्यमबाट फैसलाको कार्यान्वयन
पक्षहरूले मिलापत्र वा मेलमिलापको माध्यमबाट फैसलाको कार्यान्वयन गर्न चाहेमा अदालतमा संयुक्त निवेदन दिएर मिलापत्र वा मेलमिलापको माध्यमद्वारा फैसला कार्यान्वयन गर्न अवसर दिइने ।
चलन चलाउने कार्यविधिमा सुधार
– कानुनबमोजिम कित्ताकाट हुन नसकी बण्डा वा चलन चलाउन नसिकने क्षेत्रफलको जग्गा वा भौतिक संरचना भएमा अदालतले दुवै पक्षको सहमतिमा मूल्य कायम भएमा सहमति भएबमोजिम मूल्य र पक्षको सहमतिमा मूल्य कायम भएमा सहमति नभएमा पञ्चकिर्ती मूल्य कायम गरी वा लिलाम बिक्री गरी चलन पाउने पक्षलाई त्यस आधारमा चलन चलाई दिनुपर्ने र चलन चलाउँदा कुनै पक्षले नगदै बुझाउन चाहेमा नगदै बुझाउन सक्ने,
– अन्य व्यक्तिको जग्गा मिची भौतिक संरचना निर्माण गरेको वा बनाएको ठहर भई चलन चलाउनुपर्दा संरचना नभत्काई क्षतिपूर्ति लेनदेन गर्न पक्षहरू सहमत भए सोहीबमोजिम र संरचना नभत्काउने कुरामा सहमत भएपनि क्षतिपूर्ति रकममा सहमति हुन नसकेमा पञ्चकिर्ती मूल्य कायम गरी त्यस्तो मूल्यमा पच्चीस प्रतिशत थप रकम चलन चलाई पाउने पक्षलाई भराई दिइने,
अंशबण्डासम्बन्धी नयाँ व्यवस्था
धेरै अंशियार भएको कारणल बण्डा गर्नुपर्ने सम्पत्ति बण्डा गर्दा सबै अंशियारले समान रुपमा उपभोग गर्न नमिलने वा त्यस्तो सम्पत्ति बण्डा गर्दा घर, जग्गा वा जिन्सी सम्पत्तिको रुप परिर्वतन भई प्रयोग गर्न नमिल्ने भएमा त्यस्तो सम्पत्तिको अंशियारहरूबीचको सहमतिले कुनै मूल्य कायम भएमा त्यस्तो मूल्यमा र मूल्यमा सहमति नभएमा पञ्चकिर्ती मूल्यमा कुनै अंशियारले लिन सक्ने गरी बण्डा गरिने ।
नाबालक, अशक्त तथा बेपत्ता भएका व्यक्तिको तर्फबाट मुद्दा गर्ने
कानुनबमोजिम उमेर नपुगेको वृद्ध, नाबालक, दृष्टिविहीन तथा बोल्न नसक्ने वा होस ठेगाना नरहेको व्यक्तिको हक अधिकारको संरक्षण गर्नको लागि त्यस्ता व्यक्तिको तर्फबाट अदालतको अनुमति लिई संरक्षकले फिरादपत्र, प्रतिउत्तरपत्र, पुनरावेदनापत्र र निवेदनपत्र दिनसक्ने ।
अदालती म्याद वा सूचना प्रकाशनको लागि दिन निर्धारण
अदालतबाट कुनै म्याद वा सूचना पत्रिकामा प्रकाशन गर्दा राष्ट्रिय स्तरको दैनिक समाचारपत्रमा सर्वोच्च अदालतले निर्धारण गरेको दिन प्रकाशन गर्नुपर्ने ।
समयमा काम नगर्ने कर्मचारीलाई कारवाही हुने
मुलुकी देवानी कार्यविधि संहिताबमोजिमको कार्य सम्पादन गर्नुपर्ने दायित्व भएको कुनै कर्मजारीले संहितामा निर्धारण भएको अवधिभित्र कुनै कार्य सम्पदान नगरेमा मर्का पर्ने पक्षले निजको विरुद्धमा सम्बन्धित अदालतको न्यायाधीशसमक्ष उजुरी दिनसक्ने र मनासिव कारणबिना निजले गर्नुपर्ने काम समयमै सम्पादन गरेको नेदेखिएमा न्यायाधीशले निजलाई विभगीय कारबाही गर्न आदेश दिनसक्ने ।
२.३ मुलुकी अपराधसंहिता
नेपाल बाहिर कसूर गरेमा नेपालमा सजाय हुने
सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकताउपर खलल गर्ने, राजद्रोह, नेपालविरुद्ध युद्ध गर्ने वा नेपालसँग युद्धमा संलग्न राज्यका सेनालाई सहायता गर्ने, राष्ट्रहित प्रतिकूल काम गर्ने, जातिहत्यालगायतका संहिताले कसूर कायम गरेका कतिपय अपराध नेपाल बाहिर गरे पनि नेपालमा सजाय हुने ।
– कसूरको गम्भीरता बढाउने र घटाउने आधार निर्धारण गरिएको
सामान्यतया सजायको व्यवस्थामा माथिल्लो हदको मात्र व्यवस्था गरिएको र कसूरको गम्भीरता घटाउने तथा बढाउने अवस्थाको आधारमा मूल्याङ्कन गरी सजाय निर्धारण गर्नुपर्ने ः
कसूरको गम्भीरता बढाउने अवस्थाहरू
– राष्ट्रपति वा सरकार प्रमुख वा विदेशी राज्य प्रमुखको विरुद्ध कसूर गरेको
– राष्ट्रपति वा सरकार प्रमुख वा विदेशी राज्य प्रमुखको उपस्थितिमा कसूर गरेको
– विश्वासको दुरुपयोग गरी कसूर गरेको
– कुनै सार्वजनिक पदको लाभ उठाई वा दुरुपयोग गरी कसूर गरेको
– सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो पदीय कर्तव्य पालन गर्न लागेकोमा बाधा पु¥याउने वा निजलाई कुनै गैरकानुनी काम गर्न लगाउने नियतले कसूर गरेको
– कुनै सरकारी कार्यालय, सार्वजनिक कार्यालय वा धार्मिक स्थलमा कसूर गरेको
– पाँच वा पाँचभन्दा बढी व्यक्तिहरू समूहमा आबद्ध भई कसूर गरेको
– सार्वजिनक शान्ति खलबलिएको, बाढी, पहिरो, भूकम्प वा त्यस्तै प्रकृतिको दैवी प्रकोप भएको, महामारी फैलिएको, अनिकाल परेको वा त्यस्तै किसिमको अन्य कुनै सड्ढटको लाभ लिई कसूर गरेको
– हातहतियार वा विषालु वा विस्फोटक पदार्थ साथमा लिई वा प्रयोग गरी वा विद्युत् प्रवाह गरी वा विद्युतीय उपकरण प्रयोग गरी कसूर गरेको वा हातहतियार वा विषालु वा विस्फोटक पदार्थ लिएको मानिसको मद्दतबाट कसूर गरेको
– एक पटक कैद सजाय पाएको कसूरदारले पुनः कसूर गरेको
– कुनै पारितोषिक वा लाभ वा आश्वासन पाई पाउने प्रलोभनमा परी कसूर गरेको
– आफ्नो संरक्षण वा निययन्त्रणमा रहेको व्यक्ति वा जिम्मामा रहेको सम्पत्तिको विरुद्ध कसूर गरेको
– कसैलाई क्रूर यातना, अमानवीय वा अपमानजन्य व्यवहार गरी कसूर गरेको
– एकै वारदातमा एकभन्दा बढी कसूर गरेको
– एकै वारदातमा एकभन्दा बढी व्यक्तिका विरुद्ध कसूर गरेको
– कसैलाई अपहरण गरी वा शरीर बन्धक लिई कसूर गरेको
– थुना, हिरासत, कैद वा नियन्त्रणामा रहेको व्यक्ति विरुद्ध कसूर गरेको
– आफूले सुरक्षा गर्नुपर्ने व्यक्तिको विरुद्ध कसूर गरेको
– जाति हत्या (जेनोसाइड) को उद्देश्य कसूर गरेको
– कुनै समुदाय विरुद्ध घृणा उत्पन्न गर्ने उद्देश्यले कसूर गरेको
– मानवताविरुद्धको कसूर गरेको
– नियोजित वा सङ्गठित रुपमा कसूर गरेको
– पचहत्तर वर्षमाथिको वृद्धावस्था वा शारीरिक वा मानसिक अस्वस्थताले गर्दा होस ठेगानमा नरहेको वा अपाङ्गताको कारणले आफ्नो बचाउ गर्नसक्ने स्थितिमा नभएको व्यक्ति वा बालबालिकाको विरुद्ध कसूर गरेको
– सवारी वा विमान दुर्घटना वा प्राकृतिक प्रकोप पर्दा उद्धार गर्ने काममा खटिँदा कसूर गरेको
– एकपटक कुनै कसूरबाट पीडित भइसकेको व्यक्तिका विरुद्ध सोही कसूरदारले अर्को कसूर गरेको
कसूरको गम्भीरता घटाउने अवस्थाहरू
– कसूरदारको उमेर अठार वर्षभन्दा कम वा पचहत्तर वर्षभन्दा माथि भएको
– कसूरदारको कसूर गर्ने नियत नभएको
– जुन व्यक्तिको विरुद्ध कसूर भएको छ त्यस्तो व्यक्तिले कसूरदारलाई कसूर हुनुभन्दा तत्काल अघि उत्तेजित गरेको वा धम्की दिएको
– कसूरदार वा निजको कुनै नजिकको नातेदारका विरुद्ध गरिएको कुनै गम्भीर कसूरको प्रतिकारको रुपमा तत्कालै कसूर भएको
– कसूरदारले स्वेच्छाले कसूर स्वीकार गरेको वा त्यस्तो कसूर गरे बापत पश्चाताप गरेको
– कसूरदारले सम्बन्धित अधिकारीसमक्ष आत्मसर्मपण गरेको
– कसूरदारले आफूले गरेको कसूर स्वीकार गरी पीडितलाई क्षतिपूर्ति दिइसकेको वा दिन मञ्जुर गरेको
– शारीरिक, मानसिक तथा अपाङ्गताको कारणले गर्दा कसूरदारको क्षमता ह«ास भएको
– पीडित पक्ष र समाजलाई हुन गएको हानि, नोक्सानीको मात्रा उल्लेखनीय नदेखिएको
– अदालतमा साँचो कुरा व्यक्त गरी न्यायिक प्रक्रियामा सहयोग पु¥याएको
– कसूर स्वीकार गरी भविष्यमा फौजदारी कसूर नगर्ने प्रतिबद्धता व्यक्त गरेको
– कसैको बहकाउ वा दबाबमा अपराध गरेको
सामुदायिक सेवादेखि आजीवन कैदसम्मको सजाय
कसूरको प्रकृति र गम्भीरताको आधारमा सामुदायिक सेवा गर्नुपर्ने देखि निश्चित अवधिको कैद, जरिवाना, कैद र जरिवाना वा दुवै, जरिवाना, क्षतिपूर्ति नतिरे बापत कैद जन्मकैद, आजीवन कैद सम्मको सजाय हुने ।
आजीवन (जीवित रहेसम्म) कैद हुने
देहायका कसूरमा आजीवन (जीवन रहेसम्म) कैद हुने ः
– जवरजस्ती करणी गरी ज्यान मारेको,
– क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको,
– वायुयान अपहरण गरी वा वायुयान विस्फोट गरी ज्यान मारेको,
– अपहरण गरी वा शरीरबन्धक लिई ज्यान मारेको,
– सार्वजनिक रुपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको,
– कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै लोप गर्ने जाति हत्या (जेनोसाइड) गरेको वा गर्ने उद्देश्यले कसूर गरेको ।
जन्मकैदको गणना गर्दा पच्चीस वर्ष गणना गरिने ।
कैदको अनुपातमा जरिवाना हुने
कैद र जरिवानाबीच तादात्म्यता हुने गरी सजायको व्यवस्था गरिएको (जस्तैः– प्रत्येक एक वर्ष कैदको अनुपातमा दश हजार रुपैयाँ जरिवाना) ।
जरिवाना नतिरेमा कैद हुने
– कैद र जरिवाना दुवै सजाय हुने कसूरमा जरिवानाबापत दश वर्षसम्म कैद हुनसक्ने,
– कैद वा जरिवानामध्ये कुनै वा दुवै सजाय हुनसक्ने कसूरमा जरिवानाबापत अधिकतम कैदको आधासम्म कैैद हुनसक्ने,
– जरिवाना मात्र हुने कसूरमा दुई वर्ष सम्म कैद हुन सक्ने ।
अपराधपीडितले मुद्दाको काम कारवाहीको जानकारी पाउने
क्षतिपूर्ति तया पुनःस्थापना सहितको न्याय पाउने
अपराध पीडितलाई पीडकबाट क्षतिपूर्ति भराई दिने, मुद्दा फैसला नहुँदै अन्तरिम क्षतिपूर्ति उपलब्ध गराउने तथा सामाजिक न्याय सहितको पुनःस्थापनाको हक हुने ।
षड्यन्त्र, उद्योग, दुरुत्साहन गर्ने तथा मतियारलाई सजाय
कसूरको षडयन्त्र, उद्योग, दुरुत्साहन तथा मतियारलाई सामान्यतयाः मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय हुने ।
बालबालिकाबाट कसूर गराएमा उमेर पुगेकालाई सजाय हुने
कुनै बालबालिकालाई फकाई, सिकाई वा प्रभावमा पारी कुनै कसूर गर्न लगाएमा त्यसरी कसूर गर्न लगाउनेलाई आफँैले कसूर गरेसरह सजाय हुने ।
कसूरसँग सम्बन्धित साधन जफत हुने
कसूूरबाट आर्जन गरेको र कसूर गर्दा प्रयोग गरेको साधन जफत गरिने ।
सजायमा छुट दिन सकिने
कसूरदारले आफूले गरेको कसूर स्वीकार गरी त्यस्तो कसुरका सम्बन्धमा प्रमाण जुटाउन, अन्य अभियुक्त वा त्यसको गिरोह वा मतियारलाई पक्राउ गर्न, अनुसन्धान, अभियोजन पक्ष वा अदालतलाई सघाउ पु¥याएमा ५० प्रतिशतसम्म सजाय छुट हुनसक्ने ।
विवाह बदर हुने
मन्जुरी बिना भएको विवाह, हाडनातामा भएको विवाह, बाल विवाह, बहु विवाह बदर हुने ।
Leave a Reply