अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
१० भदौ २०७५ को ‘नागरिक’ मा आदित्यमान श्रेष्ठले ‘गोरखाली भाडाका सेना हुन् ?’ शीर्षकको लेखमा भारतजस्तै १८ देशको बारेमा बयान गरेका छन् । जसले नेपाल, भुटान तिब्बतजस्ता देशका नागरिक एवं शरणार्थीहरूलाई पनि आफ्नो सेनामा राख्छन् । बेलायतले गोरखालीजस्तै अन्य कमनवेल्थ मुलुकका नागरिकहरूलाई पनि आफ्नो सेनामा राखेका छन् । अष्टे«लिया, क्यानाडा, संरा अमेरिका, स्पेन, फ्रान्स आदि देशले पनि न्युजिल्याण्ड, आफ्नो देशमा बसोबास गरेका नागरिकहरू, आफ्ना उपनिवेशहरू र आ–आफ्ना भाषा बोल्नेहरूलाई समेत आफ्नो सेनामा राख्छन् । युरोपमा त सबैजसो देशले विदेशी नागरिकहरूलाई पनि आ–आफ्ना देशका सेनामा राखेका छन्, यसकारण ‘गोरखाली भाडाका सेना’ होइनन् भन्ने आशय व्यक्त गरेका छन् ।
सत्य के हो भने दास युगमा विभिन्न भाषा–भाषी वा जितिएका मुलुकका वासिन्दा वा दासहरूलाई आफ्नो लडाकु् वा भाडाका सिपाही बनाउँथे । नेपाली गोरखालीहरूलाई पहिलो चोटी संयुक्त राष्ट्र सङ्घमा ‘भाडाका टट्टु’ भन्ने व्यक्ति अमेरिकी राजदूत वा प्रतिनिधि मोहियान हुन् । यसबारे नेपालको संसदमा त्यसको विरोध वा प्रस· उठेको थियो । त्यसपछि नेपाली काङ्ग्रेसका एक सांसद वा भूतपूर्व गोरखालीले ३ वा ५ प्रतिशत मत प्राप्त नगर्ने राजनैतिक दललाई ‘राष्ट्रिय’ पार्टीको मान्यता दिनुहुन्न भनी पहिलोपटक ‘मतसीमा’ (थ्रेसहोल्ड) को कुरा उठाएका थिए ।
अमेरिकी स्वतन्त्रता आन्दोलनमा बेलायती साम्राज्यवादको विरोधमा अफ्रिकी दासहरू पनि लडेका थिए, बेलायतलाई बदला लिने फ्रान्सेलीहरूले पनि स्वतन्त्रता आन्दोलनलाई सहयोग गर्न फ्रान्सको सरकारले सेना पठाएको थियो, पेरिस कम्युन (१८७०–७१) मा अन्य यूरोपेली राजनैतिक शरणार्थी बनेका मजदुर र कम्युनिष्ट नेता र कार्यकर्ताले पनि सशस्त्र सङ्घर्षमा भाग लिएका थिए । १९१७ को रूसी बोल्शेविक क्रान्तिमा समेत अन्तर्राष्ट्रिय सैनिक टोली बनाइएको थियो । पेरिस कम्युन र बोल्शेविक क्रान्तिमा चिनियाँ, भियतनामी र अन्य उपनिवेशवादविरोधी देशका जनताले पनि सङ्घर्षमा भाग लिएका थिए । कोरिया युद्ध (१९५०–५३) मा अमेरिकी आक्रमणको विरोधमा ३ लाख चिनियाँ स्वयंसेवकहरूले भाग लिएका थिए, फ्रान्सेली साम्राज्यवादको विरोधमा भियतनामको डियन वियन फूको सुरूङ युद्धमा चीन, भियतनाम र कोरियाली छानिएका सैनिकहरूले पनि भाग लिएको गुप्त कुरा थिएन, त्यस्तै क्युवाली क्रान्तिकारी स्वयं सेवकहरूले अफ्रिकी उपनिवेशवाद र र·भेदको विरोधमा सशस्त्र सङ्घर्ष गरी अफ्रिका मुक्तिमा अन्तर्राष्ट्रिय कर्तव्य पूरा गरेका थिए । क्यानाडेली डा. नर्मन बेथुनले स्पेनको गृह युद्धमा स्पेनियाली क्रान्तिमा सहयोग गरे, त्यसपछि चीनको जापानविरोधी लडाईँमा नर्मन बथेुन, डा. कोटनिस, डा. बसु गरी ४–५ जना भारतीय सपुतहरू, अन्य अमेरिकी र युरोपेली प्रगतिशील र क्रान्तिकारी पत्रकार लेखकहरूले चीनको क्रान्तिमा आ–आफ्नो क्षेत्रबाट योगदान गरे ।
तर ती अन्तर्राष्ट्रवादी कम्युनिष्ट, प्रगतिशील व्यक्तिहरू र स्वयंसेवकहरूले पैसाको निम्ति लडेका वा सहयोग गरेका होइनन् बरू आफूलाई सिद्धान्त तथा कर्तव्यहरूको निम्ति आ–आफ्ना देशका जनताको तर्फबाट समर्पित भएका थिए । तर नेपाली गोर्खालीहरूले कुनै सिद्धान्त र अन्तर्राष्ट्रवादी भएर बेलायती साम्राज्यवादलाई मद्दत गरेका होइनन् बरू लडाईँबाट नेपाल हारेकोले केहीले बेलायतसँग बदला लिन भारतीय सेनामा पुगेका थिए कोही नेपाल एक हारेको देशको रूपमा सम्झौता गरी आफ्ना नागरिकहरूलाई पैसा लिएर विदेशीको सेवामा पठाएका थिए । त्रिदलीय सन्धी यस्तै एउटा असमान सन्धि हो, नेपाली जनताको विचारमा एक कलङ्कको टीका हो ।
सन् १९६२ को भारत–चीन सीमा सङ्घर्ष नेपालको निम्ति भएको सङ्घर्ष हो । भारतमा बसेका ‘अराष्ट्रिय तत्वहरू’ ले नेपालका केही चौकीहरूमाथि आक्रमण गरी कब्जा गरेको र भारतीय विस्तारवादले नेपाललाई (जसरी पछि सिक्किमको विलय र पूर्वी पाकिस्तानमाथि आक्रमण गरी) ब·लदेशजस्तै बनाउन खोजेको थियो । त्यसैको निम्ति इन्दिरा गान्धीको पालामा सोभियत सङ्घसँग २० वर्षीय सन्धि गरेको थियो ।
सन् १९६२ को भारत–चीन सीमा सङ्घर्ष भारतकै तयारीलाई थाहा पाएर चिनिया प्रधानमन्त्री चाउ एन लाई र छन् यी नयाँ दिल्ली वार्ताको निम्ति पुगेका थिए र त्यहाँबाट चाउ एन लाई र छन्् यी नेपाल भई चीन फर्केका थिए । भारतमा त्यसबेला दक्षिणपन्थी मोरारजी देशाईको प्रभाव बढेको थियो र संरा अमेरिका र बेलायती साम्राज्यवादीहरूकै कारण भारत–चीन सङ्घर्ष भएको थियो । साप्ताहिक बिलट्जअनुसार भारतीय गुप्तचर विभागका प्रमुख नै अमेरिकी गुप्तचर विभाग (सीआईए) का व्यक्ति थिए । आज पुनः अमेरिकी साम्राज्यवाद भारतलाई अगाडि सारेर एसियामा तेस्रो विश्व युद्ध थोप्ने सुरसारमा छ । यसबाट एसियाका सारा सम्वेदनशील जनता चिन्तित र गम्भीर छन् । ‘बिमस्टेक’ त्यस अन्तर्राष्ट्रिय साम्राज्यवादी बुद्धिचाल खेलको एक कडी नहोस् भनी कामना गर्छन् ।
आदित्यमान श्रेष्ठजीको लिविया र गद्दाफीको यो मूल्याङ्कन पूर्णरूपले उल्टो हो र उहाँको सूचनाको श्रोत पूर्णरूपले अमेरिकी गुप्तचर विभागबाटै प्रचारित हुनुपर्दछ । इराकमा सद्दाम हुसेनले संरा अमेरिकी डलरसँग होइन यूरोसँग तेलको व्यापार गर्न चाहेका थिए । इराक र लिवियाको कुनै पनि तेल खानी व्यक्तिको थिएन, देशकै थियो । संरा अमेरिकी साम्राज्यवाद तेल खानी व्यक्ति–व्यक्तिको गर्न चाहन्थ्यो । ती दुवै देशका जनताको जीवनस्तर यूरोप र अमेरिकाको भन्दा कम थिएन । इराकको शिक्षा, स्वास्थ्य र अन्य बन्दोबस्त यूरोपकै दाँजोमा थियो । अमेरिकी साम्राज्यवादलाई त्यो समृद्धि मान्य थिएन । तर भित्रभित्रै सेना, प्रहरी र गुप्तचर विभाग इराकको आन्तरिक कारणले अमेरिकाको प्रभावमा थियो । गद्दाफी अमेरिकासँग लड्न चाहन्थे तर सेना, प्रहरी र गुप्तचर विभाग आणविक युद्ध हुन्छ भनी आत्मसमर्पणको पक्षमा थियो । परिणामले यो सत्य देखायो । अमेरिकी सीआईएबाटै विदेशीहरू पठाएर सद्दाम हुसेनको सालिक ढालेको, आफ्नै सेनाले औषधि खुवाएर राखी तथाकथित अदालतबाट ज्यान सजाय गर्न लगाएको जगजाहेर छ । त्यहाँका सद्दाम हुसेन समर्थक युवा स·ठनले तीनवटा ब्यारेकको हतियार लिई अमेरिकी आक्रमणको विरोधमा सङ्घर्ष गरेको थियो । त्यो आगो आज पनि निभेको छैन । संरा अमेरिकाले १० वर्षभन्दा पहिले नै निजी सेना राख्ने ऐन पारित ग¥यो । त्यसपछि अफगानिस्तान, इराक, लिविया र सिरियामा समेत नेपाली लडाकुहरू भएको सुनियो । नेपालकै एक पाँचतारे होटलमा सामान्य तालिमपछि बम्बइमा अर्को तालिम अनि त्यसपछि कतार र कतारबाट रातारात इराकमा पठाइने गरिएको चर्चा चलेकै हो । निजी सेना कूटनीतिक तथा राजनैतिक झमेला, पेन्सन र अन्य सुविधा समेत दिनु र व्यहोर्नु पर्दैन । बिनाघोषणा नेपाली युवा प्रवेश गर्न दिने काममा तत्कालीन सरकारहरू जिम्मेवार छन् ।
लिवियाको कर्नेल गद्दाफीले संयुक्त राष्ट्र सङ्घको कार्यालय न्यूयोर्क वा अमेरिकामा होइन अन्य महादेशमा राख्ने प्रस्ताव राखेका थिए । ठूलो देश, तेलको भण्डारण तथा ७० लाख मात्र जनसङ्ख्या हुँदा जीवनस्तर धेरै माथि थियो । अमेरिकी गुप्तचर विभागकै निर्देशन र योजनाअनुसार विदेशी भाडाका टट्टुहरूले गद्दाफीको हत्या र लिवियामाथि आक्रमण गरेका हुन् । एक बाल्टिन दूधमा अलिकति अमिलोले जसरी दूध फाट्छ, त्यस्तै केही विभीषणहरूकै कारण इराक र लिवियाको समृद्धि धुजाधुजा भएको हो । अमेरिकी साम्राज्यवादले अन्तिम श्वास बाँकी रहेसम्म यस्ता प्रतिगामी कदम चाल्दै जाने निश्चित छ – नाजीवाद र फासिवादले जस्तै !
Leave a Reply