भर्खरै :

लिवियामा तत्काल युद्धविराम गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

ट्रिपोली, १२ भदौ (एपी) । लिवियाको राजधानी ट्रिपोलीमा तत्काल युद्धविराम गर्नको लागि संयुक्त राष्ट्रसङ्घीय मिसन (युएनएसएमआइएल) ले सोमबार आग्रह गरेको छ ।
गत आइतबारबाट सरकारी सेना र आतङ्ककारीबीच जारी झडपपछि युएनएसएमआइएलले सो आग्रह गरेको हो । युएनएसएमआइएलले ट्रिपोलीमा भएको यस झडपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई यसप्रकारको आतङ्ककारी गतिबिधि तत्काल रोक्न आग्रह गरिएको एक विज्ञप्तिमार्फत बताइएको छ ।
आवासीय इलाकामा गरिएको जथाभावी गोली र बमवारीजस्ता निर्दयी कार्यप्रति युएनएसएमआइएलले चिन्ता व्यक्त गरेको छ । निर्दोष सर्वसाधारण नागरिकको ज्यान खतरामा परिरहेकोले यस्तो अवस्थालाई रक्षा गर्नु सबै पार्टीको दायित्व भएको पनि युएनएसएमआइएलले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *