अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
पेरिस, फ्रान्स, ११ भदौ (एएफपी) । युरोपेली सङ्घ (ईयू) अमेरिकी शक्तिमा आश्रित हुन रोकिनुपर्ने बताउँदै सोमबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले आफूले ईयूको सुरक्षा संरचनालाई प्रोत्साहित गर्ने नयाँ प्रस्ताव राख्ने बताउनुभएको छ ।
फ्रान्सका राष्ट्रपतिले कूटनीतिक कार्यसूचीलाई पुनः प्रस्तुत गर्ने सन्दर्भमा दिएको वक्तव्यमा भन्नुभयो, “युरोपले अब सुरक्षाको विषयमा अमेरिकामाथि विश्वास गर्न सक्दैन । युरोपको सुरक्षाको प्रत्याभुत गराउने कुरा हामीमा निहित कुरा हो ।”
गृष्मकालीन बिदापछि काममा फर्कने सन्दर्भमा आगामी दिनका कार्ययोजनालाई छलफल गर्न बसेको करिब २५० कूटनीतिज्ञ, सांसद तथा अन्तर्राष्ट्रिय विषयका जानकारहरू स्रोता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “प्रस्ताव ‘आगामी केही महिना’ मा सार्वजनिक गरिने छ ।” मैले रुससहित ईयू सदस्य राष्ट्रसँग हाम्रो सुरक्षाको सविस्तार समीक्षा गर्न जरुरी ठानेको छु, म्याक्रोंले भन्नुभयो ।
फ्रान्सका राष्ट्रपतिको प्रतिक्रिया परम्परागत उत्तर अटलान्टिक सन्धि सङ्गठन (नेटो) सहयोगी मुलुकसँग अमेरिकालाई टाढा राख्ने गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको श्रृङ्खलाबद्ध सङ्केतहरूपछि आएको हो ।
म्याक्राेंले ईयूको वर्तमान अवस्थालाई व्यापक सुधार ल्याउने प्रतिबद्धताका साथ गत वर्ष फ्रान्सको राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँको ईयू क्षेत्रको सुरक्षाका लागि छुट्टै बजेटसहित व्यापक राजनीतिक सुधारको नारालाई लिएर अहिलेसम्म विमति व्यक्त भएका छैनन् ।
मङ्गलबार डेनमार्क तथा फिनल्याण्डको तीन दिन लामो भ्रमणमा निस्कन लाग्नुभएका आफ्नो पछिल्लो योजनामा समर्थन जम्मा गने पहल गर्ने अनुमान गरिएको छ ।
“हामीले नयाँ पहल लिनु र नयाँ गठबन्धन बनाउनु जरुरी छ,” उहाँले थप्नुभयो ।
फ्रान्सले राष्ट्रियताबारे जागृत भएको र अतिवादले कडास्वरूप लिइरहेका समय यसबाट बच्न नयाँ सोचका साथ अघि बढ्नुपर्ने बताउनुभएको हो ।
Leave a Reply