भर्खरै :

संरा अमेरिकी नाकाबन्दी रुसलाई अस्वीकार्य

वाशिङ्टन, २८ अगस्ट । रुसका एकजना पूर्वगुप्तचरको हत्यालाई लिएर रुस र संरा अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तनावग्रस्त बनेको छ । गएको मार्च ४ मा बेलायतको दक्षिणपश्चिम सहर सालिसबरीको एउटा सपिङ मलबाहिर रुसका पूर्व डबल एजेन्ट सर्गेई स्क्रीपल र उनकी छोरी युलिया बेञ्चमा बेहोस अवस्थामा भेटिएका थिए । बेलायतले उनीहरूमाथि विषालु हमला भएको दाबी गरेको छ । हत्याको लागि बेलायतलाई रुसमाथि दोषारोपण गरेको छ । तर रुस सरकारले सो घटनामा आफ्नो कुनै संलग्नता नभएको बताउँदै आएको छ ।
सोही घटनालाई दिएर संरा अमेरिकाले रुसमा थप नयाँ नाकाबन्दी लगाउने अगस्ट ८ मा घोषणा गरेको थियो ।
रुसले भने संरा अमेरिकी नाकाबन्दीको कडा शब्दमा विरोध जनाएको छ । मस्कोले आफूमाथिको नाकाबन्दीको कडा प्रतिरोध गर्ने बताएको छ ।
संरा अमेरिकाका लागि रुसी दूतावासको फेसबुक पेजमा सो नाकाबन्दीलाई ‘निर्मम’, ‘अवैध’ र ‘एकपक्षीय’ भएको भनी प्रतिक्रिया जनाएको छ ।
‘वास्तविकता बुझ्ने शून्य प्रयास गरेर यस्तो निर्णय आएको छ । संवादको लागि हाम्रो सबै पहल निष्काम भएका छन् । यो घटनामा रुसको संग्लनताबारे कुनै प्रमाण छैन ।’, रुसको भनाइ हो ।
संरा अमेरिकी मूलधारका मिडियाले रुसबारे गलत आरोप प्रचार गरिरहेको रुसी पक्षको भनाइ छ ।
‘विश्वको सुरक्षा निर्भर रहेको द्विपक्षीय सम्बन्धको आधारभूत पक्षमा समस्या आउने गरी स्थानीय राजनीतिक शक्तिहरूले अस्वस्थ्य भूमिका निभाइरहेको हामीलाई लागेको छ ।’, रुसले आफ्नो प्रष्ट पार्ने सिलसिलामा भनेको छ, ‘संरा अमेरिकी राजनीतिक सम्भ्रान्त वर्गले आतड्ढवाद र आमनरसंहारक हातहतियारको खतराजस्ता अन्तर्राष्ट्रिय विषय समाधान गर्न पहललाई संरा अमेरिकी नाकाबन्दीले अझ जटिल बनाउने कुरामा हेक्का रहनुपर्दछ ।’
‘संरा अमेरिकाको नाकाबन्दीको सबैले प्रतिरोध गर्न नसक्ला । तर रुसले सक्नेछ । हामी वाशिङ्टनको अमानवीय नाकाबन्दी स्वीकार गर्दैनौं ।’, रुसको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *