नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
‘यस्ता पसलका मिठाइहरू, पेयपदार्थ र बट्टाका जुस नल्याउनू । केही नल्याउनु भए पनि हुन्छ, ल्याउने नै भए फलफूल ल्याउनू । बजारका चिसो पनि नल्याउनू । मलाई घरमा भेट्न उपहार लिएर आउने प्रायःलाई मैले यही भन्ने गरेकी छु । बजारमा पाइने मिठाइ कहाँ बनेको, कसरी बनेको भन्नेप्रति मलाई शङ्का हुन्छ । ती चिज घरमा सफा गरी बनाइएका सेल, पुरी र खजुरीजस्ता हुँदैनन् ।
‘कहाँ घरमा बनाउनु ? सजिलोसँग बजारमा पाउने भएपछि ?’ उपहार ल्याउने प्रायःले भनेको सुन्दा मलाई अचम्म लाग्छ । के अब घरमा मालपुवा, सेल र खजुरी बन्दैनन् ?
अब जसैतसै चाडपर्व नजिक आउन थालेका छन्, तबतब पत्रिकामा समाचार आउन थाल्छन्, मिठाइ पसलमा सरकारी टोलीले अनुगमन गरेकोबारे । यसअघि समाचार आउने गर्थे, ‘मिठाइ र रसबरीमा भुसुना र साङ्ला फेला परेकाले मिठाइ पसल सिलबन्दी गरिएको छ । काठमाडौंका बागबजार, लाजिम्पाट, न्युरोड, नयाँबानेश्वरमा रहेको प्रसिद्ध मिठाइ पसलमा छापा मारेर ढुसी परेको देखेर सरसफाइमा ध्यान दिन र ढुसी परेका मिठाइ बिक्री बन्द गर्न निर्देशन दिइएको छ ।’
यस्तो निर्देशन दिए पनि व्यापारीले मिठाइ नष्ट गर्दैनन् भन्ने थाहा छ, अनुगमन गर्ने टोलीलाई । ती ढुसी परेका मिठाइ मिसाएर नयाँ मिठाइ बनाइयो भने ढुसी सबै गायब हुन्छ । मिठाइ नयाँ नै देखिन्छ तर यसले एकछिन मुख मीठो गराए पनि कालान्तरमा स्वास्थ्यमा ठूलो हानि पु¥याउँछ भन्ने जानकारी प्रायः उपभोक्तालाई हुँदैन । मिठाइमा परेका साङ्ला फालेर ग्राहकसामु ल्याउँदा त्यसको अवशेष कहाँ देखिन्छ र ? अझ कतिजनाले ‘साङ्ला त कति देशमा मीठो मानेर खान्छन््, त्यसैले साङ्ला र भुसुना परेर के भयो ? बरु शरीरमा मासु प¥यो भने प्रोटिन नै हुन्छ’ भन्न बेर छैन ।
‘हिलोले भरिएको फोहोरी भान्छा सफा गर्नू’ भन्ने निर्देशन पनि प्रायः अनुगमन टोलीले दिन्छ, तर त्यो हिलो र फोहोरले भरिएको भान्छा पुनः सफा भयो कि भएन भनेर हेर्न कोही जाँदैनन् । उपभोक्ता त्यही फोहोर, हिलो खाइरहन्छन्, बिरामी परिरहन्छन् ।
यो जिब्रोको स्वाद यस्तो छ, कतिपयको तर्क हुन्छ, ‘बरु रोगी हुन्छु, मिठाइ छाड्न सक्दिनँ । कसरी पकाउँछ भन्ने मैले देखेको छैन क्यारे । बाहिर ल्याउँदा त सफा देखिने गरी ल्याउँछ नि ?’ प्रायः यस्ता उपभोक्ताको तर्कले गर्दा नै फोहोरी, झिङ्गा र साङ्ला परेका केक आदि सबै सजिलै बेचिन्छन् ।
आजकल त भगवानलाई पनि यस्तै मिठाइ चढाइन्छन् । पत्थरका भगवान बोल्नसक्दा हुन् त उनले भन्ने थिए, ‘हे भक्त हो, यस्तो फोहोर मिठाइ नचढाऊ ।’
चाडपर्व आएपछि बारम्बार सरकारले थप कडाइसाथ अनुगमन गर्ने भनेर वक्तव्य निकाल्छ तर बारम्बार त्यो वक्तव्यलाई मिठाइ पसलले बेवास्ता गरेर बागमतीमा बगाइदिन्छ । अझ कति ठाउँमा त सायद बागमतीको नदीजस्तै पानी हालेर मिठाइ बनाइन्छ कि ? आँखाले नदेखेपछि त्यो मिठाइ कुन पानी, कस्तो दूध हालेर बनाइएको छ के थाहा र ?
Leave a Reply