नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
–प्रकाश
यही भदौ १ गतेदेखि लागू भएको मुलुकको अपराध संहितामा चिकित्सकको लापरबाहीबाट बिरामीको मृत्यु भएमा चिकित्सकमाथि पनि कानुनी कारबाही हुने प्रावधानविरुद्ध नेपाल चिकित्सक सङ्घको नेतृत्वमा चिकित्सकहरू आन्दोलनमा उत्रेका छन् । मुलुकी अपराध संहिताको दफा २३०, २३१, २३२ र २४० लाई संशोधन गर्न माग गर्दै चिकित्सकहरूले नेपाल चिकित्सक सङ्घको अगुवाइमा आइतबार राजधानी काठमाडौंलगायत विभिन्न जिल्लामा प्रदर्शन गरेका छन् । चिकित्सकहरूले आइतबार आकस्मिक बाहेकका अरु उपचार सेवा ठप्प पारे ।
मुलुकी अपराध संहिताको दफा २३० मा इजाजत प्राप्त नगरेको व्यक्तिले इलाज गर्न नहुने व्यवस्था छ । उक्त दफाको उपदफा ३ मा – उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीनवर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ लेखिएको छ । सोही दफाको उपदफा (४) मा – उपदफा (१) विपरीत हुने गरी चिकित्सा सेवा दिंदा चिरफार गर्दा वा औषधि खुवाउँदा कसैको ज्यान/मर्न गएमा कसूरदारलाई जन्म कैद हुनेछ र अङ्गभङ्ग भएमा पन्ध्र वर्षसम्म कैद हुनेछ भनी लेखिएको छ । त्यस्तै दफा २३१ मा बद्नियत चिताइ इलाज गर्न नहुने, दफा २३१ मा लापरबाही वा हेलचक्रयाइँ गरी इलाज गर्न नहुने, दफा २३३ मा मञ्जुरीबिना मानव शरीरमा परीक्षण गर्न नहुने र त्यसो गरेमा परीक्षण गर्ने गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने बन्दोबस्त गरिएको छ । दफा २३४ मा जोखिमपूर्ण औषधि बिक्री वितरण गर्न नहुने व्यवस्था गरिएको छ भने दफा २४० मा हदम्यादको व्यवस्था छ । संहितामा व्यवस्था भएका धेरै कुरा आवश्यक पनि देखिन्छन् तर चिकित्सकको लापरबाही र हेलचक्रयाइँ बिरामीका÷मृतकका आफन्त वा प्रहरीले दाबी गर्दैमा पुग्दैन । त्यसको अध्ययनका लागि छुट्टै विशेषज्ञ टोली हुनुपर्छ भन्ने कुरामा विमति छैन । त्यसका लागि संहितामा केही संशोधन आवश्यक छ तर चिकित्त्सकले गरेको लापरबाहीलाई दण्डबाट मुक्त राख्नुपर्छ भन्ने माग सही लाग्दैन । दायाँ घुँडा दुखेकोमा बायाँ घँुडा शैल्यक्रिया गर्ने, एउटा रोगमा अर्कै औषधि दिएर अङ्गभङ्ग गराएको घटना हाम्रै देशमा चिकित्सकहरूबाटै र अपराध अर्कै कुरा भएकोले एकै ठाउँमा राख्न मिल्दैन । भूलका लागि क्षमा गर्न सकिए पनि लापरबाही र अपराधप्रति आँखा चिम्लिन मिल्दैन । चिकित्सकको लाइसेन्सलाई जथाभावी मानव शरीरमा अनेक औषधि र प्रविधिको परीक्षण गर्ने र सके मृगौला र कलेजोजस्ता अङ्गको चोरी गर्नेहरूका लागि ढाल बन्न दिनुहुँदैन । चिकित्सकहरूले आफ्नो पेशागत हितको कुरा गर्दा नक्कली चिकित्सकहरूबाट सक्कली चिकित्सकको बदनामी गर्ने क्रियाकलाप भइरहेकोप्रति आँखा चिम्लिन मिल्दैन । दण्डहीनतालाई चिकित्सक र सर्वसाधारण कसैको पनि हित नगर्ने तथ्यप्रति संवेदनशील हुन जरुरी छ ।
Leave a Reply