भर्खरै :

विल्हेम वेट्लिङ्गबारे थप कुरा

निर्जला
फ्रान्सेली षड्यन्त्रकारी सङ्घर्षबाट मजदुरहरू कहिले विल्हेम वेट्लिङ्गको ‘मेलमिलाप र सुनिश्चितता’ को साम्यवादतर्फ ढल्कन्थे, कहिले एटेन कावेको कल्पनावादी ‘शान्तिपूर्ण साम्यवाद’ तर्फ ढल्कन्थे । सन् १८९९ मा ब्लाड्ढीवादीहरूको पराजयपछि मजदुर कावेको प्रभावमा गए । उनीहरु साम्यवादी बस्तीहरू बसाल्न र ‘सुख र स्वतन्त्रताका टापुहरू’ बनाउन चाहन्थे ।
सन् १८४२ मा विल्हेम वेट्लिङ्गको ‘मेलमिलाप र स्वतन्त्रताको सुनिश्चितता’ प्रकाशित भयो । मजदुरहरूले त्यस पुस्तक नफाटुञ्जेल पढ्थे । माक्र्सले वेट्लिङ्गको पुस्तकलाई ‘जर्मन मजदुरहरूको अद्वितीय एवम् सानदार साहित्यिक थालनी’ भन्नुभएको थियो ।
वेट्लिङ्ग जर्मनीका मजदुरहरूको चेतनालाई बिउँझाउन चाहन्थे । उनी शोषक र शोषितहरूको बीचमा कहिले मेल हुन्न भन्नेबारे जोड दिन्थे ।
वेट्लिङ्गले वर्गच्युत भएका, सबभन्दा बढी रिसाएका, दरिद्र, सर्वहारा, मगन्ते अर्थात् हुल्याहाहरूको २०–४० हजारको सङ्ख्यामा सेना बनाउने र मालिकहरूको विरुद्ध गुरिल्ला युद्ध सुरु गर्ने योजना बनाएका थिए । योजनाको लक्ष्य थियो । उनी लुच्चा, लफङ्गा, लुटाहा तथा सबै प्रकारका खराब तत्वहरूलाई समेत प्रयोग गर्न चाहन्थे । स्वभावतः त्यो योजनालाई न्याय सङ्घका नेताहरूबाट अस्वीकार गरियो ।
वेट्लिङ्गको कल्पनावादी दृष्टिकोणले जर्मनीको मजदुर आन्दोलनको विकासमा बाधा पु¥याउँदै थियो र ब्रसेल्स समितिले झण्डै आफ्नो स्थापनाकालदेखि नै त्यस दृष्टिकोणको विरुद्ध सशस्त्र सङ्घर्ष गर्दै थियो । सुरुमा माक्र्स र एंगेल्स वेट्लिङ्गलाई उनको दृष्टिकोणमा रहेको कल्पनावाद र साम्यवादको धार्मिक सम्प्रदायात्मक व्याख्या गर्ने प्रवृत्तिबाट मुक्त गर्न सकिने आशा गर्नुहुन्थ्यो । उहाँहरूले वेट्लिङ्गलाई ब्रसेल्स बोलाउनुभयो र छलफल समितिमा राख्नुभयो तर वेट्लिङ्गले राजनीतिक सङ्घर्षमा सर्वहारा वर्गको सहभागिता आवश्यक छ भन्ने विषयलाई अस्वीकार गरे । उनले विद्रोहको समर्थन गर्न छोडेनन्, उनी क्रान्तिकारी बुद्धिजीवीहरूको विरोध गर्थे ।
एंगेल्सको भाषामा साम्यवादलाई वेट्लिङ्गले क्रान्तिकारी विज्ञानको रुपमा होइन ‘पृथ्वीमा स्वर्ग खडा गर्ने उपायको रुपमा’ हेर्थे ।
यसकारण ३० मार्च सन् १८४६ को दिन बसेको ब्रसेल्स समितिको बैठकमा चर्को विवाद भयो र पूर्ण सम्बन्ध विच्छेदको स्थिति देखियो ।
माक्र्स र एंगेल्सले वेट्लिङ्गको दृष्टिकोणको चर्को आलोचना गर्नुहुँदै निश्चित वैज्ञानिक विचार र सही शिक्षाविना मजदुरहरूमाझ जानु धर्म प्रचारको फोस्रो र झूटो खेलजस्तै हो, त्यसमा एक भविष्यवक्तालाई पठाउने र अरु सबै आँखा चिम्लेर बस्ने मानिसहरूको जमातको रुपमा हुनेछ भन्नुभयो ।
अन्तमा ब्रसेल्स समितिसँग सम्बन्धित सबै समाजवादी र कम्युनिष्ट दलहरूलाई वेट्लिङ्गसँग सम्बन्ध विच्छेद भएको खबर पठाइयो र बहुसङ्ख्यक पक्षले माक्र्स र एंगेल्सकै दृष्टिकोणलाई समर्थन ग¥यो ।
‘सच्चा समाजवाद’ का एक प्रतिनिधि जर्मन पत्रकार हरमान क्रिगेले अमेरिकामा ‘पिपुल्स ट्रिब्युन’ (जनताको प्रतिनिधि) नामको अखबार निकालेर साम्यवादको गलत प्रचार गरे । त्यस पत्रिकाले सबैलाई एक एक टुक्रा जमिन दिएर साम्यवाद स्थापनाको कल्पना गथ्र्याे । माक्र्स र एंगेल्सले क्रिगेलाई युरोप र अमेरिकाका सबै कम्युनिष्टलाई कलड्ढित गर्ने काम गरेको भनी आलोचना गर्नुभयो । तिनीहरूले हरेकलाई राजा, महाराजा र धर्मराज बनाउने सपना बाँडेजस्तै हो भनी माक्र्स र एंगेल्सले आलोचना गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *