नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
प्योङयाङ, ३ असोज (योन्हाप) । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका सर्वोच्च नेता किम जोङ–उनले कोरिया प्रायः द्वीपको आणविक निःशस्त्रीकरणका लागि थप कदम चाल्न बुधबार सहमति जनाउनुभएको छ ।
प्योङयाङमा आयोजित प्रजग कोरियाली नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनबीचको ऐतिहासिक द्विपक्षीय वार्तामा उक्त सहमति भएको हो । दक्षिण कोरियाली राष्ट्रपति मुन तीन दिने भ्रमणका क्रममा हाल प्रजग कोरियामा हुनुहुन्छ ।
सर्वोच्च नेता किमले आफू र मूनले सबै किसिमका आणविक हातहतियार त्याग्ने तथा कोरियाली प्रायः द्वीपमा रहेको आणविक त्रास हटाउने प्रतिवद्धता जनाएको बताउनुभयो ।
“यो घोषणाले दुबै देशबीचको सम्बन्धमा सुधार ल्याउन उच्चस्तरको मार्गप्रशस्त गरेको छ, र यसले शान्ति र समृद्धिको ढोका खोल्न हामीलाई नजिक ल्याएको छ,” प्योङयाङ सम्झौतामा हस्ताक्षर गर्दै किमले बताउनुभयो ।
संयुक्त घोषणापत्रमा आणविक निःशस्त्रीकरणका सम्बन्धमा प्रजग कोरियाले प्रतिबद्धता पुनः दोहो¥याएको छ ।
‘‘प्रजग कोरियाले दोङचाङ–री क्षेप्यास्त्र परीक्षण केन्द्र र क्षेप्यास्त्र प्रक्षेपण केन्द्र दुबै देशका विज्ञको सहभागितामा सधैंका लागि बन्द गर्न सहमति जनाएको छ,” किमसँगै आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति मूनले बताउनुभयो । उक्त पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण सिओलमा पनि गरिएको थियो ।
उत्तर कोरियाले योङवियोन आणविक केन्द्र पनि स्थायीरुपमै बन्द गर्नेजस्ता थप कदम पनि चाल्ने सहमति जनाएको छ, तर त्यसका लागि अमेरिकाले एतर कोरियाको मागबमोजिम आफ्ना नीतिमा सामयिक पुनरावलोकन र गतिविधि बन्द गर्नुपर्दछ, राष्ट्रपति मूनले बताउनुभयो ।
उहाँले भन्नुभयो, “दक्षिण र उत्तर कोरियाले पहिलोपटक कोरिया प्रायः द्वीपको आणविक निःशस्त्रीकरणका बारेमा छलफल गरेका छन् ।”
प्योङयाङको तीन दिने भ्रमणको पूर्वसन्ध्यामा दक्षिण कोरियाली राष्ट्रपति मूनले अमेरिका र उत्तर कोरियाबीचको अबरुद्ध वार्ता पुनः सुरु गराउन पहल गर्ने बताउनुभएको थियो । संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति मूनले भन्नुभयो, “उत्तर कोरिया र अमेरिकाबीचको वार्ता पुनः सुरु हुने मैले विश्वास लिएको छु ।”
यो घोषणासँगै केही समयदेखि रोकिएको संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको वार्ता पुनः शुरु हुने सम्भावना बढेको छ ।
दक्षिण कोरियाली राष्ट्रपतिका सुरक्षा सल्लाहकारले पनि हाल दुबै मुलुकबीच भएको सहमतिले अमेरिका र उत्तर कोरियाबीच वार्ताको ढोका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
दुबै नेताबीच उत्तर र दक्षिण कोरियाले आपसी सहयोगका क्षेत्रलाई अझ फराकिलो बनाउने सहमति पनि भएको छ ।
राष्ट्रपति मून बिहीबार स्वदेश फर्कनुहुनेछ ।
Leave a Reply