भर्खरै :

मजदुर र श्रमिकको अन्तरक्रिया

काभ्रे, ३ असोज । नेपाल क्रान्तिकारी युवा सङ्घ स्थापना दिवसको अवसरमा नेक्रायुसङ्घ बनेपाको आयोजनामा मजदुर दैनिक र श्रमिक साप्ताहिकबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य कृष्णकुमार वैद्यले संविधानमा समाजवादउन्मुख उल्लेख भए तापनि समाजवादी बन्दोबस्तअनुरूप सरकारले कुनै पनि काम नगरेको बताउनुभयो । निःशुल्क शिक्षा, स्वास्थ्य, स्वदेशमै रोजगारीको व्यवस्था, जमिन जोत्नेको सिद्धान्तमा आधारित क्रान्तिकारी भूमिसुधार, ज्येष्ठ नागरिकलाई जीवन निर्वाहको बन्दोबस्तजस्ता समाजवादउन्मुख कार्य सत्तामा गएका शासकहरूले नगरेको उहाँको भनाइ थियो ।
नेपाल मजदुर किसान पार्टी काभ्रेका सल्लाहकार नारायणबहादुर दुवालले त्याग, तपस्या र बलिदानी भावना भएका कार्यकर्ता अब्बल कार्यकर्ता हुने र व्यवहारबिनाको सिद्धान्त नपुंसक हुने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी काभ्रेका सहसचिव त्रिरत्न सायमीले युवाहरूलाई कुलतबाट जोगाउन अध्ययन र अन्तरक्रियामा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा लक्ष्मीराम न्हुछेप्रधान, पूर्ण सिं वाइवा, ऋषिराम दुलाल, ज्ञानेन्द्र डंगोल, ओम प्रसाद मानन्धर, नित्यनारायण चण्डि र महेन्द्र श्रेष्ठले पनि मजदुर र श्रमिक पत्रिकाबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *