बालेन र रवि के राजनीतिक प्राणी हुन् !
- श्रावण ४, २०८३
गौरीबहादुर कार्की
किशोरी बलात्कार र हत्या घटनाले यत्रो रूप लेला भन्ने अनुसन्धान अधिकारीहरूले कहिल्यै सोचेनन् । यो घटनाले राज्य सञ्चालकहरूको नाकमा कालो लागेको छ । प्रहरी प्रशासनमात्र होइन, राज्यमाथि अविश्वास पैदा भइरहेको छ । यो अविश्वास र आशङ्कालाई राज्यले विश्वासमा परिवर्तन गर्न ढिलो गर्नुहुँदैन ।
साथीकहाँ पढ्न साउन १० गते घरबाट हिँडेकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त भोलिपल्ट मृत फेला परियो, बलात्कार गरी हत्या भएको देखियो । अपराधले प्रमाण छाडेर जान्छ भनिन्छ । तर निर्मला हत्याकाण्डमा घटनास्थलमा छाडेका सबै प्रमाण तहकिकात गर्ने प्रहरीले नियोजित रूपमा नष्ट गर्न खोजेको देखिन्छ ।
घुँडा–घुँडासम्म पानी भएको उखुबारीमा घोप्टो परेको अवस्थामा शव फेला परेको थियो । मृतकको सुरुवाल धोइदिनु, योनी पखालिदिनु प्रमाण नष्ट गर्ने हर्कत थिए । अन्यत्र बलात्कार र हत्या गरेपछि शव त्यहाँ लगेर फालिएको देखिन्छ । शव नजिकै निर्मलाको व्याग र कापी–किताब थिए । कापी, किताब, व्यागको औंठाछाप लिइएन । धनगढीमा रहेका तालिम प्राप्त कुकुरलाई सुघाएर अपराधी खोज्ने काम गरिएन । विरोध प्रदर्शन हुँदा प्रहरीको गोलीले एक प्रदर्शनकारीको मृत्यु र केही घाइते हुनपुगे । निर्मलाका लागि न्याय माग्दै प्रदर्शन जारी छ ।
यो घटनाको अपराध अनुसन्धानमा प्रहरीको सुरुदेखिका तहकिकात विवादको भुमरीमा परे । रानीबारी हत्याकाण्ड, पद्म ठकुराठीको ज्यान मार्ने उद्योग मुद्दालगायतका घटनामा प्रहरीले राम्रो सफलता प्राप्त गरेका छन् । तर यत्रो चर्चित घटनामा समेत हाम्रा प्रहरी र प्रशासनले अनुसन्धानमा सफलता पाउनसकेको छैन ।
प्रहरी महानिरीक्षक, गृहमन्त्री, संसद्, प्रधानमन्त्री र राष्ट्रपतिको समेत यो घटनामा ध्यान पुगिसकेको छ । सबै आश्वासन दिनमै व्यस्त छन् । संसद्मा समेत यो घटनाका अपराधी तुरुन्त पत्ता लगाउन आवाज आएको छ । निर्मलाको हत्यामा संलग्न अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसँग राष्ट्रपति विद्यादेवी भण्डारीले समेत आग्रह गर्नुभएको देखियो ।
प्रत्येक जिल्लामा गुप्तचरी गर्न सरकारी निकाय राष्ट्रिय अनुसन्धान विभागको कार्यालय र पदाधिकारी हुन्छन् । जिल्ला प्रहरी प्रमुख, प्रजिअ र उनीहरूलाई सुराकी खर्च पनि दिइएको हुन्छ । पञ्चायत कालमा सुराकी र गुप्तचरलाई पञ्चायतविरोधी बहुदलीय विचारधाराका नागरिकको जासुसी गर्न लगाइन्थ्यो ।
बहुदल आएपछि सत्तारुढ दलबाहेकका दलहरूको क्रियाकलापको सुराकी गर्न लगाइन्छ । राष्ट्रिय सिमाना, राष्ट्रविरोधी क्रियाकलाप, हत्या अपराध, लागूऔषध, जीउ मास्ने–बेच्ने आदि राष्ट्रिय चासोका विषय र अपराधमा गुप्तचरले सुराकी गर्नुपर्दैन । जुन निर्मलाको घटनाले पुष्टि गरेको छ ।
गृह मन्त्रालयले कारागार विभागमा महानिर्देशक हरिप्रसाद मैनालीको संयोजकत्वमा भदौ ७ गते उच्चस्तरीय छानबिन समिति बनायो । समितिका सदस्य उपसचिव वीरेन्द्र केसीले शक्तिशाली अपराधीबाट जुनसुकै समयमा आफ्नो हत्या गर्नसक्ने सम्भावना रहेको भन्दै ज्यानको सुरक्षा माग गरी समितिबाट राजीनामा गरे । सरकारबाट आश्वस्त भई भोलिपल्टै राजीनामा फिर्ता लिए ।
यो समितिले दिएको प्रतिवेदनका आधारमा गृह मन्त्रालयले तत्कालीन अनुसन्धानकर्ताहरू डीएसपी ज्ञानबहादुर सेठी, सीआईबीबाट खटिएका डीएसपी अङ्गुर जीसी, प्रहरी निरीक्षकद्वय जगदीश भट्ट, एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरेको छ । कञ्चनपुरका एसपी डिल्लीराज विष्टलाई पहिल्यै निलम्बन गरिएको थियो ।

गौरीबहादुर कार्की
Leave a Reply