भर्खरै :

मनाङे आलुको माग बढ्दो

– नवीन लामिछाने
मनाङ, १६ असोज । मनाङमा फलाइएका अर्गानिक आलुको माग देशका तीन तारे र पाँचतारे होटलहरूबाट आउन थालेको छ । काठमाडौंका हायात होटल, सोल्टी होटलमा समेत यहाँका आलुको परिकार बन्ने गरेको छ । विगत केही वर्षयता मनाङका आलुको चर्चा हुन थालेको छ ।
वर्षको एक याममात्र खेती हुने यस ठाउँमा आलु मुख्य बालीको रुपमा रहिआएको छ । हिमाली हावापानीमा उत्पादन भएका आलु स्वादिष्ट हुने भएकोले धेरैको रोजाइमा पर्ने गरेको छ । अर्गानिक खेती गरिने यस जिल्लामा कुनै प्रकार विषादी प्रयोग गरिँदैन । मनाङको सबै ठाउँमा यसको राम्रो उत्पादन हुन्छ । यहाँका मानिसहरू होटल व्यवसायसँगै कृषि पेशामा संलग्न छन् । यहाँ उत्पादन भएका आलु जिल्लाभित्र मात्रै नभई अन्य जिल्ला र प4्य पर्यटकले यहाँको आलु बढी रुचाउने गरेको होटल व्यवसायी विनोद गुरुङले बता%8 गरेको छ । मनाङ आउने आन्तरिक तथा बाह्य पर्यटकले यहाँको आलु बढी रुचाउने गरेको होटल व्यवसायी विनोद गुरुङले बताउनुभयो । यहाँ कुनै बजारबाट बीउ लगेर रोप्ने प्रचलन छैन । आफैंले राखेका बीउ नै रोप्ने गरिएको छ ।
यतिबेला मनाङको विभिन्न भागमा स्थानीयवासीलाई आलु भित्र्याउने चटारो छ । तल्लो मनाङमा धेरैजसोले घरघरमा आलु भित्रयाइसकेका छन् भने माथिल्लो मनाङमा आलु खन्न सुरु भएको छ । तल्लो क्षेत्रमा भदौ महिना र माथिल्लो क्षेत्रमा असोजमा आलु खन्ने काम हुन्छ । फागुन–चैतमा रोपेको आलु यतिबेला तयार भएको छ । आलु खरिदका लागि मानिसहरू खेतखेतमा आउने गरेका आलु कृषक सोलबहादुर गुरुङले बताउनुभयो ।
आलु खरिदका लागि बाहिरी जिल्लाबाट व्यापारी किसानका घरखेतैमा पुग्छन् । धेरै आलु मनाङमै खपत हुने गर्छ । चामे गाउँपालिका–२ थानचोकका यज्ञा घलेका अनुसार व्यापारी र आन्तरिक पर्यटकले आलु किनेर लैजान थालेपछि आलु किसानलाई खेतीबाट फाइदा हुन थालेको छ । चाडवाड र लामो समयपछि विदामा घर जान लागेका कर्मचारीले आलु नै लिएर मनाङबाट झर्छन् । दशैं तिहारमा घर जाने कर्मचारीको कोसेली आलु नै बनेको हुन्छ । ज्यादाजसो यहाँका आलु बेंसीसहर र काठमाडौं पठाइन्छ ।
थानचोकका बिन घलेले यो वर्षमात्र ५० मुरी आलु फलाउनुभएको छ । मनाङ लम्जुङको सडक पहिरोले बिगारेपछि आफ्नो व्यापार रोकिएको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ– “पाँच–छ वर्ष अघि मोटर नचल्दा गाउँमा आलु खपत हुन गा¥हो थियो । कतिपयले गाईलाई खुवाउँथे, अहिले समस्या छैन । मनाङ घुम्न आउनेले आलु किनेर लान्छन् ।” नासो गाउँपालिकाको ओडार गाउँमा महिलाले सामूहिक आलु खेती गरेका छन् । आलु बेचेर आएको आम्दानीबाट गाउँको सरसफाइ, बाटो निर्माण जस्ता काम गर्ने गरिएको र महिलाको आयआर्जनमा टेवा पुगेको समूहका अध्यक्ष बेलकासी गुरुङले बताउनुभयो । ठाउँ–ठाउँबाट आएका पर्यटकले मनाङको आलुको स्वाद लिन पाएका छन् । पहिले दाल, चामल, नुन र तेल लिएर आएका व्यापारी आलु, गहुँ, करु, फापर साटेर फर्कन्थे । अहिले सडक बनेपछि सवारीसाधनमै राखेर आलु काठमाडौं पठाउन पाइएको छ । मनाङको रैथाने आलु देशका ठाउँ–ठाउँमा पुगिरहेका स्थानीयवासी विनोद गुरुङले बताउनुभयो । उहाँका अनुसार यहाँका रैथाने आलु काठमाडौंका ठूल्ठूला होटलहरूमा निर्यात हुने गरेको छ ।
सहरका तीनतारे, पाँचतारे होटलमा समेत मनाङका आलुको परिकार बन्ने र मनाङको आलुको परिकार अतिथिले तारीफ गर्ने गरेका छन् । हाल यहाँ उत्पादित आलुको मूल्य प्रतिपाथी १३० रुपैयाँ पर्छ ।
मनाङमा आलुको उत्पादन बढ्दै गएको छ । साविक कृषि विकास कार्यालय मनाङका कृषि प्रसार अधिकृत रामकुमार साहका अनुसार आलु खेती गर्ने किसान र आलु उत्पादन वर्सेनि बढ्दै गएको छ । आलुले बजार पाएपछि मनाङ्गेहरू आलु खेती गर्न लालायित भएका हुन् । कार्यालयका अनुसार आव २०७२÷७३ मा ४४५ हेक्टर क्षेत्रफलमा खेती गर्दा सात हजार ६११ टन उत्पादन भएको थियो । आव २०७३÷७४ मा ६७५ हेक्टरमा लगाइएको आलु खेतीबाट आठ हजार २३७ टन उत्पादन भएको थियो । आव २०७४÷७५ मा ६८१ हेक्टरमा आठ हजार ४२० टन आलु उत्पादन भयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *