भर्खरै :

‘सार्वजनिक यातायात सुरक्ष्ँित र व्यवस्थित होस्’

सिर्जना सैंजू
सवारी तथा यातायात कुनै पनि देशको विकासको आधारभूत आवश्यकता या आधारशिलामध्ये एक हो । देशको सवारी साधन र यातायात व्यवस्थाले विकास कुन श्रेणीमा वा तहमा छ भन्ने चित्र कोर्न गा¥हो पर्दैन ।
अहिले यातायात क्षेत्रमा जतिपनि अव्यवस्था, असुरक्षा, बेथिति एवम् विकृति छन् ती सम्पूर्णको निम्ति अहिलेसम्मका सरकार र शासकहरू जिम्मेवार छन् । यातायात जनपहुँच र जनतालाई सहज सुविधा दिनतर्फ केन्द्रित हुनुपर्दछ । समाजवादी व्यवस्थामा सिद्धान्ततः यातायात र सवारीलाई राज्यको मातहतमा ल्याइन्छ । यातायातलाई नाफा कमाउने व्यवसायभन्दा पनि जनताको सेवा गर्ने क्षेत्रको रुपमा विकास गर्न जरुरी छ । यो कुरालाई यस विधेयकले सम्बोधन गरोस् ।
नेपालमा यातायातमाOligopoly नीतिअनुरुप कार्टेलिङ्ग र सिन्डिकेट हावी छ । कार्टेलिङ्ग र सिन्डिकेटले अन्तत्वगत्वा ः मनोपली अर्थात् एकाधिकारलाई नै निजी क्षेत्रलाई बलियो बनाउने हुँदा कार्टेलिङ्ग र सिन्डिकेट सम्पूर्ण रोक्नतर्फ यस विधेयक केन्द्रित भएको हुनुपर्दछ ।
बढ्दो ट्रिपर आतङ्क नियन्त्रणको लागि व्यवस्थित अगुवाइ आवश्यक छ । ट्रिपरको ठक्करले अकालमै मृत्युवरण गर्नुपर्ने अवस्था सृजना हुनु सरकारकै कमजोरी हो । केहीदिन अघिमात्र भक्तपुरको सूर्यविनायकमा २७ वर्षीय युवकले ज्यान गुमाउनुप¥यो । ट्रिपरको अनुमतिपत्र, चालक अनुमतिपत्र र समयावधि निर्धारणमा सरकारले ध्यान दिनुपर्छ । अझ कडाइ गर्नुपर्दछ । भारतीय मालबाहक गाडीहरू, ट्रिपरहरू निर्वाधरुपमा नेपालमा गुडिरहेको देख्छौं । यसलाई नियन्त्रण गर्न र स्वदेशी गाडीहरू अर्थात् जनशक्ति परिचालनमा यस विधेयकले बोलेको हुनुपर्दछ ।
रेलको सपना देखाइएका नेपाली जनता दिनहुँ ३–४ घण्टा जाममा समय बर्बाद गर्न बाध्य छन् । जाम हटाउनतर्फ यो विधेयकले बोल्नुपर्छ । अव्यवस्थित सवारी सञ्चालनबाट निम्तिएका दुर्घटना न्यूनीकरणका लागि यातायात र सवारी नीति नै जनकेन्द्रित हुन आवश्यक छ । ट्राफिक व्यवस्थालाई विद्युतीय माध्ययमबाट सञ्चालन गर्ने तदारुकता अनिवार्य छ ।
सवारी खरिदका लागि वर्षेनी अरबौं अर्ब रुपैयाँ विदेशिएको वर्तमान अवस्थालाई ध्यानमा राखी सवारी साधन, यातायातका साधनहरू निर्माण, उत्पादन र व्यवस्थापन गर्ने उद्योगहरू सञ्चालन गर्नतर्फ प्रदेश सरकार केन्द्रित हुनसके देशको जनशक्ति परिचालनसहित रोजगारीको सृजना र अर्थतन्त्रलाई आत्मनिर्भरतातर्फ उन्मुख बनाउन सकिन्थ्यो ।
सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र सहज बनाउनेतर्फ केन्द्रित हुन आवश्यक छ । सडक विस्तारको नाममा भइरहेको सांस्कृतिक आक्रमण र जातीय सफाया रोक्न यस विधेयकले भूमिका खेलोस् भन्ने कामना गर्दछु ।
(२०७५ असोज २१ गते प्रदेश नं ३ को प्रदेश सभामा प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेका विधेयकमाथि सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य सृजना सैंजूले राख्नुभएको मन्तव्य–सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *