यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
तेजेश्वरबाबु ग्वंग
त्रिनवका एकीकृतस्वरुप नवदुर्गा हिन्दू संसारको आराध्य शक्ति स्रोत । हिन्दूहरू बुझेर वा नबुझिकन पनि नवदुर्गाको आराधना, अभ्यर्थना गर्दछन् ।
‘जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी,
दुर्गाक्षमा शिवाधात्ती स्वाहास्वधा नमस्तुते ।’
रथा, रश र दुर्गा तीनका उपसर्ग नव त्रिनव भए । एकीकरण एउटै अर्थ, विन्यास र सन्दर्भयुक्त भाव अनि प्रक्रिया दुवै हुन् ।
भाव पक्ष मानसिक हुन्छ । मानसिक भन्नु चिन्तनपरक । चिन्तनपरक भन्नु बौद्धिक विश्लेषण सान्दर्भिक । नव र दुर्गा दुवै भाव पक्षका चिन्तन हुन् । चिन्तनबाट आराधनाको स्रोत प्रस्फुटन हुन्छ । अनि चिन्तित–भाव महिमा आराध्य बन पुग्छ ।
प्रारम्भिक शब्द र अर्थमा मनले चिताएको पहिलो कुरो भाव हो । चिताउनु भावनाका प्रारम्भिक मूहुर्त हो । प्रारम्भिक चिन्तन र भाव जे भनी परोक्ष हुन्छ, अप्रत्यक्ष हुन्छ । परोक्ष अमूर्त जुन निराकार हुन्छ । स्पष्ट हुन्न ।
जुन परोक्ष र अमूर्त छ, त्यो बादलको चित्तझैं हुन्छ । यस्ता परोक्ष वा अमूर्त भाव–महिमालाई मूर्त र प्रत्यक्ष पार्न प्रतीकात्मक अभिव्यञ्जना र अभिव्यक्तिको आवश्यकता पर्छ । अप्रत्यक्ष भाव महिमालाई प्रत्यक्षीकरण गर्ने साधनको माध्यम प्रतीकात्मक अभिव्यञ्जना बनेको छ । परन्तु, परोक्ष भाव–महिमालाई प्रत्यक्ष पार्ने साधनको माध्यम प्रतीक सदा सर्वत्र एकै हुँदैन । ईश्वर जसप्रति मानव आत्मा अगाढ आस्था, अनुपम भक्ति–श्रद्धा अर्पण गर्छन् संसारभरि एकै भएर पनि प्रतीकात्मक आराधना, अभ्यर्थना र आवाहनमा अलग अलग र फरक देखिएका छन् ।
हिन्दूहरूकै तेतीसकोटी देवता अनेक–आकार, स्वरुप–स्वभाव, भाव–भंगिमा र रुप–लावण्यमा अवतरण गरिएका छन् । ईश्वरको स्वरुप मनका भावानुभूतिअनुरुप हुन्छ । जसको निश्चित रूप हुँदैन, त्यसको अनेक स्वरुप हुन्छ । देवभाव जसको यकिन स्वरुप छैन, त्यसको आकृति विश्व–रुप बन्छ ।
जसले जसरी देख्छ, उसै रुपमा अवतरण हुनु विश्व–रुप हो । चिताउनेले चिताएको भावार्थमा उत्रनु ईश्वरको स्वरुप हो । विश्वभरि नै अनेक मनस्थिति तथा परिस्थितिबाट उपज हुने मनोभाव ईश्वरको स्वरुप बन्छ ।
भाव विभोर भएर मृदङ्गसाथ नाचेको महादेवको स्वरुप बन्यो । अर्थबाट आकृति पाए । अब शिव ताण्डव लोकप्रिय बनेको छ ।
नवदुर्गाको आराधनाका पक्ष अनेक छन् । नवदुर्गा रक्षा पक्ष र रस पक्ष हुन् । रथा रात्रि कर्मपक्ष । रस स्वादन पक्ष । रक्षा पक्ष कर्म पक्ष । रस पक्ष फल पक्ष । कर्म नगरी फल पाइन । फल कर्मको प्रजनन । फलको निमित्त कर्म गर्नैपर्छ । यो दर्शन पक्षको मात्र चर्चा होइन, व्यवहारको मूल पनि ।
नवदुर्गालाई कर्म पक्षको रात्रि कर्म रथ हाँकेर आराधना गर्नेले कर्मलाई प्रधान मान्छन् । कर्म भन्नु क्रिया हो । क्रिया भन्नु काम । कामको अर्थ कुदरत । काम कुदरतको सन्दर्भ वासना र मोक्ष दुवै हुनसक्छ । कामोतुरता वासना र तृप्ति मोक्ष हो । परन्तु कुदरत भन्नु मिहेनेत । मिहेनत भन्नु परिश्रम । परिश्रम मानसिक, शारीरिक दुवै हुनसक्छ । प्रविधि यिनका सशक्त मार्ग हुन्, अनेक विविध विधानलाई परिपालन गरेर कर्म पक्षधरहरू नवदुर्गाको आराधना अभ्यर्थना गर्दछन् । कर्मको पक्षधरहरूलाई रथपन्थी भने हुन्छ ।
नवदुर्गाको रस पक्षधारीहरू फल प्राप्तिलाई प्रधानता दिन्छन् । फल प्राप्तिले आराधना माध्यमलाई सबल रुपले पक्रेका हुन्छन् । कर्मभन्दा आराधना ठूलो माने यिनका गुहा । आराधनाले आफूलाई लीन बनाउन सकिन्छ । लीन भएर आराधना गर्दा आत्म संयम हुन्छ । रस पक्षधरहरू आत्म संयम प्राप्तिका खातिर लीन भएर आराधना गर्ने मार्ग लिन्छन् । रस पक्षको मूल लीन हुनु र त्यसबाट आत्म संयमको फल प्राप्त गर्नुहुन्छ । रस पक्षधरहरूलाई रसपन्थी भने हुन्छ ।
बाटो लाग्नेहरूलाई पन्थी भनिन्छ । बाटो लाग्नेहरूलाई यात्री पनि भनिन्छ । बाटो यात्राको लागि हो । बाटोलाई मार्ग पनि भनिन्छ । मार्ग लाग्नेहरूलाई मार्गी पनि भनिन्छ । बाटो लाग्न कुनै साधन विशेषको आवश्यकता पर्छ । पद यात्रीको लागि पाइला साधन । यान–रथ, खट कुनैको साधन लिएर यात्रा गर्न यान चाहिन्छ । यसरी पक्षधरहरूलाई पन्थी, मार्गी, यान आदि पनि भनिन्छ ।
अहिंसालाई साधन बनाएर धर्म संस्कारमा लाग्नेहरूलाई अहिंसा मार्गी भनिन्छ । वैष्णव मतावलवीहरू अहिंसा मार्गी भए । पथ, यान, मार्ग, मत जे भने पनि तिनीहरू एक न एक माध्यम हुन् बौद्ध धर्म संस्कारअन्तर्गत पनि दुई यानहरू छन् । एउटा यान महायान अर्को यान हीनयान हुन् । महायानहरू बुद्धको मूर्ति पूजा गर्छन् । अहिंसा मार्गलाई अँगाल्दैनन् । हीनयानहरू बुद्धलाई निराकार मान्छन् । निराकार मान्नु सर्वव्यापी ठान्नु हो । हिंसा कर्ममा पनि यिनीहरू अनास्था गर्छन् ।
महानीयहरू स्थूल पन्थी हुन् । स्थूल त मूर्तिमान हुनु हो । र्मूिर्तको सहाराबिना बुद्धलाई देख्न नसक्नु स्थुलताकै कारण हो । चर्म चक्षु भेदीहरूको लागि स्थूल पन्थ उपयुक्त हुन्छ । मूर्ति सहारामा बुद्धको उपस्थिति पाउनु स्थूल पन्थको प्रमाण हो ।
हीनयानीहरू भाव पन्त्रीहरू हुन् । भाव पन्थीहरू भावनालाई प्रधानता दिन्छन् । भाव पक्षलाई प्रधान मान्नुको पर्याय मानसिक शक्तिमाथिको बाहुल्यलाई स्वीर्कानु हो । मानसिक पक्षको सबलतामाथिको आस्था स्वीकार्नु विवेक बलको चरम चुलीको उत्र्सगलाई स्वीकार्नु हो, अँगाल्नु हो ।
हिन्दू धर्मावलम्बीहरूबीच पनि हिंसा र अहिंसा मार्गका दुई भेद छन् । शैवहरू हिंसा मार्गलाई अँगाल्छन् । वैष्णवहरू “अहिंसा परमोधर्म” मान्छन् । परन्तु, मूर्ति पूजन छेत्रमा आएर शैव र वैष्णव दुवै एकै पन्थी छन् । दुवै पक्ष मूर्तिपूजामा आस्थावान छन् । शिव र सती, दुर्गा, विष्णु र लक्ष्मी, सरस्वती सबै मूर्तिमा अवतरित छन् ।
घतलाग्दो कुरा, मूर्ति पूजकहरूले मूर्तिलाई धारणा, स्थिति र दायित्वको पृष्ठभूमिमा मूर्तिमान गरेको पाइन्छ । धारणागत दृष्टिकोणमा शिवको बाघाम्वरी, विभूति लेपन, त्रिशुल र डमरु धारी, सर्पगलाधर, त्रिनेतस्वरुप महादेवको चरित्रमूलक छन् ।
महादेव जसको सेवन आचरणो भाङ्ग, धतुरो, गाँजा, चरेसमा लिप्त छन्, उनको मात्र गलामा सर्प बेरिन सक्छ । सर्पको दंसन नै अन्तिम चरनमा भाङ्ग, धतुरोको सेवन र अमलको चरम पराकाष्ठा बन्छ । त्यसैले स्वाभाविक सत्यको आधारमा सर्पभूषण शिवको सुन्दर गहना बन्यो । यहाँनिर सुन्दरताको परिभाषा ग्राह्य वस्तुभाव वा ग्रहणशील शक्ति शोभासित सान्दर्भिक बनेको छ ।
धारणा बन्छ स्थितिगत आधारमा । सर्प दंशन नसामा विभोर शिव शक्तिले बाघाम्वर हुनु सार्थक छ । बाघले टोक्दा महादेवलाई बाघको विषभन्दा बाघलाई महादेवको शरीरबाट उपज हुने विषाक्त रसालु पदार्थबाट बेहोस पारी दिनसक्छ । यो स्वाभाविक सत्य हो । यो वैज्ञानिक तथ्य हो । बाघभन्दा बलिया आत्माले बाघको छालालाई आफ्नो वस्त्र बनाउनु आश्चर्यजनक छैन, होइन ।
दायित्वको दृष्टिबाट हेरौं । दायित्व निर्धारण हुन्छ आवश्यकतानूकूल । यो सामाजिक यथार्थ हो । जसलाई नसालु विष मरनको चाहना छ, उसलाई वनजङ्गल र गव्हरहरू विचरण नगरी सुख छैन । आवश्यकता परिपूर्ति गर्न चालिने पाइलाहरू दायित्वमूलक हुन्छन् । नसालु विषयुक्त सर्पहरू प्राय ः वनजङ्गल र गहव्रहरूमा रहन्छन् ।
वनजङ्गल र गहव्रबाट सर्प निकाल्न त्रिशूललाई साधन बनाउनुपर्ने हुन्छ । डमरु बजाएर महादेवले आफ्नो आगमनको पूर्वाभास दिनु शिवको अस्तित्ववीर स्वभावको प्रज्ञापन बन्छ । अस्तित्व–वीरहरू मुठेभेडलाई प्रश्रय दिन्छन् । कुटिल कर्मस्वभावलाई तिलाञ्जली दिन्छन् ।
शिवकोे शङ्करपन र भोलापन पराकाष्ठामा पुगेको अमल सेवन चर्याबाट प्रस्फुरण हुन्छ र भयो । जसले अति अमलको सेवन गर्छ, उनमा कामातूरताले वास गर्नु पनि यौन विज्ञानको अध्ययन, अनुसन्धानले सावित गरेकै तथ्य हो । शिवको ताण्डप लीला कामातूर स्वभावजन्य बन्छ । उनको निर्मित यो चरित्रमा भोलाभालापनको स्वभाव कसरी कृत्रिम अनुभव गर्न सकिन्छ होला ¤
नवरथाका नवरसपूर्ण नवदुर्गा शिवासना देवी भगवती हुन् । शिवलाई आफ्नो आसन बनाउने नवदुर्गा भवानी नवरसका देदिप्यमान पुञ्ज हुन् । शिवासना देवी भगवती बन्नुको तात्पर्य शिवलाई कज्याउन सक्नुसित छ । शिवलाई आफ्नो वंशमा राख्नुको तात्पर्य शिवलाई कज्याउन सक्नुसित छ । सौम्य स्थितिमा शिव कल्याणकारी हुन्छ । रौद्र अवस्थामा भने शिव भैरव मूर्ति बन्छन् ।
रसले शक्तिलाई प्रभावित पार्ने भएर नवदुर्गाका अवतार वा आकृति रसमूलक रङ्गमा अवतरित छन् । कसो भनौं भने नवदुर्गाका रुप रङ्गनवरसलाई प्रतिबिम्बित र प्रतिनिधित्व गर्ने स्वभाव शैलीमा निर्मित छन् ।
वैष्णवीले चण्ड स्वभावको प्रतिनिधित्व गर्छिन् । चण्ड स्वभाव भयावह हुन्छ । भयावह स्वभाव गुणलाई प्रतिनिधित्व गर्ने गरी वैष्णवीको रङ्ग रुप गाढा नीलो हुन्छ । गाढा हरियो रङ्ग जङ्गलको स्थिति झल्काउने रङग हो । जङ्गलको वातावरण भयावह हुनु स्वाभाविक छ । रस विन्यासको दृष्टिले भयङ्कर रसअन्तर्गत समाहित छन् ।
माहेश्वरीको वर्ण सेतो हुन्छ । स्वभावको गुणले माहेश्वरी करुण छन् । रस संस्कारको दृष्टिले माहेश्वरी करुण रस प्रधानकी छिन् ।
महाकालीले वीभत्स रसलाई आफ्नो स्वभाव चर्या बनाएको छ । रातो वर्ण र कङ्काल रुप महाकालीको स्वरुप हो । संहार उनको क्रिया हो । स्मशन उनको वासस्थान बनेको छ ।
रौद्ररस उग्र स्वभावमा अवतरित हुन्छ । उग्र स्वभाव भीषण हुन्छ । भीषण स्वरुप उग्र रङ्ग रञ्जित हुन्छ । महालक्ष्मीलाई रोद्र रसवन्ती मानिन्छ ।
ब्रम्हायणीको रुपरङ्ग पहेंलो हुन्छ । पहेंलो रङ्ग शान्ति रसभित्र पर्छ । शान्तिको स्थितिमा सृष्टि सम्भव हुन्छ । शान्त अवस्थामा मात्र सिर्जनको संयोजन हुनसक्छ । ब्रम्हायणीको स्वभाव गुण ब्रह्म ज्ञानशील छ । त्यसैले ब्रह्मायणीको स्वभाव गुण संरचनापूर्ण हुन्छ ।
घनघोर उत्तेजनामुखी बाराहीको रुप लावण्य रातो पीरो हुन्छ । रातो रङ्गका अनेक विभेद छन् । विभिन्न रातो रङ्गका भित्र अर्थ र प्रयोजन हुन्छ । बाराहीको रङ्ग वर्ण उत्तेजनापूर्ण हुन्छ अद्भूत हुन्छ । बाराही अद्भूत रसकी देवी मानिएको छ ।
कपालिनी इन्द्रायणी पनि रातो रातो वर्णका छन् । इन्द्रायणीको रुपरङ्ग प्रगाढ रातो वर्णका हुन्न । स्वभावले खप्परलाई पात्र बनाउने इन्द्रायणी दैवी बाल संसारको अधिष्ठात्री मानिन्छ । वाल जगतकी अधिष्ठात्री भएकोले इन्द्रायणी हास्य रसवन्ती बन्नु स्वाभाविक छ ।
महादेवलाई पनि बशीभूत पार्न सक्षम भद्रकाली माता रुप लावण्यको दृष्टिले भसितांग छन् । भद्रकालीले महादेवलाई टेकेको मूर्ति पाइन्छ । उनीलाई वीर रसप्रधान देवी मानिएको छ । नवदुर्गाको गणभित्र कुमारी पनि समाविष्ट छन् । कुमारीको रुप रङ्ग पनि रातै हुन्छ । कुमारीको रातो रुप ओठको रङ्ग र लाली चढेको अनुहारको जस्तै हुन्छ । कुमारीको स्वभाव गुण स्वच्छ र स्वस्थ हुन्छ । विकृतिविहीन आकृतिका देवी कुमारी सृृङ्गाररस प्रधानदेवी हुन् ।
नारी शक्तिको पूर्ण आराधना र स्तुति गायनमा हिन्दू धर्म संस्कारको आस्था नवरसपूर्ण नवदुर्गा प्रदक्षिणा कर्मकाण्डले चरितार्थ गर्छ । नारी महिमा गाया गायन गर्ने यो महान हिन्दू राष्ट्रिय पर्वको धर्म संस्कार महिमामय छ ।
नवदुर्गालाई तुलजा भवानीको रुपमा अँगीकार गरिएको छ । तुलजा भवानीको रुपमा अँगीकार गरिएका नवदुर्गा भवानीको विभिन्न नवै रुप लावण्य, स्वभाव–गुणका एकीकृत स्वरुप हुन् । नवै भित्र भित्र रुपलाई एकैमा समष्टीकरण गर्दा नवदुर्गा तुलजा भवानी कहलिएकी छिन् ।
नवदुर्गाको समष्टिको दृष्टिकोणले तुलजा भवानीलाई नियाल्दा एकाकृतिमय बहुभूज स्वरुपलाई मनग्य अन्तरध्यान गर्नु आवश्यक छ । तुलजा वा नवदुर्गा भवानीको एकरुपी अथाह हातहरू सम्भव हुन गएको छ ।
वैष्णवी, माहेश्वरी, महाकाली, महालक्ष्मी, ब्रह्मायणी, बाराही, इन्द्रायणी, भद्रकाली र कुमारी नवैजना एकै तुलजा भवानीमा अन्तरनिहित भएर प्रत्येक देवीका दुई हातको समष्टी अठा¥ह हात हुन गएछन् । यस तथ्यलाई अझै गम्भीरतापूर्वक अध्ययन गर्न प्रत्येक हात जोडी पिच्छे समेटिएका साधन र मात्र सामग्रीहरूलाई केलाउनु आवश्यक हुन्छ । प्रत्येक देवीले आआफ्नो स्वभाव–गुण र चरित्रअनुसार समेटिन पर्ने साधन र पात्र सामग्रीहरू त्यस समष्टिगत हातहरूले समातिराखेको देखिन्छ ।
प्रत्येक देवी भवानीले आआफ्नो स्वभाव–गुण र चरित्रअनुरुप पक्रिराखेको मुद्राभिमुख साधनयुक्त हस्त मुद्रालाई दीक्षित वर्गहरू ध्यानमुद्रा भन्दछन् ।
नव रात भर रस साध्य आराधना, अभ्यर्थना र अर्चनाद्वारा नारी शक्तिलाई सृष्टि, स्थिति र संहारका महाशक्ति एवं महामायाको रुपमा अँगीकार गरिने नवरथा नवरस, नवदुर्गा महिमा चाड कल्याणकारी सृष्टिको सृजनशीलता हरसम्भव, तिनको परिपालन, परिपोषण, संबद्र्धन र अमानवीय आकाङ्क्षाहरूको उन्मूलन र संहार यस संस्कृतिको संस्कार हो । यसले पाश्चात्य जगतको नारी महिमा गायन संस्कारलाई स्वीकार गरेको छ ।
नवरथा, नवरस र नवदुर्गा त्रिकोण गणितका पनि सृष्टि स्रोत हो । त्रिकोण विन्दु दर्शनका आधार सूत्र पनि नवरथा, नवरस र नवदुर्गा लीला हो । त्रिकोणलाई जोल्ट्याएर षटकोण र त्रिकोणलाई नै श्री यंत्र मानी श्री यन्त्र पूजन गर्नु पनि नवरथा, नवरसका नवदुर्गा आराधना, अभ्यर्थना र अर्चनाका दीक्षा साधना रहेको छ । श्री यंत्र वास्तवमा नवदुर्गाका नवरस परिपूर्ण दृष्टिकोणकै भय स्थितिको यान्त्रिक प्रस्तुति हो । यो सर्वव्यापी छ ।
Leave a Reply