भर्खरै :

यात्रा स्वर्गको अद्भूत मानवकला

 श्यामकृष्ण खुलिमुली
उपल्लो मुस्ताङ पुगेर प्राचीन गुफाहरु नहेर्नु भनेको स्वर्ग पुगेर पनि स्वर्गको दरबार नहेर्नुजस्तै हो । त्यसैले बिहान छ बजे नै छोसेर जान तयार भयौं । हामी लोमान्थाङको उत्तरतिर लाग्यौं । बाटामा प्राकृतिक सुन्दरता नियाल्दै, सामाजिक जीवन हेर्दै तिनलाई आँखामा र क्यामरामा कैद गर्दै हामी छुकी हुँदै गुफास्थल छोसेर पुग्यौं ।
पुरातात्विक सङ्ग्रहालयको रुपमा संरक्षित छोसेर गुफा अवलोकन गर्न टिकट काट्नुपर्ने रहेछ ।
‘टिकटको कति पर्छ ?’ मैले सोधें ।
‘सय रुपैयाँ ।’ काउण्टरमा बस्ने कर्मचारीले भने ।
‘छुट छैन र ?’ कृष्णरामले सोधे ।
‘अहँ छैन । विद्यार्थीलाई त छैन । सबैलाई एउटै हो । विदेशीलाई अझ हजार रुपैयाँ पर्छ ।’ उनको जवाफ ।
अर्को विकल्प थिएन । नहेर्ने कुरा पनि भएन । त्यसैले टिकट काट्यौं ।
‘तपाईंहरुले खाना खानुपर्दैन ?’ फेरि उनको प्रश्न ।
‘खानुपर्छ । यता होटल छैन र ?’ बालकृष्णले प्रतिप्रश्न गरे ।
‘माथि मेरो होटल छ । म भनिदिउँला ।’ उनले भने ।
उनले आफ्नै सेल्कर गेष्ट हाउसमा फोन गरेर हामी १२ जनाको लागि खाना तयार गर्न लगाए ।
हामी ढुक्क भयौं र अगाडि बढ्यौं ।
अगाडि अग्ला चट्टानी पहाडहरु थिए । टाढाबाट हेर्दा गुफाका स–साना प्वालहरु मात्र देखिन्थ्यो । ती हेर्दा सा¥है आकर्षक लाग्थे ।
हामी बायाँ हुँदै लो गुर्पmुक गुम्बामा प्रवेश ग¥यौं । गुम्बा पाँचसय वर्षभन्दा पुरानो थियो । त्यसको भित्ता र छानामा बुद्धको जीवनसँग सम्बन्धित भित्ते चित्रहरु थिए ।
गुम्बाबाट फर्केर हामी सिजा जोङ गुफातिर लाग्यौं ।
गुफा अद्भूत थियो । चट्टान खोपेर कोठाहरु निर्माण गरिएका थिए । त्यहाँ एकजना लामा पूजापाठका लागि बसेका थिए । मैले उनलाई सोधें, ‘यी गुफा कति पुराना छन् ?’
‘सातसय वर्ष पुराना ।’
‘यस्तो पहाडमा किन गुफा बनाएको होला ?’
‘त्यो बेला गारो बनाउने तरिका थाहा नभएर होला । सुरक्षको लागि पनि हो । पहिला पहिला त लामाहरु यस्ता ठाउँमा बसेर ध्यान पनि गर्थे ।’
कुनै लिखित इतिहास नभएका ती गुफाहरु साँच्चैका अद्भूत मानवकला हुन् । नब्बेको दशकमा जर्मनी र नेपालका अनुसन्धानकर्ताहरुले अनुसन्धान गर्ने क्रममा मुक्तिनाथ उपत्यकामा डीएनए परीक्षणबाट ईपू ४०० वर्ष अगाडिको एउटा मानव बच्चाको शव फेला पारेका थिए । त्यसैगरी गुफाहरु भने पाँचौं तथा छैटौं शताब्दीका हुन् भन्ने कुराको सङ्केत गरेका थिए । त्यहाँ थुप्रै गुफा र चैत्यहरु रहेका थिए । भारतको नालन्दा विश्वविद्यालयका पण्डित पद्म सम्भवले नेपालको बाटो हुँदै तिब्बत जाने क्रममा त्यहाँ बौद्ध धर्म प्रचार गरेको मानिन्छ । खम्पा विद्रोहताका खम्पाहरुले बहुमूल्य वस्तुको लोभमा थुप्रै चैत्यहरु तोडेका थिए ।
नीलो आकाश अनि राता पहाड प्रकृतिको अद्भूत चित्रकारिता थियो । त्यसबाट नलोभिने कमै मात्र होलान् । त्यही अद्भूत चित्रसँग सहबास गर्दै जीवन भुल्दै अगाडि बढ्यौं । दायाँतिरको अग्लो पहाडमा रहेको सिजा जोङ गुफामा पुगेपछि भने मन उत्फुल्ल भयो । अगाडिका गुफाहरु हेर्नका निम्ति मात्रै भए । अग्लो पहाडमा चढेर गुफाभित्र जान सकिने कुरै थिएन । बाहिरबाटै मनमा कौतुहलता जगाउने सिवाय अर्को उपाय पनि त थिएन नि । तर त्यहाँ पुगेपछि भने ती सारा कौतुहलता मेटिने भयो । गुफामाथि उक्लिनको लागि सिँढी र काठे भ¥याङको व्यवस्था थियो । गुफा तीन तलाको थियो । सिँढीबाट भित्र छिर्नेबितिक्कै माथि जानको लागि चट्टान खोपेर प्वाल बनाएको थियो ।
कोठा भ¥याङ चढेर माथि उक्लियौं । त्यसको दायाँबायाँ कोठाहरु थिए । तिनलाई पहाडको छेउमा बनाइएका स–साना झ्यालहरुले प्रकाश छरिरहेका थिए । हरेक तलामा छुट्टाछुट्टै कोठाहरु थिए । ती वैज्ञानिक रुपमा निर्मित थिए । अचम्म त के थियो भने हरेक कोठामा गारो पनि थियो । पहाडमाथि मुसा छिरे झैं छिर्न पाउँदा मन चञ्चल भइरहेको थियो । अर्कोतिर डर पनि उतिकै प्रवल भएको थियो । तर त्यो अद्भूत क्षण, त्यो अविष्मरणीय पल र त्यो सुनौलो मौकाले मनभित्र अँकुराउन खोजेको डरलाई निमोठिदियो । पहाडभित्रको अनौठो र अद्वितीय गुफा । कुनै कलाकारले वर्षौं मेहनत गरेर बनाएको थियो । पहाडका झ्यालबाट बाहिरको दृश्य हेर्दा पनि मनै हरर भयो । न प्रदूषण, न अव्यवस्थित सहर, न उजाड र अशान्त दृश्य । नीलो आकाश, सेतो बादलको बुट्टा, रातो रङ छ्यापेका पहाड अनि शान्त भूमि । म त्यही गुफाको झ्यालबाट लियोनार्दो दा भिन्ची, माइकल एन्जेलो खोजिरहेको थिएँ । सायद तिनीहरु भेडा चराइरहेका होलान्, ओम माने पेमे उच्चारण गर्दै होलान्, आन्द्रा फुकाउन श्रम गर्दै होलान् त कोही कलम समातिरहेका होलान् ।
गुफाको अद्भूत दृश्यलाई आँखाको नानीमा टाँस्दै, रेटिनामा प्रतिबिम्बित गर्दै हामी फर्कियौं । गुफाको सौन्दर्यपानले भोक पनि हराइसकेको थियो । सेल्कर गेष्ट हाउसमा पुग्दा बा¥ह बजिसकेको थियो । खाना तयार थियो । खायौं र एकक्षण सुस्तायौं । त्यसपछि भने हामी फर्कियौं । बाटोमा च्याङ्ग्राको बथानसँग जम्काभेट गर्दै, हलो जोताइसँग साक्षात्कार गर्दै ।
फर्कने क्रममा एउटा पहाडमाथि उक्लिने प्रस्ताव राखे नारायणप्रसादले । यसो सुन्दर दृश्य हेर्न नि पाइने, फोटो नि खिच्न नि पाइने । प्रस्तावलाई स्वीका¥यौं । तर थकानले गर्दा सरु, सविना र कृष्णरामले पहाडमाथि सर गर्ने आँट गरेनन् । बालकृष्णले फकाएपछि बल्लतल्ल सरु र सविना माने । कृष्णराम भने टाउको दुखेकाले समतल बाटैबाटो फर्के । ठिकै छ कृष्णरामलाई पछि बाटोमै भेटाऔंला नि भनेर हामी पहाडमाथि चढ्यौं । सुन्दर दृश्य अवलोकन ग¥र्यौं, फोटो खिच्यौं । अनि फर्कियौं । तर कृष्णराम भेटिएन । सबैतिर खोज्यौं, बोलायौं तर कतै नदेखेपछि बाटो पो भुलेछ कि भनेर आँटियांै पनि । धन्न हामीतिरै आइरहेको देखेपछि भने ढुक्क भयौं । फर्कंदा छोटो बाटो भनेर भिरालो र अप्ठेरो बाटो आउँदा सास्ती पनि भयो । सबैजना हातमा हात समाती हातेमालो गर्दै बिस्तारै झ¥यौं ।
लोमान्थाङ पुग्दा सूर्य पश्चिम क्षितिजमा डुबुल्की मार्न खोज्दै थियो । हामी पाँच जना भने मुस्ताङी राजकुमारको नयाँ दरबारमा गयौं । राजकुमारले दरबारलाई चारतारे होटल बनाएको छ, त्यहाँ एक कप कफीको तीनसय पचास पर्छ भनेर सुनेका थियौं । यहाँ आएपछि राजकुमारको दरबारको कफी त चाख्नैप¥यो नि भनेर त्यहाँ पुग्यौं । तर गेट बन्द थियो । भित्र पनि खासै चहलपहल देखिएन । अर्को छेउको गेट खुलेको पो छ कि भनेर अर्कोतिर गयौं, त्यहाँ पनि बन्द नै थियो । हामीले एक चक्कर नै लगायौं तर कुनै चालचुल नदेखेपछि कफी पिउने लालसालाई अतृप्त पारी फर्कियौं ।
दरबारबाट केही वर आएपछि थ्री सिस्टर्स होटल देख्यौं ।
‘यहिँ कफी पिउन जाऔं ।’ बालकृष्णले भने ।

श्यामकृष्ण खुलिमुली


हामी भित्र छि¥यौं । साहुनीलाई बोलायौं । कफी अर्डर ग¥यौं । हामी कफी कुर्न थाल्यौं । साहुनीले कफी लिएर आइन् । उनी सा¥है फरासिली र सहज थिइन् । त्यसैले लोमान्थाङको बारेमा उनीबाटै केही बुझ्यौं ।
‘दिदी, सधै यहीँ बस्नुहुन्छ ?’ मैले सोधें ।
‘कार्तिकदेखि चार महिनाजति भारतमा कपडाको व्यापार गर्न जान्छौं । त्यहाँबाट फर्केपछि पोखरामा एक महिना बस्छौं । त्यसपछि यहाँ सिजन सुरु हुन्छ र फर्कन्छौं । यहाँ पुष महिनादेखि हिउँ पर्छ । त्यसबेला कालिगण्डकीबाटै ट्रकमा सामान ल्याउने गरिन्छ ।’ उनले भनिन् ।
‘सबैजना जान्छन् त ?’
‘यहाँ १७५ जति घर छन् । त्यसमध्ये ५० जना मात्र बाँकी हुन्छन् । ती पनि बुढाबुढी मात्रै । कमाउन सक्ने जति सब कोही पोखरा, कोही काठमाडौं, कोही विदेश जान्छन् । बुढाबुढीहरु घरभित्रै बस्छन् र वस्तुभाउ हेरविचार गर्छन् ।’
‘त्यसोभए यहाँका बासिन्दाको घर अन्त पनि होला है ?’
‘अँ । यहाँका साहुहरुको काठमाडांैमा घर छ र त्यहाँ व्यापार गर्छन् । कसैको पोखरामा छ ।’
वैशाख महिनामा भने लोमान्थाङमा रमाइलो हुँदो रहेछ । त्यसबेला त्यहाँ ठूलो जात्रा हुन्छ । राजा पनि सो जात्रामा सहभागी हुन्छन् । त्यहाँको मुख्य चाड भने ल्होसार रहेछ ।
फेरि प्रसङ्ग कोट्याएँ, ‘अब तपाईं कहिले जानुहुन्छ त ?’
‘श्रीमान् हिजैमात्र भारत गइसक्नुभएको छ । म पन्ध्र दिनपछि जाँदैछु ।’ उनको जवाफ थियो ।
दिदी रमाइलो भलाकुसारी भयो । कफीको स्वाद जिब्रोमा फट्कार्दै हामी फर्कनै लागेका थियौं । त्यतिकैमा दुईजना मानिस आइपुगे । एकजनाले बोरा बोकेका थिए । उनीहरुले दुईमाना चामल भरेर साहुनीलाई दिए ।
मैले यो के हो भनेर सोधें । कोही मान्छे मर्दा सात हप्तासम्म पूजा गरी दुई मानाका दरले जुठो पर्नेलाई चामल बाँड्दो रहेछ । चामल भने आफन्तले सहयोग गर्ने रहेछ ।
त्यहाँ मान्छे मर्दा सद्गति गर्ने चलन पनि अनौठो रहेछ । मृत्यु अनुसार कसैलाई गाड्ने, कसैलाई लामाले गिद्धलाई बोलाई लासलाई टुक्रा टुक्रा पारेर खुवाउने चलन रहेछ । यो सुनेर साथीहरुले जिब्रो टोक्न थाले ।
फर्कने बेलामा मैले साहुनी दिदीको नाम सोधें ।
उनले परिचय दिइन्, ‘पासाङ गुरुङ ।’
फर्कंदा लोमान्थाङलाई अँध्यारोले छोपिसकेको थियो । गेस्ट हाउसमा आई खाना बनाउन लगायौं । सधैं भात खाँदाखाँदै वाक्क भैसकेको भनेर साथीहरुले चाउचाउ र आलु बनाउन लगाए । मलाई त भात नै मनपरेको थियो तैपनि साथीहरुको प्रस्ताव सहर्ष स्वीकारें ।
राति साथीहरुले पैसा उठाई बियर चाखे । मलाई पनि कर गरेका थिए तर मैले बियर होइन सिटन खाएँ । साथीहरुको नशामा नशा सञ्चार हुँदै थियो तर रात झन गाढा हुँदै थियो । लोमान्थाङ सिरकमा गुटमुटिँदै थियो । हामीलाई पनि सिरकभित्र घुस्रिन मन लाग्यो । ठाउँ नपुगेकोले साहुनीलाई भनेर म र कृष्णप्रसाद खाना खाने कोठामा सुत्न गयौं । लोमान्थाङ शान्त भैसकेको थियो । म भने सुन्दर बिहानीको सपना देख्दै थिएँ ।
khulimuli@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *