चौथो वरियताका मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस
- बैशाख २८, २०८३
हरिसुन्दर छुकां
तिम्रो दशैंलाई सलाम छ साहुबा, भो ऋण काढ्न आउँदिन ।
बाजेको पालामा झैं तमसुक लेखी, भो खेत बेच्न आउँदिन ।
आँगनमा मकैको बिस्कुन छ, ढिंडो, पिठो, पानीमै रमाउँला
घर–घडेरी बन्धक राखी, भो चामलबोरा बोक्न आउँदिन ।
गोठमा दुहुनो गाई नि छ, खसी बोकाले गोठ भरिएको छ
परिश्रमको पसिना पिएको छु, भो मदिरा प्युन आउँदिन ।
मनोरञ्जनको नाउँमा खाल जमाउन घर–खेत थापेर
सराब पिई बालबच्चा भोको राखी, भो जुवा खेल्न आउँदिन ।
आफूसँगै समयले मलाई बलियो बनायो, डो¥यायो पनि
त्यसैले रावण नभै ‘श्याम’ बन्छु, भो घमण्ड बोल्न आउँदिन ।
सामाजिक सञ्जालबाट साभार गरिएको माथिको गजल ‘श्याम माकजू’ को हो । दशैंलाई नै केन्द्रमा राखी रचित गजलले ‘आयो दशैं ढोल बजाई, गयो दशैं ऋण बोकाइ’ भन्ने वास्तविकतासँग निकट उखानलाई सम्झना गराउँछ । यसैले दशैंले आर्थिक रूपमा निकै कमजोर वर्गलाई गिज्याइरहेको छ ।
दशैंलाई जसले जे नाम दिए पनि, जुन उपमा दिए पनि, जुन विशेषणले सि·ारे पनि, दशैं पैसाको व्यय हुने समयको पर्याय हो । दशैंमा पाइलैपिच्छे पैसाको आवश्यकता हुन्छ । विनापैसाको दशैं, दशैं हुँदैन, दशा हुन्छ । पूर्णतः पैसामा निर्भर, पैसाले नै मार्गनिर्देश गर्ने पर्व दशैें । पैसा नहुनेहरूको दशैं कस्तो हुन्छ ? एकपटक सोच्दा पनि कहाली लाग्न सक्छ जसलाई पनि ।
जहाँ जाउ, जे गर, जसरी गर, पैसा नै चाहिन्छ । पैसाकै महिमा गाउने उत्सव बनेको थियो दशैं, बनेर आएको छ दशैं र यस्तै गरी भोलि पनि पैसाकै पर्व हुनेछ, दशैं ।
पैसा नै बढी खर्च हुने, पैसाविना चल्नै नसक्ने पर्व, यस हिसाबले पनि पैसावालहरूकै पर्व हो, दशैं । पैसा कसरी, कहाँ खर्च गर्ने भन्ने योजना नभएका, चिन्ता बढी भएकाहरूका लागि दशैं पैसा खर्चे सबैभन्दा राम्रो मौका हो, अवसर हो । यसैले त उनीहरू फेरिएको दशैंअनुसार आफ्नो दशैं योजना पनि बदल्छन् । अझ भन्नुपर्दा, ‘दशैं यसरी मनाउनुपर्छ, त्यसरी मनाउनुपर्छ’ भनेर तरिका पनि सिकाउँछन् ।
यता आर्थिक रूपमा कमजोर वर्ग, किसान, मजदुर, दैनिक ज्यालादारीमा बाँचेकाहरू, सरकारी जागिर नभएकाहरू, कुनै ठाउँमा जागिरको ओत नपाएकाहरू दशैंको चिसो हावा आउने बित्तिकै थरथर काँप्छन् । उनीहरू भन्छन्, ‘‘लौ दशैं आयो, हाम्रो आलो घाउमा नूनचुक छर्ने पर्व आयो ।’’
दशैं ‘असत्यमाथि सत्यको जीत’ को खुसीयालीमा मनाइएको चाडको रूपमा चित्रण हुँदै आएको छ । यसको ऐतिहासिकता पनि यहीसँग जोडिएको छ, तर के वास्तवमा असत्यमाथि विजय प्राप्त भएकै कारणले दशैं मनाउन थालिएको हो त ? यदि हो भने किन असत्य रूचाउनेहरूकै दशैं भइरहेको छ, दिन रात ? अनि किन दशैंलाई वार्षिक रूपमै मनाउनुपर्ने ? यो दशैंको परम्परा बसाल्नेहरूको यसमा के ‘स्वार्थ’ जोडिएको छ ? दैनिक काम नगरिकन मुखमा माड नलाग्ने, आङमा कपडा लाउन असमर्थहरूलाई कुन भुलभुलैयामा पार्नका लागि दशैं परम्पराको विकास भएको हो, संस्कृति बनेको हो ?
दशंैका प्रत्येक दिनको धार्मिक रूपले निकै महत्व सुनिन्छ, दशैंका ती दिनहरूसँगै हुने खर्च, के सामान्य कमाइ भएका वर्गले धान्न सक्छ ? उसले दशैंलाई दशैं बनाउन ३ सय ६५ दिनमध्ये कति दिन जोतिनुपर्छ ? यसैले समाजमा कुष्ठ तवरले पैसा कमाएकाहरूले दशैंको मौकामा गरिबहरूलाई नै ल्वाप्पा खुवाइरहेका छन् । यसैले दशैं यथार्थमा गरिबहरूको चाड बन्न सकेको छैन । दशैं त गरिबहरूलाई काँडा बनेर च्वास्स, च्वास्स घोच्छ । पर्वले उत्साह दिनुपर्नेमा अझ निराश बनाउँछ, मानसिक रूपमा पीडा दिन्छ ।
हुन त दशैंलाई आफ्नो किसिमले मनाउन नसकिने हैन, विज्ञहरू, समाजका अभियन्ताहरू घाँटी फुलाइ भन्छन्, ‘‘घाँटी हेरी हाड निल्नुपर्छ, आफ्नो गच्छेअनुसार पर्व मनाउनुपर्छ, देखासिकी गर्नुहुन्न ।’’ उनीहरूले यसरी भनिरहँदा कुरा निकै सजिलो र सहज देखिन्छ, तर उनीहरूले भनेजस्तै भएको अवस्था छैन, किनकि हाम्रो सामाजिक संरचना, परिवेश त्योभन्दा निकै भिन्न छ । दशैं भन्ने बित्तिकैको मानसिकता अहिले पनि ‘मीठो खाने, राम्रो लाउने, बालबालिकाहरूलाई नयाँ लुगा किनिदिने, खसी बलि दिने’ मै सीमित छ । यो परिवेशबाट हुर्केको समाजमा रहेका गरिबहरूले घाँटी हेरी हाड निल्दा, गच्छेअनुसार पर्व मनाउँदा उनीहरूलाई छिमेकी, आफन्तजन, इष्टमित्रले हेर्ने दृष्टिकोण के हुन्छ ? यही डर, यही चिन्ता, यही मानसिकताबीचमा गरिबहरू दशैं मनाउँछन । गरिबहरूको मन दशैंमा पनि गहँ्रुगो बन्छ, उनीहरूको मन दशैंको पिङजस्तै चच हुइय सरर… गर्दैन, च·ाजस्तै मन च·ा हुँदैन ।
दशैंका थुप्रै राम्रा पक्षहरू नभएको पनि हैन, तर ती राम्रा पक्षहरू मात्र धनी वा भनौं पैसा हुनेहरूकै लागि मात्र केन्द्रित छन् । एक गरिबको दशैं कस्तो हुन्छ, कसरी मनाउँछन् गरिबहरू दशैं ? यो विषयमा वास्तविक रूपमा छलफल, अध्ययन भएको छैन । ‘दशैं–दशैं’ भन्दै निकै उत्साहित भएरमात्र लागिरहेका छन् ।
Leave a Reply